काठमाडौं–आन्दोलतरत संघीय समावेशी मधेसी गठबन्धनले प्रमुख दलहरुले हचुवाको भरमा संविधान संसोधन गरेको आरोप लगाएको छ। ब्यवस्थापिका संसदको दुई तिहाइ बहुमत सदस्यले शनिबार राति गरेको संशोधन प्रस्तावलाई गठबन्धनले भने हचुवाको भरमा उक्त संशोधन गरेको आरोप लगाएको हो।समावेशी समानुपातिक र निर्वाचन क्षेत्र निर्धारणलाई सम्वोधन गर्ने गरी शनिबार धारा ४२, ८४ र २८६ मा संबोधन गरिएको थियो। आन्दोलनलाई सम्वोधन गर्ने भन्दै संविधान जारी भएको ३ महिना ६ दिन पछि गरिएको उक्त संसोधनलाई गठबन्धनले अस्विकार गरेको हो। राष्ट्रिय मधेस समाजवादी पार्टीका प्रवक्ता केशव झाले संशोधनप्रति गठबन्धनको असहमति कायमै रहेको बताए । 'यस संशोधनले हामी आन्दोलनरत पक्षहरुको माग सम्वोधन नगरेकाले यस्तो हचुवाको भरमा भएको संसोधनलाई हामी किमार्थ स्विकार गर्न सक्दैनौ,' उनले भने । उनका अनुसार गठबन्धनवाट घोषित आन्दोलनका कार्यक्रमहरु यथावत रहने छन् ।
उक्त गठबन्धनमा शरदसिंह भण्डारी नेतृत्वको रामसपासहित अनिल झा नेतृत्वको नेपाल सदभावना पार्टी, मधेसी जनअधिकार फोरम गणतान्त्रिक र जयप्रकाशप्रसाद गुप्ता नेतृत्वको तराई मधेस राष्ट्रिय अभियान आवद्ध छन् । 'हिजो प्रमुख दलहरुले एकतर्फी रुपमा आन्दोलनरत दलहरुको मागलाई वेवास्ता गर्दै आ आफना स्वार्थका निम्ति गरेको संविधान पहिलो संसोधनले मुलुक एकांकी रुपमा अघि बढन खोजेको हाम्रो ठहर छm,' गठबन्धननको निष्कर्ष छ, 'हाम्रो लागि भनेर गरिएको संसोधन हाम्रो सहमति र समर्थन अनिवार्य र आवश्यक थियो तर त्यसो नगरी सरकार र प्रमुख राजनीतिक दलले आफैले सम्वाद र सहमतिको बातावरणलाई अवरुद्ध गरेको छ ।'