काठमाडौं–चुरे भावर राष्ट्रिय एकता पार्टीले माघ १६–१७ गते राष्ट्रिय कार्यकर्ता भेलाको आयोजना गर्ने भएको छ । सर्लाहीको हरिवनमा आयोजना हुने उक्त राष्ट्रिय भेलामा २२ जिल्लावाट करिव १ हजार प्रतिनिधिले सहभागिता जनाउने अध्यक्ष बद्री न्यौपानेले जानकारी दिएका छन् ।'राज्यले हामीलाई चुरे भावर प्रदेश दिने भनेर सम्झौता गरेको थियो तर अहिले त्यसलाई पुरै वेवास्ता गरिएको छ, त्यसका लागि दबाब दिन यो भेला बोलाइएको हो', न्यौपानेले भने। उनका अनुसार उक्त भेलामा भावर सेनाको पनि प्रदर्शन गरिने छन् ।
तत्कालीन गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले तराई–मधेसका भू–भाग जोडिएका २२ जिल्लाका चुरे भावर क्षेत्रलाई अलग्गै प्रदेश बनाउने सम्झौता गरे पनि सो सम्झौता उलङघन गरेको उक्त पार्टीको आरोप छ । पुस २५–२६ गतेका लागि आयोजना गर्ने भनिएको उक्त भेला अन्तिम समयमा प्रावधिक कारणले स्थगित भएको थियो ।