काठमाडौं- ऐतिहासिक संविधानसभामार्फत 'जनताले लेखेको' नेपालको संविधान–२०७२ जारी भएको एक सय २५ औं दिनमै संशोधन गरिएको छ। संविधानका केही व्यवस्थाप्रति असन्तुष्ट रही आन्दोलनरत मधेसी मोर्चाका माग सम्बोधन गर्न भन्दै प्रमुख तीन राजनीतिक दलको सहमतिमा शनिबार संसद बैठकले पहिलो संशोधन गरेको हो।
संशोधनप्रति मधेसी मोर्चाले भने सन्तुष्ट हुन नसक्ने प्रतिक्रिया दिँदै आन्दोलन जारी रहने बताएको छ।
दोस्रो संविधानसभामा नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवबाट असोज ३ गते जारी भई कार्यान्वयनमा आएको संविधानका धारा ४२, ८४ र २८६ संशोधन गरिएका हुन्।
प्रमुख दलबीच शनिबारै भएको सहमतिअनुसार समानुपातिक समावेशी प्रतिनिधित्व र निर्वाचन क्षेत्र निर्धारणसम्बन्धी व्यवस्था संशोधन गर्न तीनवटा धारा परिमार्जन गरिएका हुन्।
संशोधन गरिएका धारा ४२ मा सामाजिक न्यायसम्बन्धी हक, ८४ मा प्रतिनिधिसभा गठन र २८६ मा निर्वाचन क्षेत्र निर्धारणसम्बन्धी व्यवस्था छ।
धारा ४२ मा 'समावेशी सिद्धान्तका आधारमा
धारा २८६ को उपधारा (५) को निर्वाचन क्षेत्र निर्धारणमा जनसंख्यालाई पहिलो र भूगोललाई दोस्रो प्राथमिकता दिने व्यवस्था गरिएको छ जसमा 'हाल कायम रहेका प्रत्येक जिल्लामा कम्तीमा एक निर्वाचन क्षेत्र नघट्ने गरी' भन्ने व्यवस्था थप गरिएको छ।
उक्त धारामा यसअघि निर्वाचन क्षेत्र निर्धारण गर्दा 'भूगोल र जनसंख्याका आधारमा हुने' उल्लेख थियो।
५ सय ६८ सांसद उपस्थित शनिबारको संसद बैठकमा संशोधन पक्षमा ४ सय ६१ र विपक्षमा ७ मत परेको थियो।
'संसदमा कायम रहेको ५ सय ९६ सदस्यमध्ये दुई तिहाइ संविधान संशोधनको पक्षमा मत दिएकाले संशोधन पारित भएको छ,' सभामुख ओनसरी घर्तीले मतगणनापछि घोषणा गरेकी थिइन्।
विपक्षीमा सत्तारुढ दल राष्ट्रिय जनमोर्चाका तीन र नेपाल मजदुर किसान पार्टीका ४ सांसदले मत हालेका थिए।
केही दलले बहिष्कार र नाराबाजी गरे पनि प्रमुख राजनीतिक दलबीच सहमतिपछि सभामुख घर्तीले संशोधन प्रक्रिया अघि बढाएकी थिइन्।
मधेसी मोर्चाको निरन्तर नाराबाजीबीच संसदमा संविधान संशोधन प्रस्तावमाथि मतदान गराइएको थियो। शरदसिंह भण्डारी नेतृत्वको मधेस समाजवादी पार्टी र अनिल झा नेतृत्वको संघीय सद्भावना पार्टीले संसद बहिष्कार गरेका थिए।
तत्कालीन सुशील कोइराला सरकारले असोज २० गते संसदमा पेस गरेको संविधान संशोधन प्रस्तावलाई बैठकले परिमार्जनसहित पारित गरेको हो। संशोधित धारालाई १५ दिनभित्र कानुन बनाई कार्यान्वयनमा लैजाने दलहरुबीच सहमति छ।
प्रमुख दलबीच परिमार्जनबारे सहमति बनेपछि त्यसबारे मधेसी मोर्चाका नेतालाई जानकारी गराइएको थियो।
सद्भावना पार्टीका उपाध्यक्ष लक्ष्मणलाल कर्ण, तमलोपाका सर्वेन्द्रनाथ शुक्ला, संघीय समाजवादी फोरमका शिवजी यादव र थरुहट पार्टीका गोपाल दहितलाई सहमतिबारे जानकारी गराइएको थियो।
'उहाँहरुले संशोधन सकारात्मक भए पनि अहिले त्यसलाई समर्थन गरेर जान नसकिने बताउनुभएको थियो,' एक नेताले भने।
असोज ३ गते संविधान जारी गर्नुअघि नै प्रमुख दलले आन्दोलनरत पक्षका माग सम्बोधन गर्न संविधान संशोधन गर्ने बताएका थिए।
आन्दोलनरत दलले यो संशोधनले पनि आफ्ना माग पूरा गर्न नसक्ने भन्दै पूर्वघोषित आन्दोलन जारी राख्ने बताएका छन्।
दलहरुबीच लामो छलफल गरेर ल्याइएको संशोधन प्रस्तावलाई आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले भने संशोधन प्रस्ताव अपूरो, अधुरो र अस्पष्ट भन्दै त्यसलाई अस्वीकार गरेको छ।
