चितवन–नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले सीमांकनका विषयमा अहिल्यै टुंगोमा पुग्न नसकिने बताएका छन्। यो विषयमा धेरै पक्षसँग गम्भिर रुपमा छलफल गरेर मात्रै निश्कर्ष निकाल्नु पर्ने उनले बताए।काँग्रेसको आउँदो महाधिवेशनमा सभापति पदमा उठ्ने घोषणा गरेका देउवाले शनिबार भरतपुरमा सञ्चारकर्मीसँग भने, 'म पार्टीको सभापति भएँ भने यो मुद्दा सहज रुपमा किनारा लाग्छ।'
पार्टीलाई जिवन्त बनाउन आफूले उम्मेद्वारी दिने तयारी गरेको बताउँदै देउवाले भने, 'जे जति भातृ संगठनका अधिवेशनहरु रोकिएका छन् सभापति भएको छ महिना भित्रमा सवैको महाधिवेशनहरु गराउने छु।' वर्तमान सभापति सुशील कोइरलाले आफू एक पटकका लागि मात्रै सभापति बन्ने हो भनेर पूर्व घोषणा गरेको हुँदा आफू सो पदकालागि निर्विकल्प दावेदार रहेको उनको भनाइ थियो।
संसदमा पेश भएको संविधान संसोधन प्रस्तावले मधेसी समुदायको धेरै माग पूरा गर्ने उनले बताए। 'सीमांकन पनि अहिल्यै टुंगाउँनु पर्छ भन्ने आन्दोलनरत मधेसी दलहरुले यो हठ त्याग्नु पर्छ। यसमा धौर्य गरेर मात्रै निर्णयमा पुग्ने हो। यो विषयमा मैले उहाँहरुलाई चित्तबुझ्दो हुने गरेर भूमिका खेल्ने छु,' देउवाले भने।
देउवाले नेपाल प्रेस युनियन चितवनशाखाले आयोजना गरेको हस्ताक्षर अभियानको पनि सुरुवात गरे। आमसञ्चार प्रशिक्षण प्रतिष्ठानको नामबाट स्वर्गीय नेता कृष्णप्रसाद भट्टराईको नाम हटाएको विरोधमा सरकार विरुद्ध दवाव दिन प्रेस युनियनले हस्ताक्षर अभियान चलाएको छ।