उडाउनेमाथि प्रधानमन्त्रीको प्रहार
१५ माघ २०७२
•
४ मिनेट पाठ
उडाउनेमाथि प्रधानमन्त्रीको प्रहार
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले अाफ्नो अभिव्यक्तिलाई उडाउने सर्वसाधारणलाई व्यंग्यवाण प्रहार गरेका छन्। क्यान इन्फोटेक उद्‌घाटनका लागि शुक्रबार पर्यटन बोर्डको हलमा मुख्य अभिव्यक्ति पहिले नै उनले खिल्ली उडाउनेहरुलाई सम्बोधन गर्दै व्य‌ंग्य कसे।

प्रधानमन्त्रीले नेपालको प्रशासनिक सेवालई इन्टरनेट अनलाइनमा लानुपर्ने बताए। सँगै अाफ्नो अभिव्यक्तिको खिल्ली उडाउलानेहरुलाई सम्बोधन गर्दै भने, 'मैले पहिल्यै नेपाललाई डिजिटल नेपाल बनाउने भनेको भए उडाउँथे होला, विरोध हुन्थ्यो होला। ए देश विकास गर्ने कुरा गर्ने भनेर विरोध हुन्थ्यो होला। धन्न बंगलादेशको सरकारले मैलैभन्दा पहिल्यै डिजिटल बंगलादेश बनाउने भनिसकेको रहेछ। अब हामी पनि डिजिटल प्रशासनमा नगइ सुख छैन।'

२२ औ क्यान इन्फोटेक मेला २०१६ को उद्घाटन समारोहलाई सम्बोधन उर्दै प्रधानमन्त्री ओलीले यस्तो भनिरहँदा पर्यटनबोर्डको हल हाँसोले गुञ्जियो। जति उडाए पनि आफूले देशलाई यथास्थितिमा रहन नदिने उनले बताए।

यार्षागुम्बाको औषधि बनाउन सिक्नुपर्छ


'यो सरकार देशलाई यथास्थितिमा राख्ने पक्षमा छैन,' उनले भने, 'हामीले उद्योग, कृषि, पर्षटन, सेवा, व्यापार सबै क्षेत्रको विकास गर्नुछ। र, यसका लागि सूचना प्रविधिको विकासले सघाउने छ।' नेपालमा भएका यार्सा गुम्बाजस्ता जडिबुटीबाट औषधि बनाउने प्रविधि नेपालले सिक्नुपर्ने र यसका लागि सूचना प्रविधिले सहयोग गर्ने उनको धारणा थियो।

नेपालमा आफूले विकासको मुल फुटाउने कुरा गर्दा केहीले नबुझिकन विरोध गर्ने र केहीले इर्श्याले विरोध गरेको उनको गुनासो थियो। 'कुनै समय त्यस्तो पनि थियो आकासमा सयौं मान्छे लिएर सामान लिएर प्लेन उड्छ भन्यो भने कसैले पत्याउँदैन थे,' उनले भने, 'मैले देश विकासको कुरा गर्दा उडाउनेहरु हेरेको हेर्‍या हेरै हुन्छन्।'

सूचना प्रविधिको क्षेत्रमा आएको चरम विकासको प्रसंग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले विगतमा आफ्नो पार्टीभित्र पनि मोबाइल फोन बोक्ने नेताहरु सुविधाभोगी भन्ने आरोप लाग्ने गरेको र डराएर प्रयोग गर्नुपर्ने अवस्था रहेको सम्झिए। 'पछि हल्ला चल्यो– हङकङमा त ड्राइभरले पनि मोबाइल बोक्छ रे,' उनले भने, 'आज त नेपालमा घाँस काट्दा, डाले घाँस काट्न रुखमा चढ्दा पनि मोबाइल फोन प्रयोग हुन थाल्यो।' मोबाइललगायतका सूचना प्रविधिका साधनहरुले सकारात्मक र नकारात्मक दुबै प्रभाव पार्ने भए पनि नकारात्मक प्रभावबाट बच्दै यसको प्रयोगलाई उच्च स्तरमा विस्तार गर्नु पर्नेमा उनले जोड दिए।

'कुन्ति मोक्तानको एउटा गीत छ– आगो भर्भरायो राजै आगो भर्भरायो राम्रो खबर आउँछ क्यारे आगो भर्भरायो,' उनले भने, 'आँखा फर्फराउँदा, आगो भर्भराउँदा, ठुटामा बसेर भोकले कौवा कराउँदा शुभ बोल् भनेर सन्देश सुन्ने जमाना गैसक्यो।' अहिलेको सरकार विज्ञान प्रविधिको विकासमा विश्वास गर्ने र अग्रगामी विकासका लागि प्रतिबद्ध रहेको भन्दै उनले डिजिटल नेपालको सपना साकार पार्न सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने बताए।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
५ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस