काठमाडौं–व्यवस्थापिका संसद बैठक गणपूरक संख्या नपुगेपछि स्थगित भएको छ। सोमबार बसेको संसद बैठक मधेसी मोर्चा आबद्ध दलले बहिष्कार गरेका थिए।मोर्चाको बहिष्कारबीच सुरु भएको बैठकमा गणपूरक संख्या नपुगेको भन्दै कांग्रेस सांसद रामहरि खतिवडाले ध्यानाकर्षण गराएका थिए। खतिवडाले ध्यानाकर्षण गराएपछि उपस्थित संख्या गणना गर्दा जम्मा १४२ जनामात्र सांसद उपस्थित रहेको पाइएको थियो। संसद बैठक संचालन गर्न १४९ सांसदको अनिवार्य उपस्थित आवश्यक पर्छ। गणपूरक संख्या नपुगेपछि सभामुख ओनसरी घर्तीले बैठक मंगलबार ३ बजेसम्मका लागि स्थगित भएको घोषणा गरेकी थिइन्।
अर्को समाचार
गणपूरक संख्या नपुगेपछि संसद बैठक स्थगित
अर्को समाचार
गणपूरक संख्या नपुगेपछि संसद बैठक स्थगित
काठमाडौं–मधेसी मोर्चा आबद्ध दलको नाराबाजीबीच चलेको संसद बैठक गणपुरक संख्या नपुगेपछि सोमबारसम्मका लागि स्थगित भएको छ। एक बजे सुरु भएको बैठकमा विशेष समयमा सांसदहरुले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए।गृहमन्त्री शक्तिबहादुर बस्नेतले जनकपुर घटनाको विषयमा सदनलाई जानकारीसमेत गराएका थिए। यो बीचमा दुई वटा विधेयमसमेत सदनमा प्रस्तुत भएका थिए।
सांसदहरु आफ्नो भनाइ राख्दै बाहिरिन थालेपछि कांग्रेस सांसद रामहरि खतिवडालेसदनमा गणपुरक संख्या नभएको भन्दै नियमापत्ती जनाएका थिए। खतिवडाले नियमापत्ती जनाएपछि सांसद संख्या गणना भएको थियो। संसद संचालन गर्न १४९ सांसदको उपस्थिति आवश्यक भएपनि जम्मा १२४ जनामात्र सांसद उपस्थित पाइएपछि संसद बैठक सोमबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ। संसदमा गणपुरक संख्या नपुगेको यो पहिलो पटक भने होइन। यसअघि पनि पनि गणपुरकसंख्या नपुगेर संसद बैठक स्थगित भएको छ।

यो पनि पढौँ
ट्रेन्डिङ