संविधान प्रतिगामी: फोरम
१० माघ २०७२
•
५ मिनेट पाठ
संविधान प्रतिगामी: फोरम
काठमाडौं-संघीय समाजवादी फोरम नेपालले नयाँ संविधानलाई प्रतिगामी ठहर गर्दै राजनीतिक प्रतिवेदन पारित गरेको छ। जारी तदर्थ केन्द्रीय समिति बैठकले संविधानसभा प्रतिक्रान्तिको साधन बन्न पुगेको निष्कर्ष निकालेको हो।'यो संविधान पहिचानसहितको संघीयता, समानुपातिक समावेशीकरण, नागरिकता, निर्वाचन क्षेत्र निर्धारण आदि विषयमा अन्तरिम संविधान २०६३ भन्दा प्रतिगामी भएको र स्वायत्त शासनका हिसाबले प्रदेशहरू कमजोर र प्रशासनिक एकाइजस्तो मात्र रहेको छ,' पारित प्रतिवेदनमा भनिएको छ ।




सुझावसहित पारित प्रतिवेदनमा संविधान प्रतिगामी भएको उल्लेख गर्दै भनिएको छ, 'विगतमा जनताले उपभोग गरिसकेको अधिकार पनि खोसे, संविधानसभा प्रमुख दलका केही नेताको स्वेच्छाचारिताको थलो बन्यो, यसरी संविधानसभा प्रतिक्रान्तिको उपज बन्यो ।'

अध्यक्ष यादवका तर्फबाट सहअध्यक्ष राजेन्द्र श्रेष्ठले पेस गरेको प्रतिवेदनमा नयाँ संविधानमा उल्लेख भएका ३६ वटा धारा यथास्थितिवादी भएको किटान गरिएको छ । प्रस्तावनामा मधेस र जनजाति आन्दोलनलाई सम्बोधन गर्न नसकेकोदेखि खस, आर्यको अलग पहिचान स्थापित गर्नुपर्नेसम्मका गुनासो समेटिएको छ ।

प्रत्यक्ष राष्ट्रपतीय चुनाव नभएकोमा आपत्ति प्रकट गरेको फोरम नेपालले संसदीय व्यवस्थाको भने रक्षा र वकालत गर्न छुटाएको छैन । 'संसदीय व्यवस्था भनेको संसदको सर्वोच्चता भएको व्यवस्था हो, यही व्यवस्था अपनाउने हो भने त्यसको मर्मविपरीत दुई वर्षसम्म अविश्वास प्रस्ताव हाल्न नपाउने र प्रधानमन्त्रीले संसद विघटन गर्न नपाउने प्रावधान हटाउनुपर्छ ।' राष्ट्रिय सभालाई जातीय सभा नबनाएकोमा पनि असहमति देखिएको छ ।

यसैगरी धर्मनिरपेक्षतालाई अपव्याख्या गरिएको, खस भाषालाई मात्रै राष्ट्रिय भाषाको मान्यता दिइएको, बहुराष्ट्रियतालाई स्वीकार नगरिएको, वैवाहिक अंगीकृत नागरिकताका हकमा सम्बन्धित देशको नागरिकता परित्याग गरेपछि तत्काल नागरिकता दिने पुरानो व्यवस्थालाई निरन्तरता नदिइएको जस्ता ३६ वटा धारा यथास्थितिवादी भएको फोरमको ठहर छ ।

कांग्रेस–एमालेसहित एमाओवादी र फोरम लोकतान्त्रिकको पनि फोरम नेपालले आलोचना गरेको छ । गठबन्धनमा रहेर पनि एमाओवादी र फोरम लोकतान्त्रिकले धोका दिएर कांग्रेस र एमालेसँग मिल्न गएको उक्त पार्टीको आरोप छ । 'पशु पनि बन्न सक्ने, पन्छी पनि बन्न सक्ने चमेरो जस्तै इतिहासमा यति धेरै रंग फेर्ने पार्टी सायदै होलान्,' प्रस्तावमा उल्लेख छ । एमाओवादीले ५७ बँुदे आलोचनामार्फत नयाँ संविधानबारे जनतामा भ्रम बाँडेको भन्दै सतर्क हुनुपर्ने पार्टीको तर्क छ ।

प्रदेश निर्माण गर्दा २ नम्बर (पर्सा–सप्तरी) बाहेक अन्य सबै प्रदेश खसआर्यको बाहुल्य हुने गरी निर्माण गरिएको सो पार्टीको निष्कर्ष छ । '७ प्रदेशमध्ये तराई मधेसको २ नम्बर प्रदेशबाहेक सबै प्रदेश शासक जातिकै जनसंख्याका हिसाबले बाहुल्य र राजनीतिक हिसाबले प्रभुत्व हुने गरी प्रदेश निर्माण गरिएको छ,' भनिएको छ, 'तर पर्सादेखि सप्तरीसम्मको मधेसी समुदायको अत्यधिक बहुमत हुने गरी प्रदेश बनाउँदा देश विखण्डन नहुने झापासम्मको मधेसी बहुल क्षेत्रलाई त्यसमा राख्दा विखण्डन हुने कुराको कुनै तुक छैन ।' प्रदेश नम्बर २ मा लागू गरिएको मापदण्ड पहाडमा लागू गर्न खोज्दा जातीय राज्य निर्माण हुुने भनेर दुष्प्रचार गरिएको फोरम नेपालको भनाइ छ ।

केन्द्रीय राजनीतिक समिति सदस्यको चयन गर्र्दै फोरम नेपालको बैठक सम्पन्न भएको छ । सीमा अवरोधसहित राजमार्ग अवरुद्ध गर्ने कार्यक्रम यथावत रहेको सो पार्टीले जनाएको छ।
अर्को समाचार
नयाँ संविधान प्रतिगामीः फोरम नेपाल
०९ माघ २०७२
•
३ मिनेट पाठ
नयाँ संविधान प्रतिगामीः फोरम नेपाल
काठमाडौं–नयाँ संविधान प्रतिगामी भएको निष्कर्षसहितको राजनीतिक प्रतिवेदनमा संघीय समाजवादी फोरम, नेपालको जारी केन्द्रीय समिति बैठकमा धारणा राख्ने क्रम शनिवारवाट सुरु भएको छ।शुक्रबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा पार्टीका तर्फवाट सह अध्यक्ष राजेन्द्र श्रेष्ठले पेश गरेको राजनीतिक प्रतिवेदनमा नयाँ संविधान प्रतिगामी भएको र त्यहाँ उल्लेखित धाराहरु यथास्थीतिवादी भएको भन्दै त्यसको बिरुद्ध संघर्ष चलाउनु पर्ने उल्लेख छ । छलफलका क्रममा तराई मधेसका भूगोलमा जारी आन्दोलनलाई निष्कर्षमा पु¥याउनका लागि काठमाडौं केन्द्रित आन्दोलन चर्काउनु पर्नेमा अधिकांश केन्द्रीय सदस्यहरुले जोड दिइरहेका छन्। 'मधेसमा जारी आन्दोलनले मात्रै धक्का नपुगेकाले काठमाडौं र पहाडी क्षेत्रमासमेत आन्दोलन चर्काउन दबाब दिएका छौं', केन्द्रीय सदस्य रामप्रसाद रिजालले भने, 'अब पार्टीले सिंहदरवार केन्द्रित कार्यक्रम गर्न नेतृत्वलाई दबाब दिइरहेका छन्।'




पहिचान र अधिकारका लागि प्रहरी गोलीवाट तराई मधेसको भूगोलमा जनता सडकमा मरिरहदा पनि काठमाडौं र जनजाति बहुल क्षेत्रमा आन्दोलन उठ्न नसकेकोप्रति सो पार्टी भित्र चर्को असन्तुष्टि प्रकट भएको छ । केन्द्रीय सदस्य विश्वनाथ पटेलले मधेश आन्दोलनमा चरम दमन भएकोले सरकारलाई अन्तर्राष्ट्रिय अदालत उभ्याउनका लागि तत्काल पहल थाल्न पार्टी नेतृत्वलाई सुझाव दिएका छन् । आन्दोलन सँगै राजनीतिक गतिरोध अन्त्यका लागि पार्टीले ठोस कदम चाल्न केन्द्रीय सदस्यहरुको दबाब नेतृत्वमाथि परेको छ। प्रतिगामी संविधान विरुद्धको सदन र सडक दुवैवाट संघर्ष गर्नु पर्नेमा जोड गरिएको छ । नेपालका सबै परिवर्तनको निर्णायक केन्द्र काठमाडौं भएकोले राष्ट्रिय आन्दोलन काठमाडौं केन्द्रित हुनुपर्ने प्रतिवेदन उल्लेख छ।

शनिवार केन्द्रीय सदस्यहरुले सुझावसहित आ–आफ्नो भनाइ राखिसके पछि बैठक ठोस निष्कर्षमा पुग्ने पार्टी अध्यक्ष उपेन्द्र यादवले जानकारी दिएका छन्। शनिकार सम्पन्न हुने फोरम नेपालको केन्द्रीय बैठकले नेपालको वर्तमान राजनीति अवस्था, जारी मधेश आन्दोलन, पार्टीको भावी कार्यदिशा र आन्दोलनमा पार्टीको भूमिका लगायतका एजेन्डामा बैठक केन्द्रीत रहेको छ। उक्त बैठकमा राजनीतिक प्रतिवेदनसहित सांगठानिक र आर्थिक प्रतिवेदनमा पनि छलफल जारी रहेको छ ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस