नेकपा एमालेका अध्यक्ष् केपी शर्मा ओली चढेको आकस्मिक अवतरण गरेकाे सिमृक एयरको हेलिकप्टर मौसम केहि सफा भएसँगै रौतहटको सदरमुकाम गौर प्रवेश गरेकाे छ।
एमाले जिल्ला कमिटिले एक लाख मान्छे उतार्ने योजना बनाएको कार्यक्रम स्थलमा ओली पुग्न नसकेपछि ओलीकाे भाषण सुन्न आएका नेता कार्यकर्ता स्थानीयले उनलाई कुरिरहेका थिए।
ओलीलाइ भेट्न गाउँबाट नेता कार्यकर्ता कार्यक्रम स्थलमा आएपनि ओली भने मौसम कुरेर सिमरामा बसिरहेकाेले आयाेजकले समयमै कार्यक्रम सुरू गर्न नसकेकाे जनाएकाे छ। अहिले कार्यक्रम स्थलमा एमालेका सचिव एवं मधेस प्रदेश इन्चार्ज रघुबिर महासेठ, केन्द्रीय सदस्य अच्युत मैनाली राजकुमार गुप्ता, ज्वाला साह लगायतका नेताहरू छन्।
कार्यक्रममा ओली आउन ढिलाइ भएपछि जिल्ला, प्रदेश र केन्द्र स्तरका नेताले मन्चमा आफ्नो मन्तव्य दिएर कार्यक्रमलाई अगडि भने बढाइएको छ।