काठमाडौं–एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले आफूले भारत गएर कुनै आश्वासन नदिएको बताएका छन्। सोमबार पार्टी कार्यालय पेरिस डाँढामा आयोजित पत्रकार सम्मेलन अध्यक्ष दाहालले आफूले भारत गएर सीमाकंनसहितको संधिवान ल्याउने बाहेक कुनै आश्वासन नदिएको बताएका हुन्।'मैले भारत गएर कुनै आश्वासन दिएको छैन,' दाहालले भने,' सीमाकंन र संघीयतासहितको संविधान जारी गर्ने बाहेक कुनै आश्वासन दिएको छैन।' संविधान जारी हुनुपूर्व प्रमुख दलका शीर्ष नेताले भारत भ्रमण गरेका थिए। नेताहरुलाई भारतले हिन्दु राष्ट्र कायम राख्न दबाब दिएको र नेताहरुले त्यसमा सहमति जनाएको समाचार सार्वजनिक भएको थियो। तर दाहाल भने आफूहरुले त्यस्तो कुनै आश्वासन नदिएको दाबी गरे।
पत्रकारले सोधको एक प्रश्नको जवाफमा दाहालले प्रधानमन्त्री हुँदा आफूले पहिला चीन भ्रमण गरेर कुनै गलत नगरेको बताए ।' मैले गरेको चीन भ्रमणको कुनै पछुतो छैन,' उनले भने। दाहालले संधिवान संशोधनपछि मुलुकको राजनीतिक सहज तरिकाले अगाडि बढेको बताए। उनले केही दिनमा नै राजनीतिक संयन्त्र गठन गरी सो संयन्त्रमार्फत नै मधेसको माग सम्बोधन हुने बताए। 'सो संयन्त्रमा सबै दलका नेता सहभागी हुनुहुनेछ,' उनले भने,'सो संयन्त्रमार्फत नै मुलुक अगाडि बढ्छ।'
फरक प्रसंगमा अध्यक्ष दाहालले एमाओवादी परित्याग गरेर बाबुराम भट्टराई कम्युनिष्ट आन्दोलनबाट भागेको बताए। उनले ४० वर्षदेखि सँगै काम गरेका भट्टराई जनयुद्ध, सहिद परिवार, वेपक्ता परिवारलाई छोडेर भागेको टिप्पणी गरे। 'उहाँ (बाबुराम) कम्युनिष्ट आन्दोलनबाट भाग्नु भयो,' उनले भने,' बाबुरामजी पार्टीघाती, विचारघाती, र आत्मघाती हो।'