विवाद मिलाउने जिम्मा फेरि कार्यदललाई
१८ माघ २०७२
•
७ मिनेट पाठ
विवाद मिलाउने जिम्मा फेरि कार्यदललाई
काठमाडौं- प्रमुख राजनीतिक दल र आन्दोलनरत मधेसी मोर्चा प्रदेशको सीमांकन राजनीतिक संयन्त्रमार्फत टुंग्याउनेलगायत विषयमा पुनः छलफल अघि बढाउन सहमत भएका छन्। ११ दिनपछि सोमबार सिंहदरबारस्थित संसद सचिवालयमा बसेको प्रमुख दल र मधेसी मोर्चाका शीर्ष नेताको बैठकले मोर्चाका मागबारे सहमति खोज्ने जिम्मेवारी पुनः कार्यदललाई दिने निष्कर्ष निकालेको हो।

उच्चस्तरीय राजनीतिक समन्वय समितिका संयोजक पुष्पकमल दाहालले बैठकमा कार्यदलमार्फत मोर्चाका मागबारे टुंगो लगाउने सहमति भएको बताएका छन्। सोमबारको बैठक आफ्नै पहलमा भएको उल्लेख गर्दै दाहालको सचिवालयले विज्ञप्तिमा भनेको छ, 'आज (सोमबार) भएको बैठकमा कार्यदलमा भएको सहमतिबाट अघि बढेर छलफल टुंग्याउने निष्कर्ष निकालेको छ।'

कार्यदलमा प्रमुख दल र मोर्चाबीच प्रदेशको सीमांकनको विवाद राजनीतिक संयन्त्रमार्फत समाधान गर्ने विषयमा सहमति भए पनि त्यसको कार्यादेशबारे सहमति जुट्न सकेको थिएन। कार्यदलबाट समस्या समाधान ननिस्केको भन्दै दुवै पक्षले शीर्ष तहमा छलफल गर्ने भनिए पनि त्यसता छलफल हुन सकेको थिएन।

मधेसी मोर्चाका मागबारे कार्यदलमा सहमति जुट्न नसकेपछि माघ ७ गतेबाट दुई पक्षबीच संवाद टुटेको थियो।

स्रोतअनुसार मोर्चा आफूले उठाउँदै आएको दुई प्रदेशको मागलाई सम्बोधन गर्न बाध्यकारी हुने बेहोरा संयन्त्रको कार्यादेशमा राख्न चाहन्छ तर प्रमुख दल संयन्त्रले 'मधेस लगायत विभिन्न क्षेत्रबाट उठेका मागलाई ध्यान दिनेछ' भन्ने बेहोरा मात्र राख्न चाहन्छन्।

एमाले वरिष्ठ नेता झलनाथ खनालले भने, 'कार्यदलमा जहाँबाट संवाद टुटेको थियो। त्यहीँबाट पुनः छलफल सुरु हुनेछ।'

मोर्चाले राज्य पुनःसंरचना आयोग र राज्य पुनःसंरचना तथा राज्यशक्तिको बाँडफाँटका सिफारिसका आधारमा सीमांकन गर्न चाहेको छ भने प्रमुख दलले ती विषयलाई सीमांकन गरिँदा सन्दर्भसामग्रीका रुपमा मात्रै रहने बताउँदै आएका छन्।

यसअघि मधेसी मोर्चाले उठाउँदै आएको ११ मागमध्ये दुइटा समावेशी समानुपातिक सहभागिता र जनसंख्या तथा भूगोलका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने विषयमा भने संविधान संशोधन भइसकेको छ। मोर्चाले भने संशोधन पनि अपूरो रहेको बताउँदै आएको छ।

'टुटेको वार्ता पुनः सुरु भएको छ। प्रमुख दल र मोर्चा समाधान खोज्न पुनः एक ठाउँमा आइपुगेका छन्,' कांग्रेस उपसभापति रामचन्द्र पौडेलले नागरिकसँग भने, 'कांग्रेस महाधिवेशनभन्दा पनि प्राथमिकतामा राखेर यसमा समाधान खोज्न अघि बढ्छ।'

उच्चस्तरीय राजनीतिक संयन्त्रको आइतबार भएको बैठकले मधेस आन्दोलनको समस्या समाधान खोज्न मधेसी मोर्चासँग वार्ता पुनः सुरु गर्ने निर्णय गरेको थियो।

सोमबार बिहान संयोजक दाहालले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र प्रधानमन्त्री केपी शर्मा ओलीसँग सल्लाह गरी मोर्चासँगको बैठक राख्न पहल गरेको उनको सचिवालउले जनाएको छ।

बैठकमा प्रधानमन्त्री ओली भने थिएनन्। एमालेबाट वरिष्ठ नेता खनाल र उपाध्यक्ष भीम रावल, एकीकृत माओवादीबाट अध्यक्ष दाहाल, कांग्रेसबाट उपसभापति पौडेल, मोर्चाबाट तमलोपा अध्यक्ष महन्थ ठाकुर, संघीय समाजवादीका संसदीय दल नेता अशोक राई, सद्भावना पार्टीका सहअध्यक्ष कर्णसहितका नेता थिए।

कार्यदललाई तत्काल सक्रिय बनाउने भन्ने विषयमा सहमति भए पनि तत्काल छलफल सुरु हुने सम्भावना भने कम छ। किनकि, कार्यदलमा रहेका सबै नेता काठमाडौंमा छैनन्।

'कार्यदलमा मागहरुबारे छलफल गर्ने सहमति भए पनि कार्यदलका सदस्यहरु बाहिर हुनुहुन्छ,' सद्भावना पार्टी उपाध्यक्ष लक्ष्मणलाल कर्णले नागरिकसँग भने, 'दुई सदस्य काठमाडौं बाहिर हुनुहुन्छ।'

कार्यदलमा कांग्रेसका सदस्य महेश आचार्य र तमलोपाका हृदेयश त्रिपाठी काठमाडौं बाहिर छन्।

दुवै पक्षबीच सहमति कार्यदललाई ब्युँताउने सहमति भएपछि माघ ९ गते भएको ११ बुँदे माग सम्बन्धमा भने फरक बुझाइ देखिएको छ।

'यसअघिको कार्यदलमा सबै विषयमा छलफल भए पनि निष्कर्ष निस्केको छैन,' कार्यदल सदस्यसमेत रहेको सद्भावना पार्टीका सहअध्यक्ष कर्णले भने, 'हाम्रा ११ वटै मागका विषयमा कार्यदलमा छलफल हुनेछ।'

कांग्रेस उपसभापति पौडेलले भने ११ बुँदे मागमध्ये प्रमुख दुई वटा दुई वटा माग पूरा भइसकेको भन्दै बाँकी विषयमा मात्र छलफल हुने बताए।

'दुइटा माग संविधान संशोधनमार्फत सम्बोधन भइसक्यो,' पौडेलले भने, 'अब बाँकी विषयमा कार्यदलमा छलफल हुनेछ।'

मधेस माग सम्बोधन गर्ने भन्दै प्रमुख दलले सुशील कोइराला नेतृत्वले राखेको संविधान संशोधन विधेयकलाई परिमार्जनसहित पारित गरेको छ। सामाजिक न्यायसम्बन्धी हक, प्रतिनिधिसभा गठन र निर्वाचन क्षेत्र निर्धारण सम्बन्धी धारा दुई तिहाइ बहुमतले पारित भएको थियो। उक्त संशोधन अपूरो भएको भन्दै मधेसी मोर्चाले सदनमा नाराबाजी गरेका थिए।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
४ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस