काठमाडौं- सन् २०१७ सम्म नेपाल पूर्ण रुपमा विद्युत आयातकर्ता देश बन्ने देखिएको छ। शुक्रबार नेपालका लागि भारतीय राजदूत रन्जित रेले सन् २०१७ को अन्त्यसम्म त्रिदेशीय अन्तरसीमा ट्रान्समिसन लाइन बनिसक्दा नेपालले थप ९४० मेगावाट विद्युत आयात गर्न सक्ने बताएका हुन्।यसो भयो भने नेपालले गर्ने खुद उत्पादनभन्दा बढी विद्युत आयात गर्ने मात्र नभई नेपालको 'ऊर्जालाई रणनीतिक वस्तु' बनाउनुपर्ने र असोजयता भारतले लगाएको नाकाबन्दीपछि नेपाल ऊर्जाका क्षेत्रमा पूर्ण रुपमा आत्मनिर्भर हुनुपर्ने आवाजभन्दा बिल्कुल उल्टो हुने देखिएको छ।
आफैं विद्युत उत्पादन गर्नुभन्दा भारतबाट बढीभन्दा बढी विद्युत आयात गर्दा नेपाल व्यापार विविधीकरणमा भन्दा अझ निर्भरतामा फस्ने देखिएको छ। त्यसै पनि नेपाल भारतसँगको व्यापारमा ६४ प्रतिशतभन्दा बढीले निर्भर छ। नेपालले बर्सेनि ११० अर्बभन्दा बढीको पेट्रोलियम पदार्थ मात्र आयात गर्छ।
नेपाल–भारत च्याम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजद्वारा शुक्रबार काठमाडौंमा आयोजित 'नेपाल–भारत ऊर्जा सहकार्यको वृद्धि' नामक अन्तर्क्रियामा राजदूत रेले 'यदि सबै कुरा ठिक तरिकाले अघि बढे' भारतबाट नेपालले तीन भिन्दाभिन्दै अन्तर्राष्ट्रिय सीमा प्रसारण लाइनबाट ९ सय ४० मेगावाट विद्युत आपूर्ति गर्न सक्षम हुने बताए।
नागरिकसँग कुरा गर्दै नेपालका ऊर्जा मन्त्रालयका सचिव सुमनप्रसाद शर्माले नेपालले भारतसँग बाहेक अन्य राष्ट्रबाट बढीभन्दा बढी विद्युत आयात गर्ने अन्य कुनै विकल्प नरहेको बताए। 'हामीलाई थाहा छ यो रणनीतिक वस्तु हो तर राष्ट्र ऊर्जाका क्षेत्रमा आत्मनिर्भर नहुन्जेल भारतसँग अल्पकालीन अवधिका लागि काम गर्न आवश्यक छ,' उनले भने।
२०७१ सालको साउन १८–१९ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका क्रममा संसदमा भनेजस्तै नेपाल ऊर्जामा आत्मनिर्भर नहुन्जेल नेपाललाई विद्युत निर्यात गर्ने र पछि नेपालबाट विद्युत आयात गरी भारतीय अर्थतन्त्रलाई चलायमान बनाउने नीतिअनुसारकै काम हुने विश्वास रेको छ। 'भारतबाट विद्युत आयातले नेपालमा लोडसेडिङ इतिहास बन्नेछ,' राजदूत रेले थपे। सुरुवआती चरणमा ढल्केबर–मुजफ्फरपुर ट्रान्समिसन लाइनबाट आउँदो तीन साताभित्रै ८० मेगावाट विद्युत आयात गर्नसक्ने बिहीबार र शुक्रबार काठमाडौंमा आयोजित ज्वाइन्ट स्टेयरिङ कमिटीको बैठकमा बाँडिएको प्रेस विज्ञप्तिमा जनाइएको छ। बैठक नेपाल र भारतका ऊर्जा सचिव अध्यक्षतामा सम्पन्न भएको थियो।
नेपालको अहिलेको जलविद्युत प्लान्टको क्षमता ८ सय मेगावाटभन्दा कम छ। भारतबाट भने २ सय मेगावाटभन्दा बढी विद्युत आयात भइरहेको छ। भारतका विभिन्न ऊर्जा उत्पादक कम्पनीलाई नेपाल विद्युत प्राधिकरणले आर्थिक वर्ष २०१४/१५ मा मात्रै १ अर्ब ३६ करोड विद्युत युनिटको १० अर्बभन्दा बढी रकम तिरिसकेको छ। यस तथ्यांकले आउँदा दिनमा विद्युतको तिर्नुपर्ने रकम ४८ अर्बभन्दा बढी हुने देखिन्छ।
सन् २०१७ को अन्त्यसम्म घरेलु जलविद्युत कम्पनीका १०० मेगावाटभन्दा माथि उत्पादन गर्ने अायोजना आउने देखिँदैन। जलस्रोतमा धनी राष्ट्र नेपालले उत्पादनभन्दा दोब्बर बिजुली आयात गर्ने देखिएको छ। वैशाख १२ को भूकम्पसँगै असोज ४ यताको भारतीय नाकाबन्दीका कारण ४ सय ५६ मेगावाटको उपल्लो तामाकोसी जलविद्युत योजना एक वर्ष ढिलो धकेलिने देखिएको छ। सन् २०१७ को अन्त्यसम्म पनि योजना पूर्ण हुनसक्नेतर्फ योजना अधिकारीहरुले शंका व्यक्त गरेका छन्। 'हाम्रो योजनाको ७८ मेगावाटको पहिलो भाग २०१७ को डिसेम्बरमा आउने कुरा थियो तर नयाँ अन्तिम मिति भने तोकिसकिएको छैन,' उपल्लो तामाकोसी जलविद्युत लिमिटेडका प्रवक्ता गणेश न्यौपानेले जनाए।
यसबीच, स्वतन्त्र जलविद्युत उत्पादकहरु नेपालले भारतबाट विद्युत आयात गर्नुभन्दा आफ्नै जलविद्युत उत्पादनतर्फ ध्यान केन्द्रित गर्नुपर्ने धारणा राख्छन्। अझ केहीले त यसलाई ऊर्जा सुरक्षा रणनीति अन्तर्गत राख्नुपर्छ पनि भन्छन्। 'राजनीतिकर्मी, नीतिनिर्माता र कर्मचारीले यसलाई ऊर्जाको माग र त्यसको पूर्तिका हिसाबले मात्र सिधासिधा सोच्नुहुँदैन बरु राष्ट्रलाई ऊर्जामा आत्मनिर्भर बनाउनका लागि रणनीतिक अप्रोचका हिसाबले अघि बढ्नुपर्छ,' जलविद्युत उत्पादक नरेन्द्र प्रजापतिले नागरिकसँग भने, 'जलविद्युत प्लान्ट सुरुमा भलै अलि महँगो होला तर यसले लामो समय परिणाम दिइरहन्छ। त्यसैले पेट्रोल वा विद्युत नै भारतबाट आयात गर्नुभन्दा आफैं उत्पादन गरेर आत्मनिर्भर हुनु श्रेयस्कर छ।'
यसैबीच, सरकारी अधिकारीहरु भने लोडसेडिङ घटाउन देशमै ऊर्जा उत्पादनका कार्यक्रममा सोच्नभन्दा भारतबाटै आयात गर्न महŒव दिइरहेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई एक वर्षभित्रै लोडसेडिङमुक्त बनाउने भाषण दोहोर्या ई–तेहेर्यााई गर्नु भारतबाट बढीभन्दा बढी विद्युत आयात गर्ने सोचकै परिण्िित हो। यसले देशलाई ऊर्जा सुरक्षाका क्षेत्रमा अझ बढी संवेदनशील बनाउने निश्चित छ।