संविधान संशोधन विधेयक जस्ताको त्यस्तै पारित हुने !
०६ माघ २०७२
•
३ मिनेट पाठ
संविधान संशोधन विधेयक जस्ताको त्यस्तै पारित हुने !
काठमाडौं–व्यवस्थापिका संसदमा पेश गरिएको संविधान संशोधन विधेयक पास गराउनका लागि एकीकृत नेकपा माओवादी र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले ह्विप जारी गरेका छन्। आन्दोलनरत मधेसी मोर्चासँग सहमतिका लागि ७ गतेसम्म कुर्ने भन्दै तीन दिनका लागि संशोधन विधेयक स्थगित गर्न मञ्जुर भएका दुई दलले ५ दिन अघि नै दुई दलले ह्विप जारी गरेका हुन्।सत्तारुढ दल एमाओवादीका प्रमुख सचेतक हितराज पाण्डेले दलका नेता पुष्पकमल दाहालको निर्देशानुसार ह्विप जारी गरिएको जनाएका छन्। '२०७२ माघ ९ गते बस्ने व्यवस्थापिका संसदको बैठकमा संविधान संशोधन विधेयक माथि भोटिङ हुने भएकाले दल नेताको निर्देशानुसार सो बैठकमा अनिवार्य उपस्थितिका लागि निर्देशन (ह्वीप) जारी गरिएको छ,' पाण्डेले भने।

यसैगरी, नेपाली कांग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले पनि सोमबार नै सांसदहरुका लागि ह्विप जारी गरेका छन्। 'यही माघ ९ गते बस्ने व्यवस्थापिका संसदको बैठकमा संविधान संशोधन सम्बन्धि प्रस्तावलाई पारित गर्ने कार्यक्रम रहेको हुदाँ सो दिनको बैठकमा अनिवार्य उपस्थित भई सो संशोधन प्रस्तावको पक्षमा अनिवार्य रुपमा मतदान गर्न यो ह्वीप जारी गरिएको छ',श्रेष्ठको निर्देशनमा उल्लेख छ । एमाओवादीका ११ सांसदले संविधान संसोधन विधेयक माथि संसोधन प्रस्ताव दर्ता गराएका छन भने कांग्रेसका बिमलेन्द्र निधी, फरमुल्लाह मन्सुर, प्रकाशशरण महत र मिनेन्द्र रिजाल, रोमी गौचन, सरोज गौतमले संशोधन प्रस्ताव दर्ता गरेका थिए।

सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेका कुनै पनि सांसदले उक्त विधेयकमा संशोधन हालेका छैनन्। कांग्रेस र एमाओवादीको ह्वीप जारी र एमालेको संशोधन प्रस्ताव नपरे पछि सो विधेयक जस्ताको तस्तै पारित हुने प्रस्ट संकेत देखिएको छ । सो विधेयक माथि २४ वटा संसोधन प्रस्ताव दर्ता भएका छन्। सरकारले मधेसी माेर्चाकाे माग सम्बाेधन गर्न भन्दै संविधानकाे धारा ४२, ८४ र २८६ मा संशाेधन प्रस्ताव दर्ता गरेकाे थियाे।
अर्को समाचार
'हिमाल-पहाडमा ८६, तराईमा ७९ सिट'
२० पौष २०७२
•
४ मिनेट पाठ
'हिमाल-पहाडमा ८६, तराईमा ७९ सिट'
काठमाडौं- सरकारले पेस गरेको संविधान संशोधन विधेयक व्यवस्थापिका संसदबाट जस्ताको त्यस्तै अनुमोदन भए तराईका २० जिल्लाको निर्वाचन क्षेत्र बाँकी ५५ जिल्लाको भन्दा ७ सिट मात्रै कम हुने देखिएको छ। विधेयक पारित हुँदा तराईका २२ जिल्लाबाट ७९ निर्वाचन क्षेत्र तोकिने छन् भने पहाड–हिमालका ५५ जिल्ला ८६ सिटमा सीमित हुनेछन्।

प्रतिनिधिसभामा तराईका २० जिल्लाबाट ४८ प्रतिशतभन्दा बढी प्रतिनिधित्व हुने सांसद रेवतीरमण भण्डारीले बताए। 'एक जिल्लालाई एक क्षेत्र मानेर अघि बढ्दा तराईका २० जिल्लाले ४८ प्रतिशत हिस्सा ओगट्छ,' भण्डारीले नागरिकसँग भने, 'यो भनेको प्रतिनिधिसभामा करिब ७९ वटा सिट रहने छन्।' उनका अनुसार बाँकी ५५ जिल्लाबाट ७ वटा निर्वाचन क्षेत्र मात्रै बढी आउने छन्।

कानुनमन्त्री अग्निप्रसाद खरेलले प्रस्तावित विधेयक अनुमोदन भए भूगोल र जनसंख्याको आधारमा तराई–मधेसका २० जिल्लाबाट पहाडको तुलनामा उल्लेख्य प्रतिनिधित्व हुने बताए। '१ सय ६५ सिटमध्ये ९० सिट जनसंख्याको आधारमा चयन हुनेछन्, जसमध्ये ५८ वटा सिट तराई–मधेसका जिल्लाबाट प्रतिनिधित्व हुने ग्यारेन्टी संविधानले गरेको छ,' मन्त्री खरेलले संसदमा भने। हिमाल–पहाडका ५५ जिल्लाको तुलनामा तराई–मधेसका २० जिल्लाबाट बढी प्रतिनिधित्व हुने भएकाले समर्थन जनाउन कानुनमन्त्री खरेलले आन्दोलनरत तराई–मधेसकेन्द्रित दलसँग आग्रहसमेत गरेका छन्।

संविधानसभाले जारी गरेको संविधानमा पहिलोपटक संशोधनका लागि सरकारले पेस गरेको विधेयकमाथिको छलफलमा ५८ जना सभासदले बोलेका थिए। त्यसक्रममा तीनवटा प्रवृत्ति देखा परेको कानुनमन्त्री खरेलले जनाएका छन्।

'पहिलो, यो विधेयक दबाबमा आएकाले फिर्ता गर्नुपर्छ, दोस्रो यो उत्कृष्ट भएकाले जस्ताको तस्तै पास गर्नुपर्छ, तेस्रो यसलाई भाषा मिलाएर परिमार्जनसहित पास गर्नुपर्छ,' खरेलले संसदमा भने, 'यद्यपि अब ७२ घन्टाको समयसीमाभित्र सरकारले ल्याएको यो संशोधन प्रस्तावमा चित्त नबुझेको खण्डमा संशोधन हाल्न म आग्रह गर्छु।'

उनका अनुसार समावेशी र समानुपातिकका 'क्लस्टर' बढी भएको गुनासो समेत आएको भन्दै घटाउनु वा बढाउनुपर्ने भए संशोधन हाल्न पनि सरकारले आग्रह गरेको छ। अन्तरिम संविधानमा समावेशी र समानुपातिक खण्डमा १० वटा मात्रै 'क्लस्टर' भएकोमा नयाँ संविधानले त्यसमा ७ वटा थपेर १७ वटा 'क्लस्टर' बनाएको छ। आदिवासी/जनजाति समुदायले समानुपातिक र समावेशी खण्डमा बढी 'क्लस्टर' भएको भन्दै घटाउन मागसमेत गरेका छन्।

संविधान संशोधन विधेयक २०७२ विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएलगत्तै त्यसमा संशोधन हाल्ने ७२ घन्टे समयसीमा सुरु भएको छ। सोमबार बसेको व्यवस्थापिका संसदको बैठकमा उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएपछि संशोधन हाल्ने समय सुरु भएको हो। उक्त विधेयक फिर्ता लैजान माग गर्दै नेमकिपाका तीन सांसदले भने विपक्षमा मत जाहेर गरेका छन्। भारतको दबाबमा उक्त विधेयक ल्याइएको भन्दै उनीहरूले असहमति प्रकट गरेका थिए।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस