संशोधन विधेयक तीन दिन स्थगित
०५ माघ २०७२
•
८ मिनेट पाठ
संशोधन विधेयक तीन दिन स्थगित
काठमाडौं-आन्दोलनरत तराई–मधेस केन्द्रित दलसँग सहमति खोज्न भन्दै प्रमुख तीन राजनीतिक दलले संसदबाट संविधान संशोधन विधेयक माघ ७ सम्मका लागि स्थगन गरेका छन्।




बानेश्वरस्थित व्यवस्थापिका संसद भवनमा बसेको प्रमुख तीन दलको बैठकले माघ ७ सम्म सहमति खोज्ने र त्यतिबेलासम्म पनि सहमति हुन नसके माघ ९ गते उक्त विधेयकमाथि छलफल गर्ने निर्णय लिएका हुन् ।

उपप्रधान तथा रक्षामन्त्री भीम रावलले मधेसकेन्द्रित दलसँग ७ गतेसम्म सहमति खोज्न संशोधन विधेयक स्थगन गरिएको जानकारी दिए । 'मधेसी मोर्चासँग वार्ता सकारात्मक भए पनि केही विषयमा सहमति हुन बाँकी नै रहन पुग्यो,' रावलले बैठकपछि भने, 'त्यसैले सहमति गर्न कम्तीमा ७ गतेसम्म कुर्नेछौं ।' उक्त समयसीमाभित्र प्रमुख तीन दलले मधेसी मोर्चासँग छलफल गरी सहमति प्रयासलाई निरन्तरता दिने उनले जनाएका छन् ।

सत्तारुढ नेकपा एमाले र एनेकपा माओवादीसहित प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको संयुक्त बैठकले तीन दिनसम्म सहमति प्रयास गर्ने भन्दै विधेयक छलफलमा नलैजान सभामुख ओनसरी घर्तीमगरसमक्ष आग्रह गरेका थिए । त्यसअघि एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस पदाधिकारी बैठक बसी संशोधन विधेयक तत्काल अघि नबढाई केही दिन सहमति खोज्ने 'भद्र सहमति' गरेका थिए ।

प्रमुख तीन दलको आग्रहपछि सभामुख घर्तीमगरले सोमबारको कार्यसूचीमा रहे पनि विधेयकलाई छलफलमा राखिनन् । 'प्रमुख तीन दलको आग्रहपछि कार्यसूचीमा रहेको उक्त विधेयकलाई सभामुखले छलफलमा नलैजानुभएको हो,' सभामुखका प्रेस सल्लाहकार बबिन शर्माले नागरिकसँग भने । उनका अनुसार कार्यसूचीमा रहेका अन्य विधेयकलाई भने सभामुख घर्तीमगरले सोमबार छलफलमा लगेकी थिइन् ।

प्रमुख तीन दल र मधेसी मोर्चाबीचको संयुक्त कार्यदलबीच पछिल्लो समयमा सहमति खोज्न अनवरत प्रयास गरे पनि सहमति हुन सकिरहेको छैन । मधेसी मोर्चाले 'तराई–मधेसको सिंगो भूभागलाई दुई प्रदेशमा सीमांकन गर्नुपर्ने' भन्ने वाक्यांश लेख्नुपर्ने मागलाई प्रमुख तीन दलले पछिल्लो आइतबारको बैठकमा अस्वीकार गरेका थिए । मोर्चाको कार्यदलले प्रमुख तीन दलको कार्यदलसँग छलफल नगर्ने जनाएको थियो ।

तराई–मधेस लोकतान्त्रिक पार्टी कार्यालय, बिजुलीबजारमा पत्रकार सम्मेलनै गरेर मोर्चा आबद्ध कार्यदल सदस्यले सहमति खोज्न शीर्ष नेतृत्व तहमै वार्ता हुनुपर्नेमा जोडसमेत गरेको थियो ।

