काठमाडौं–संघीय समाजवादी फोरम नेपालको जारी केन्द्रीय समिति बैठकमा कार्य विभाजनका बारेमा छलफल सुरु भएको छ। शुक्रबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकले राजनीतिक, सांगठानिक र आर्थिक प्रतिवेदन सुझावसहित पास गरे पछि आइतबारको बैठकमा कार्यविभाजनका बारेमा छलफल सुरु भएको हो।केन्द्रीय सदस्य रामप्रसाद रिजाललगायत केही केन्द्रीय सदस्यले समाजवादी फोरम भित्र जनसंख्याको अनुपातमा कार्य विभाजन गर्नु पर्ने माग गरेका छन्। 'जनसंख्याको आधारमा खस आर्यको हिस्सा १२ प्रतिशत छ तर पदाधिकारीमा एकजना खस आर्यको प्रतिनिधित्व छैन,' रिजालले बैठकमा भने, 'त्यसैले मैले जनसंख्याको अनुपात अनुसार पार्टी भित्र खस आर्यलाई पनि उचित स्थान दिन माग गरेको छु ।' उनका अनुसार जनसंख्याको आधारमा प्रतिनिधित्व खोज्ने पार्टीले आन्तरिक रुपमा त्यसलाई पुष्टी गरेर देखाउनु पर्ने माग गरिएको हो।
५१ जना केन्द्रीय राजनीतिक समितिमा खस आर्य समुदायको प्रतिनिधित्व हुनु पर्ने माग केही केन्द्रीय सदस्यहरुले राखेको उनले जानकारी दिएका छन्। पार्टी पदाधिकार, राजनीतिक समिति र केन्द्रीय समिति गठनको सन्दर्भमा पनि जनसंख्याको आधारमा प्रतिनिधित्व गराउन पार्टी भित्र माग उठेको छ ।
'प्रमुख तीन दलले जनसंख्याको आधारमा प्रतिनिधित्व गराएन भनेर आरोप लगाउने तर त्यही कुरा आफनै पार्टी भित्र ब्यावहारिक रुपमा लागु गराउन नखोज्ने ? यो हुदैन' अर्का एक केन्द्रीय सदस्यले नागरिकसँग भने । अध्यक्ष उपेन्द्र यादव, बरिष्ठ नेता अशोक राई र सह अध्यक्ष राजेन्द्र श्रेष्ठले जनसंख्याको अनुपात अनुसार केन्द्रीय राजनीतिक समिति बनाउने प्रतिवद्धता भने जनाएका छन् ।