आसन्न निर्वाचनमा दलीय रणनीति
२५ साउन २०७९
•
९ मिनेट पाठ
आसन्न निर्वाचनमा दलीय रणनीति
स्थानीय तहको निर्वाचनमा गठबन्धनमा आवद्ध दलहरुबीच तालमेल गरेर जााने सहमति बनेपछि माओवादी प्रवक्ता कृष्णबहादुर महराको रोजाईको एउटा स्थानीय तह बन्यो ‘घोराही उपमहानगरपालिका।’ आफ्नो चुनावी क्षेत्र दाङ–२ को एउटा पालिका बंगलाचुलीमा तालमेल गरेर आफ्नै दल माओवादीका सुबास पुन अध्यक्षको उम्मेदवार बनिसकेको भएपनि यसै क्षेत्रको घोराही उपमहानगरमाथि महराको अझ ठूलो चासो थियो।  




आफ्नै चुनावी क्षेत्र दाङ २ को ठूलो हिस्सा ओगटेको यो उपमहानगरमा आफ्नै उम्मेदवारलाई उठाउन खोज्नुको एक मात्रै ‘महरा लक्ष’ थियो ‘आफ्नो मत सर्वेक्षण।’ आगामी प्रतिनिधिसभा निर्वाचनमा आफ्नो ‘पोजिशन’ के हुने भन्ने सम्भावित नतिजा यसै उपमहानगरको मतपरिणामले देखाउनेमा महरा बिश्वस्त थिए। फलतः महराले गठबन्धनका तर्फबाट आफू निकटस्थ हेमराज शर्मालाई यो उपमहानगरमा प्रमुखको उम्मेदवार बनाई छाडे। तर नतिजा भने महराको अपेक्षाकृत भएन, शर्माले एमालेका नरुलाल चौधरीसँग पराजय भोगे।  

घोराही उपमहानगरको नतिजाले अब महरा प्रतिनिधिसभाको निर्वाचनमा भिड्ने वा नभिड्ने भन्ने अन्यौलमा रहेको माओवादी स्रोत बताउँछ। तर उनी निर्वाचनमा भिडिहाल्ने परिस्थती बनेको खण्डमा पनि उनका लागि गठबन्धन चुनाव लड्ने निर्विकल्प अस्त्र बन्ने छ। गठबन्धन हुँदा हुदै पनि घोराही उपमहानगरमा पराजय बेहोर्नु परेको तितो यथार्थतादेखि माओवादी प्रवक्ता महरा ‘अबुझ’ छैनन्। फलतः आगामी निर्वाचनमा उनका लागि गठबन्धन अपरिहार्य बन्ने छ नै। ‘उहाँ (महरा) आफ्नै पुरानो क्षेत्र दाङ २ बाट निर्वाचन लड्ने मनस्थिीमा हुनुहुन्छ,’ एक माओवादी जिल्ला नेताले भने ‘अहिले उहाँ आफ्नै क्षेत्रका मतदाताहरुसंग भेटघाटमा सकृय हुनुहुन्छ।’

चुनावी तालमेलबाट प्राप्त उनकै क्षेत्रको एक पालिकाको जीतको नतिजाले पनि माओवादीका लागि गठबन्धनको अपरिहार्यता अझ खड्किएको छ। दाङ २ कै बंगलाचुली गाउँपालिकाको चुनावी नतिजा माओवादीका लागि सुखद बन्यो। तर यहाँ माओवादीको एक्लो जीत भने भएको हैन। कांग्रेससंगको चुनावी तालमेलबाट प्राप्त सुखद नतिजालाई माओवादीले गठबन्धन विहीनताको अवस्थामा पनि एकल रुपमा प्राप्त गर्न सक्ने परिणाम हो भनेर हिम्मत गर्न सक्दैन।  

