काठमाडौं–राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान कार्यान्वयन गर्न राजनीतिक दलबीचको एकता अपरिहार्य रहेको बताएकी छिन्। बिहीबार राष्ट्रपति कार्यालय शितल निवासमा संसद हेर्ने पत्रकारसँग कुरा गर्दै राष्ट्रपति भण्डारीले संविधान कार्यान्वयनमा कसैले पनि अवरोध गर्न नहुने बताएकी हुन्।'अहिले संविधान कार्यान्वयन गर्न सबैदलबीचको एकता अपरिहार्य छ,' राष्ट्रपति भण्डारीले भनिन्,'सबै मिलेर संविधान कार्यान्वयन गर्नुपर्छ। संविधान कार्यान्वयनमा कहीँ कतैबाट पनि अवरोध हुनुहुन्न।'
राष्ट्रपति भण्डारीले अहिले राष्ट्रय एकतामा खतरा आइनसकेको भन्दै दलहरुबीच मन र मष्तिष्कमात्र विभाजन भएको बताइन्।
'दलहरुबीच केही अविश्वास देखिएको छ,' उनले भनिन्,' अहिले नै राष्ट्रय एकतामा खतरा उत्पन्न भएको छैन।' उनले संविधान कार्यान्वयको मुख्य चुनौती संघीय कार्यान्वयन रहेको भन्दै संघीयतामा जाँदा सांस्कृति र प्राकृतिक पक्षलाई ख्याल गर्न राष्ट्रपति भण्डारीले सुझाव दिइन्।