काठमाडाैं-सरकारको काम कारवाही, मधेस आन्दोलन र भारतीय नाकाबन्दीलगायतका विषयमा छलफल गर्न बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक विना निष्कर्ष सकिएको छ। सिंहदरबार आइतबार विहान बसेको बैठकमा प्रधानमन्त्री केपी ओलीको कार्यव्यस्तताका कारण बैठक निष्कर्षमा पुग्न नसकेको हो।उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक पुष्पकमल दाहालले बैठक कुनै निष्कर्षमा नपुगको र आइतबार साँझ बैठक पुन बस्ने जानकारी दिए। सरकारको काम कारवाही सन्तोषजनक नभएको भन्दै एमाओवादीले संयन्त्रको बैठक बोलाउन प्रधानमन्त्रीलाई आग्रह गरेको थियो।
बैठकमा मधेस आन्दोलन, भारतीय नाकाबन्दी तथा राजनीतिक गतिरोधका विषयमा छलफल भएकाे दाहालले जनाए। मुख्य रुपमा लामोसमयदेखिको मधेस आन्दोलन र भारतीय नाकाबन्दीका विषयमा छलफल केन्द्रित पनि कुनै निष्कर्ष ननिस्केकाे नेताहरूले बताएका छन्। नयाँ संविधानप्रति असन्तुष्टी जनाउँदै मधेस केन्द्रित दलले मधेस आन्दोलन र नाकामा धर्ना दिँदै आएका छन्।
संविधानप्रति असन्तुष्टि जनाउँदै भारतले नेपालमाथि नाकाबन्दी लगाउँदै आएको छ। सरकारले मधेसी मोर्चाको माग सम्बोधन गर्न केही साताअघि संविधान संशोधन गरेको थियो । तर मोर्चाले संधिवान संशोधनले मधेसका माग सम्बोधन नगरेको भन्दै आन्दोलन जारी राखेको छ । मोर्चाको सोमबार बस्ने बैठकले सीमानाकाको अवरोधलगायत आन्दोलनका विषयमा छलफल गर्ने बताइएको छ।
संयन्त्रको बैठकमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, एमाले वरिष्ठ नेता झलनाथ खनाल, राप्रपा नेपाल, फोरम लोकतान्त्रिक, नेमकिपालगायतका दलका नेताको सहभागीता थियाे ।