महराको चुनावी क्षेत्र मात्रै हैन, गत स्थानीय तहको मत परिणामलाई आंकलन गर्ने हो भने जिल्लामा माओवादीका लागि गठबन्धनमा आवद्ध दलहरुको सहारा अपरिहार्य नै देखाउँछ। किनकी माओवादीले आफ्नो एकल शक्ति जिल्लाका १० स्थानीय तह मध्य २ पालिकामा मात्रै देखाउन सक्यो। जिल्लाको क्षेत्र नम्बर १ अन्तर्गत गढवा गाउँपालिका र राप्ती गाउँपालिकामा एकल रुपमा भिडेको माओवादीले कांग्रेस र एमालेलाई पराजय गरेर नेतृत्व लिन सफल भयो। तर यी गाउँपालिकाको मत परिणामले माओवादीलाई क्षेत्र नम्बर १ मा आगामी निर्वाचनमा एकल रुपमा स्थापित हुन मद्त भने किमार्थ गर्दैन। यसै क्षेत्रका एक नगरपालिका र १ गाउँपालिकामा भने माओवादीको परिणाम फितलो देखियो। यो चुनावी क्षेत्रको लमही नगरपालिका र राजपुर गाउँपालिकामा कांग्रेसले बाजी मार्दा गढवा  र राप्ती गाउँपालिकामा प्राप्त जीतले मात्रै माओवादीलाई क्षेत्र नम्बर १ मा बलियो शक्तिका रुपमा उभिने ‘दम’ दिँदैन।  

महराको चुनावी क्षेत्र मात्रै हैन, गत स्थानीय तहको मत परिणामलाई आंकलन गर्ने हो भने जिल्लामा माओवादीका लागि गठबन्धनमा आवद्ध दलहरुको सहारा अपरिहार्य नै देखाउँछ। किनकी माओवादीले आफ्नो एकल शक्ति जिल्लाका १० स्थानीय तह मध्य २ पालिकामा मात्रै देखाउन सक्यो। जिल्लाको क्षेत्र नम्बर १ अन्तर्गत गढवा गाउँपालिका र राप्ती गाउँपालिकामा एकल रुपमा भिडेको माओवादीले कांग्रेस र एमालेलाई पराजय गरेर नेतृत्व लिन सफल भयो। 
जिल्लाको अर्को निर्वाचन क्षेत्र,क्षेत्र नम्बर ३ मा पनि माओवादीलाई एकल शक्तिका रुपमा उभिने संकेत गत स्थानीय तहको निर्वाचनले दिएन। तुलसीपुर उपमहानगरपालिका, दंगिशरण गाउँपालिका, बबई गाउँपालिका र शान्तिनगर गाउँपालिका गरि कुल ४ स्थानीय तह रहेको यो क्षेत्रका कुनै पनि पालिकामा माओवादीले आफूलाई जीतको ‘लायक’ बनाउनै सकेन।  

अतः गत स्थानीय तहको निर्वाचनको मत परिणामलाई आधार मान्ने हो भने माओवादीका लागि अगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन तालमेलविहीनताको अवस्थामा निरर्थक बन्ने देखिन्छ। फलतः वर्तमान सत्तागठबन्धनलाई आगामी निर्वाचनमा पनि कायम राखेर जिल्लाका तीन मध्य एउटा क्षेत्र , क्षेत्र नम्बर २ मा प्रवक्ता महराको जीत सुनिश्चत गर्ने चिन्तनमा माओवादी छ।  

‘संविधानको रक्षाका निम्ती बनेको ५ दलीय गठबन्धन संविधानकै रक्षाका निम्ती कायम हुनुपर्छ,’ नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य निर्मल आचार्यले भने ‘तर गठबन्धन प्रतिको ईमानदारीता हुनु जरुरी देखिएको छ।’ माओवादीले गठबन्धन भएको भएपनि स्थानीय तहको निर्वाचनमा गठबन्धनमा आवद्ध दलहरुले इमानदारीता नदेखाएका कारण नतिजा सोचे अनुरुप आउन नसकेको आचार्यको भनाई छ। ‘पहिलो कुरा त गठबन्धनमा आवद्ध दलहरुले चुनावमा बलियो गठबन्धन कायम गर्न सकेनन्,’ उनले भने ‘चुनावी तालमेल जस्तो मात्रै देखियो, तर हुनुपर्ने चाहिँ चुनावी गठबन्धन हो, तालमेल हैन।’

यता गत स्थानीय तहको निर्वाचनमा गठबन्धनमा जान हुने र नहुनेमा दुई कित्ता देखिएको कांग्रेस भित्रको जनमत अहिले पनि यी दुई कित्तामै कायमै छ। तर तालमेल गरेर भिड्दा पनि स्थानीय तहको निर्वाचनमा दुई मुख्य पालिका उपमहानगरपालिकाहरुमा बेहोर्नु परेको पराजयले भने एक्लो एमालेलाई कांग्रेसले कमजोर आँक्न सहज भएन। नत अब पनि एमालेलाई आफू भन्दा कमजोर आँक्न कांग्रेसलाई सहज छ।  

यता गत स्थानीय तहको निर्वाचनमा गठबन्धनमा जान हुने र नहुनेमा दुई कित्ता देखिएको कांग्रेस भित्रको जनमत अहिले पनि यी दुई कित्तामै कायमै छ। तर तालमेल गरेर भिड्दा पनि स्थानीय तहको निर्वाचनमा दुई मुख्य पालिका उपमहानगरपालिकाहरुमा बेहोर्नु परेको पराजयले भने एक्लो एमालेलाई कांग्रेसले कमजोर आँक्न सहज भएन। नत अब पनि एमालेलाई आफू भन्दा कमजोर आँक्न कांग्रेसलाई सहज छ।  
जिल्लाको घोराही उपमहानगरपालिकामा माओवादीलाई मेयर र आफूलाई उपमेयरको भाग पारेर चुनावी तालमेल गरेको कांग्रेसले माओवादीसंगै आफूलाई पनि उपमेयरमा पराजित गर्योे। उता भागवण्डामा मेयर पदको उम्मेदवारी पाएको तुलसीपुर उपमहानगरपालिकामा पनि कांग्रेसले हार बेहोर्नु पर्यो।  

क्षेत्र नम्बर २ मा रहेको बंगलाचुली गाउँपालिकामा आफ्नो जनमत बलियो रहेको दाबी गरेको कांग्रेसले घोराही उपमहानगरमा गुमेको जनमत यो गाउँपालिकाबाट ‘क्यास’ हुने अपेक्षा त राख्छ , तर  यो गाउँपालिकाको जनमतले मात्रै सहज जीत दिलाउनेमा कांग्रेसको आशंका भने छ। यसैगरि क्षेत्र नम्बर ३ मा रहेको तुलसीपुर उपमहानगरमा पराजय बेहोरेको कांग्रेसले यो क्षेत्रका अन्य तीन गाउँपालिकामा निकालेको एकल जीतलाई भने आगामी निर्वाचनका लागि सहज अवतरण मानेको छ।  

उता क्षेत्र नम्बर १ मा पनि चार पालिका मध्य कांग्रेस एक्लैले एक नगरपालिका सहित एक गाउँपालिकामा जीत निकालेकाले उक्त क्षेत्रमा पनि आफ्नो जीतलाई सहजै मानेको छ। भलै अन्य दुई पालिका गढवा र राप्तीमाा भने कांग्रेस बिफल बन्यो। फलतः स्थानीय तहमा जस्तो गठबन्धन नभई कांग्रेस एकल रुपमा निर्वाचनमा जानु पर्छ भन्ने दाबी एक पक्षको छ भने अर्को पक्षलाई भने स्थानीय तहको निर्वाचनमा पलाएको अन्तर बिरोधले कांग्रेसलाई घाटा हुने देखिरहेको छ। फलतः एकल जीत सहज नहुने भन्दै गठबन्धनको जोडबल कांग्रेसका लागि आवश्यक भएको दाबी गरिरहेको छ।  

‘गठबन्धन गरेर जानु हुँदैन भन्ने एकथरी आवाज पार्टीका साथीहरुबाट उठेको छ भने अर्कोथरी आवाज गठबन्धन गरेर जाानु पर्छ भन्ने पनि छ,’ कांग्रेस दाङका उपसभापति गिरीराज सुवेदीले भने ‘तर पार्टी भित्रका यी बैचारिक बहसका कुराहरु भए, केन्द्रको निर्णय र निर्देशनलाई पालना गरेरै अगाडी बढ्नु पर्छे हुन्छ, र त्यसमा सबै साथीहरु सहमत बन्नै पर्छ।’  

‘गठबन्धन गरेर जानु हुँदैन भन्ने एकथरी आवाज पार्टीका साथीहरुबाट उठेको छ भने अर्कोथरी आवाज गठबन्धन गरेर जाानु पर्छ भन्ने पनि छ,’ कांग्रेस दाङका उपसभापति गिरीराज सुवेदीले भने ‘तर पार्टी भित्रका यी बैचारिक बहसका कुराहरु भए, केन्द्रको निर्णय र निर्देशनलाई पालना गरेरै अगाडी बढ्नु पर्छे हुन्छ, र त्यसमा सबै साथीहरु सहमत बन्नै पर्छ।’  
सुवेदीका अनुसार स्थानीय तहको निर्वाचनमा एक्लै भिडेको स्थानमा कांग्रेस विजयी हुनु र गठबन्धन भएको स्थानमा पराजित हुनुले गठबन्धनको आवश्यक्ता माथि प्रश्न उठ्नु स्वाभाविकै छ। ‘स्थानीय तहको निर्वाचन कांग्रेस एक्लै भिडेको स्थानीय तहमा कांग्रेले जितेको छ,गठबन्धन भएको स्थानमा हारेको छ’ उपसभापति सुवेदीले भने ‘स्थानीय तहको निर्वाचनमा देखिएको यो नतिजाले पनि गठबन्धन किन गर्ने त ? भनेर यसको आवश्यक्ता माथि प्रश्न उठेका छन्, जुन प्रश्न स्वाभाविक पनि हुन्।’  

गठबन्धन गर्ने वा नगर्ने भन्ने बहसले दुई खेमामा बिभाजित कांग्रेसी मतलाई गठबन्धन गरेर चुनावमा जाँदा हुने उम्मेदवार चयनको बिषयले पनि थप असन्तुष्ट पार्ने देखिन्छ। ‘गठबन्धन भएको स्थानमा प्रतिनिधिसभा र प्रदेशसभाका सबै क्षेत्रमा कांग्रेसले उम्मेदवार बनाउन पाउने कुरा भएन, अनि त्यो बेलामा उम्मेदवार आकांक्षीहरुको असन्तुष्टि ब्यक्त हुन्छ,’ उनले भने ‘यो असन्तुष्टिले पार्टी संगठनलाई नै घाटा पुर्याउँछ।’ तथापी देशब्यापी रुपमा कांग्रेसको स्थान बलियो बन्नका लागि गठबन्धन अपरिहार्य देखिएको भन्दै सुवेदीले थपे ‘पहिलो दलका रुपमा कांग्रेस स्थापित हुनु हामी कार्यकर्ताहरुका लागि गौरबको विषय हो, यसमा सबै सहमत हुनुपर्छ।’  

यता ५ दलीय गठबन्धनको शक्तिलाई भत्काउँदै जिल्लाका दुई उपमहानगरमा आफ्नो एकल जीत स्थापित गर्न सकेको एमालेले आफूलाई आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा थप ‘परिपक्व दल’ का रुपमा स्थापित गर्ने योजनामा छ। वर्तमान सत्ता गठबन्धनको जनमतलाई तोडेर जिल्लाका घोराही र तुलसीपुर उपमहानगरमा एकल बर्चश्व कायम गरेको एमालेले जिल्लाको राप्ती गाउँपालिकाको उपाध्यक्षमा पनि जीत निकाल्यो। राप्तीमा भने सत्तापक्षीय गठबन्धनको तालमेल थिएन। 

स्थानीय तहको निर्वाचनमा गठबन्धनको शक्तिलाई परास्त गरेर घोराही र तुलसीपुर उपमहानगरमा आफ्नो जनमत बलियो बनाएको एमालेले यो शक्तिलाई आगामी निर्वाचन जित्ने बलियो आधारका रुपमा प्रस्तुत गर्ने छ। भलै यी दुई उपमहानगरको जीतले मात्रै पनि एमालेलाई आगामी निर्वाचन जीत्न पर्याप्त भने हुँदैन। क्षेत्र नम्बर २ को घोराही उपमहानगरमा जीत हासिल गरेपनि अर्को स्थानीय तह बंगलाचुलीको बहुमत भने एमालेको पक्षमा देखिएन। यसैगरि तुलसीपुर उपमहानगरमा जीत निकालेको एमालेका लागि यो जीत पनि क्षेत्र नम्बर ३ मा पर्याप्त बन्ने सम्भावना छैन। किनकी स्थानीय तहको निर्वाचनमा यो क्षेत्रका बबई, शान्तिनगर र दंगिशरण गाउँपालिकाको जनमत एमालेले गुमाएको छ।  तथापी क्षेत्र नम्बर २ र ३ मा भन सहज जीतको दाबी एमालेको छ।  

‘हामीहरु स्थानीय तहको निर्वाचनको मत परिणामलाई हेर्ने हो भने क्षेत्र नम्ब १ मा केही कमजोर देखियौँ,’ एमाले जिल्ला अध्यक्ष हुकुम बस्नेतले भने ‘क्षेत्र नम्बर २ र ३ मा हामी मजबुत दल बनेर उभिएका छौँ, हामीहरुलाई यी क्षेत्रका स्थानीय तहमा प्राप्त मत परिणामले धेरै उत्साहित बनाएको छ।’ केही पालिकाको नेतृत्वमा पराजित भएपनि वडागत मत परिणामले भने एमालेलाई अब्बल सावित गरिदिएको बस्नेतको भनाई छ। ‘अघिल्लो पटक जिल्लाका २८ वटा वडामा एमालेको जीत थियो, तर अहिले एमालेले ४० वटा वडामा जीत निकालेको छ,’ एमाले अध्यक्ष बस्नेतले भने ‘यसर्थ हामीहरु एकल दलगत प्रतिष्पर्धामा मात्रै हैन, गठबन्धनसंग सहज तरिकाले जुध्न र जीत्न सक्ने ल्याकत राख्छौँ।’    

त्यसोत, एमालेका लागि दाङ क्षेत्र नम्बर २ बढि चिन्तनको केन्द्र बन्ने छ। यो क्षेत्र एमाले महासचिव शंकर पोख्रेलको क्षेत्र हो। पोख्रेल अहिले पनि यही निर्वाचन क्षेत्रबाट निर्वाचन लड्न सक्ने सम्भावना उच्च छ। फलतः पार्टीका हेभिवेट जिल्ला नेता पोख्रेलको जीतका लागि एमालेलाई दाङ क्षेत्र नम्बर २ मा बढि मेहनत गर्नुपर्ने दबाब समेत रहेको छ। ‘सवाभाविकै रुपमापार्टीका महासचिव आईसकेपछि पार्टीको शक्ति बढी परिचालित हुनु स्वाभाविकै हुन्छ,’एमाले जिल्ला अध्यक्ष हुकुम बस्नेतले भने ‘तर एमालेले सबै क्षेत्रलाई उत्तिकै महत्वका साथ हेरेको छ र हेर्छ।’ 
अर्को समाचार
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
५६ मिनेट अघि
•
१ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
फाइल तस्बिर
नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलबाट रिहा भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई गृहजिल्ला अर्घाखाँचीमा स्वागत गरिएपछि एमाले नेतृ उषाकिरण तिम्सेनाले आक्रोश व्यक्त गरेकी छन्।




ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।

उनले आफूलाई भट्टीमा हालेर खरानी बनाउन खोजिएको तर भट्टीबाट खारिएर स्टिल बनेर निस्किएको बताएका थिए। जेल बसाइलाई अध्ययन गर्ने अवसरका रूपमा लिएको उल्लेख गर्दै उनले अहिले देश विकास गर्न र मुलुकलाई समृद्ध बनाउन हिजोभन्दा बढी आँट, शक्ति र आत्मविश्वास पलाएको दाबी गरेका थिए।

रायमाझीको स्वागत र अभिव्यक्तिप्रति लक्षित गर्दै तिम्सेनाले सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गरेकी हुन्।

उनले लेखेकी छन्, ‘सजाय भुक्तानी गरेर जेलबाट छुटेको मान्छेले देश बनाउने कुरा गर्दै छ! जनतालाई भुटानी शरणार्थी बनाएर बेचबिखन गरेको प्रकरणमा दोषी प्रमाणित भएर जेल बसेर आएको व्यक्ति अहिले माला लगाएर हिँड्दै छ! जनतालाई हेप्नुको पनि सीमा हुन्छ नि! अझ, त्यो पनि पार्टीलाई साक्षी राखेर!’

उनले थप लेखेकी छिन्, ‘माफ गर्नुहोस्, म अत्यन्तै दुःखी छु। लज्जाको यति ठुलो प्रदर्शनी नगरौँ न, हुन्छ! जनतालाई हेप्न बन्द गर। अब अति भयो!’

तिम्सेनाले रायमाझीलाई माला लगाएर स्वागत गरिएकोप्रति आपत्ति जनाउँदै जनतालाई हेप्न बन्द गर्न चेतावनीसमेत दिएकी छन्।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस