काठमाडौं–प्रमुख तीन दलको आग्रहमा सभामुख ओनसरी घर्तीले संविधान संशोधन गर्ने कार्यसूचि हटाएकी छिन्। मंगलबार बस्ने व्यवस्थापिका संसद बैठकमा संविधान संशोधन गर्ने कार्यसूचि थियो।मधेसी मोर्चासँग सहमति नभएपछि प्रमुख तीन दलको मंगलबार बसेको बैठकले संविधान संशोधन गर्ने कार्यसूचि हटाउन सभामुखसँग आग्रह गरेपछि कार्यसूचिबाट संविधान संशोधन हटाइएको सभामुखका प्रेस सल्लाहकार वविन शर्माले जानकारी दिए। संविधान संशोधन प्रक्रिया आगामी सातगतेसम्मका लागि कार्यसूचिबाट हटाइएको हो।
संसद बैठक मंगलबार एक बजेका लागि बोलाइएको थियो। तर प्रमुख तीन दल नेपाली कांग्रेस, एमाले र एमाओवादीका शीर्ष नेताको बैठक बसेका कारण संसद बैठक झण्डै साँढे दुई घण्टा ढिला सुरु भएको थियो। प्रमुख तीन दलको बैठकमा संविधान संशोधन र मधेस समस्या समाधानका विषमया छलफल गरेका थिए। सात गतेसम्म मधेसी माेर्चाका नेतासँग छलफल गरी सहमतिबाटै संविधान संशाेधन अगाडि बनाउने तीन दलले निर्णय गरेका छन्।