'यो हात्तीको देखाउने दाँत मात्रै हो। त्यसैले यसको विरोध गर्दैछौं,' मोर्चाका तर्फबाट तराईमधेस लोकतान्त्रिक पार्टीका संसदीय दल नेता सर्वेन्द्रनाथ शुक्लाले संसदमा भने, 'प्रमुख दलले अपूरो, अधुरो र अस्पष्ट प्रस्ताव ल्याउनुभएको छ।'
मोर्चाले जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण हुनुपर्ने माग गर्दै आएको छ। संविधानको नयाँ व्यवस्थाअनुसार पहाड र हिमालमा ८५ तथा तराईमा ८० निर्वाचन क्षेत्र हुनेछ।
संविधान जारी गर्न प्रमुख राजनीतिक दलले गरेको १६ बुँदे सम्झौतादेखि नै विरोध गर्दै आएका मधेसीवादी दल पाँच महिनाभन्दा लामो समयदेखि निरन्तर सडक आन्दोलनमा छन्।
प्रमुख दलबीच शनिबार बिहान बालुवाटारमा भएको परिमार्जनसहित संशोधन प्रस्ताव पारित गर्ने सहमति भएपछि त्यहीअनुसार संशोधनको भाषा मिलाउन कार्यदललाई जिम्मा दिइएको थियो। कार्यदलले दिनभर संशोधन विधेयकमाथि परेका परिमार्जनमाथि छलफल गरेको थियो।
सिंहदरबारमा भएको दलहरुको बैठकमा कांग्रेस सांसद मीनेन्द्र रिजालको निर्वाचन क्षेत्र निर्धारण र सामाजिक हकसम्बन्धी व्यवस्थामा कांग्रेस सांसद फर्मुलाह मन्सुरको परिमार्जन प्रस्तावमा सहमति जुटेको थियो।
'विभिन्न विकल्पमा छलफलपछि सहमति जुटेको हो। अधिकांश समय जिल्लाको विषयलाई कसरी राख्ने भन्नेमा छलफल भएको थियो,' राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले नागरिकसँग भने। दिनभर कार्यदल र शीर्ष नेताबीच संविधान संशोधनलाई कसरी अघि बढाउने भन्ने विषयमा पटकपटक छलफल भएको थियो।
संशोधन विधेयकमाथि राखिएको परिमार्जनको भाषा मिलाउने जिम्मा एमालेका नेता भीम रावल र परिमार्जनकर्ता मीनेन्द्र रिजाललाई दिइएको थियो। संविधान संशोधन मूल प्रस्तावमा नेपाली कांग्रेस र एकीकृत नेकपा माओवादीका सांसदले दुई दर्जन संशोधन प्रस्ताव राखेका थिए।
शनिबारको संसद बैठकमा सभामुख ओनसरी घर्तीले फिर्ता लिन आग्रह गरेपछि अधिकांश संशोधन प्रस्ताव फिर्ता भएको थियो।
संविधान जारी गर्नेबित्तिकै तत्कालीन सरकारले दुईबुँदे संशोधन प्रस्ताव अघि बढाएको थियो।
एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले पनि एक महिनाअघि नै मधेसी मोर्चाका माग सम्बोधन गर्न सोही संशोधन प्रस्ताव अघि बढाउने निर्णय लिएको थियो। प्रधानमन्त्री ओली नेतृत्व सरकारले गरेको उक्त निर्णयको भारतले स्वागत गरेको थियो।
नेपालको संविधानप्रति असन्तुष्टि जनाउँदै आएको भारतले नेपालमाथि अघोषित नाकाबन्दी लगाउँदै आएको छ। नेपाली अधिकारीले संशोधन पारित भएपछि भारतसँगका सबै नाकाबाट आपूर्ति सहज हुने अपेक्षा गरेका छन्।
यसैबीच, मधेसी मोर्चासँग सम्बद्ध दलले शनिबार गरिएको संविधान संशोधनले आफूहरुका माग पूरा नगरेको भन्दै आन्दोलन अझ सशक्त बनाउने प्रतिक्रिया दिएका छन्।
संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले निर्वाचन क्षेत्र कति पर्योआ भन्दा पनि सैद्धान्तिक विषयलाई उठाएको बताए। 'प्रमुख दलहरु पहिलेको एकात्मकवादी सोचबाट माथि निस्कनै सक्नुभएन। हामीले फरक पहिचान भएका र विकट क्षेत्रलाई विशेष क्षेत्र भनेर भनेका थियौं,' श्रेष्ठले नागरिकसँग भने, 'अहिलेको संशोधनले हाम्रो माग पूरा गर्दैन, त्यसैले हाम्रो आन्दोलन जारी रहन्छ।'
मोर्चाले अहिलेको आमहडताल जारी रहने बताएको छ। लङमार्चसहितका आन्दोलनका कार्यक्रम ल्याउने तयारी मोर्चाले गरेको छ।
सद्भावना पार्टीका महासचिव मनीष सुमनले आन्दोलन जारी रहने बताए। 'यो आँखामा छारो हाल्न गरिएको संशोधन हो। यसले हाम्रो माग पूरा हुँदैन। हाम्रो आन्दोलन अझै सशक्त हुन्छ।'