तमलोपा वरिष्ठ उपाध्यक्ष हृदयेश त्रिपाठीले मोर्चाले अघि सारेका मागमा प्रमुख तीन दलले एकै ठाउँमा उभिएर अस्वीकार गरेपछि कार्यदलको औचित्य प्राय समाप्त भइसकेको जनाएका छन् ।

'मुख्यतः प्रदेशको सीमांकन र उच्चस्तरीय राजनीतिक संयन्त्र कार्यादेश र कार्यक्षेत्रबारे प्रमुख तीन दलसँग सहमति जुट्न सकेन,' त्रिपाठीले भने, 'संविधान जारी गर्ने बेला जसरी तीन दल एकै ठाउँमा उभिएका थिए, हिजोदेखि उहाँहरु फेरि एकै ठाउँमा उभिएर मोर्चाको मागमा 'रिजिड' देखिनुभयो ।'

उनका अनुसार विवादित विषयलाई कार्यदलले नभई शीर्ष नेतृत्व तहको वार्ताले टुंग्याउनुपर्नेमा मोर्चा कार्यदल पुगेको छ ।

यता, राजनीतिक संयन्त्र बनाउन मधेसी मोर्चा सहमत हुनु स्वागतयोग्य भए पनि सो संयन्त्र सीमांकन टुंग्याउन मोर्चा असहमत भएपछि सहमति हुन नसकेको रावलको भनाइ छ । 'जुन विषय (सीमांकन) मा ८–८ वर्षसम्म कुरा नमिलेर समस्या भयो, त्यसैलाई टुंग्याउन राजनीतिक संयन्त्र प्रस्ताव गरेका थियौं,' रावलले भने, 'तर राजनीतिक संयन्त्रै गठन नगरी अहिले नै सीमांकन टुंगिने भए संयन्त्र किन बनाउन आवश्यक प¥यो त ?' उनका अनुसार प्रदेश सीमांकनलगायत विषयमा राजनीतिक संयन्त्रबाट टुंग्याउन मोर्चा सहमत हुनुपर्नेमा तीन दलको जोड छ ।

'संशोधन प्रस्तावमा मोर्चाको सहमति'

व्यवस्थापिका संसदमा पेस भएका संविधान संशोधन विधेयकमाथि परेका केही संशोधन प्रस्ताव भने मधेसी मोर्चाका मागनजिक रहेको मोर्चाले जनाएको छ ।

तराईमधेस लोकतान्त्रिक पार्टीका वरिष्ठ उपाध्यक्ष हृदयेश त्रिपाठीका अनुसार विधेयकमाथि परेका 'केही' संशोधन प्रस्ताव मधेसी मोर्चाका माग सम्बोधन गर्ने गरी दर्ता भएको जनाएका हुन् ।

'निर्वाचन क्षेत्र निर्धारण र समावेशी समानुपातिक सम्बन्धमा परेका केही संशोधन मधेसी मोर्चाका मागनजिक छन्, त्यसमा पदावली मिलाउन बाँकी छ,' त्रिपाठीले भने । तर, विधयेकमाथि परेका २४ वटा संशोधन प्रस्तावमध्ये कसको संशोधन प्रस्ताव मोर्चाको मागनजिक हो भन्ने उनले खुलाउन चाहेनन् ।

स्रोतअनुसार नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधिले दर्ता गराएको निर्वाचन क्षेत्र निर्धारणसम्बन्धी संशोधन प्रस्ताव र अर्का सांसद फरमुल्लाह मन्सुरले दर्ता गरेका समावेशी समानुपातिक सम्बन्धी संशोधन प्रस्तावमा मोर्चाको सहमति रहेको छ,' स्रोतले भन्यो । सांसदद्वय निधि र मन्सुरले संशोधन हाल्नुअघि त्रिपाठी र सद्भावना सहअध्यक्ष लक्ष्मणलाल कर्णसँग सल्लाह गरेका थिए । त्यसका लागि त्रिपाठी र कर्ण पुस २४ गते दुवै नेता कांग्रेस संसदीय दलको कार्यालयमै पुगेका थिए ।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
६ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस