भारतप्रति विश्वस्त छैन : दाहाल
१८ माघ २०७२
•
६ मिनेट पाठ
भारतप्रति विश्वस्त छैन : दाहाल
काठमाडौं- एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले नाकाबन्दी खोल्ने विषयमा भारतप्रति विश्वस्त हुन नसकेको बताएका छन्। पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित सञ्चारकर्मीसँगको संवादमा संविधान संशोधनपछि नाकाबन्दी खुल्ने संकेत देखिए पनि पछिल्लो समय अवस्था फरक रहेको उनले बताएका हुन्।'परराष्ट्रमन्त्रीको दुई–दुई पटकको भारत भ्रमणमा नाका सहज हुने संकेत देखिएपछि हामीले अब खुल्छ भन्यौं तर यथार्थमा त्यो भएन,' दाहालले भने, 'संविधान संशोधनपछि अब त खुल्ला भन्ने लागेको थियो तर अझै खुलेन, त्यसैले विश्वास गर्न गाह्रो भो।' उनका अनुसार सीमांकनको सवालमा पनि भारतीय पक्षबाट अनौपचारिक र औपचारिक रूपमा कुनै 'इन्ट्रेस्ट' व्यक्त नभएकाले बुझ्न गाह्रो भएको छ।




पछिल्लो समय भारत भ्रमणमा जाँदा संविधानको विषयमा लिएर त्यहाँको कुनै पनि नेतालाई कुनै पनि प्रकारको आश्वासन नदिएको दाहालले प्रस्टाएका छन्। 'त्यो बेला सीमांकनसहितको संघीयता हुनुपर्छ भन्नेमा भारतको चासो व्यक्त भएको थियो, त्यसलाई नयाँ संविधानले सम्बोधन गरिसकेको छ,' दाहालले भने, 'त्यसबाहेक अन्य विषयमा कुनै आश्वासन दिइएको छैन, यो सरासर झुटो हो।' आफू भारत जाँदा यस्तो र उस्तो आश्वासन दिएको भनेर गरिएको प्रचारबाजीले आफू आश्चर्यचकित भएको उनको भनाइ छ।

केही समयअघि भारतीय विदेशमन्त्री सुषमा स्वराजले लोकसभामा लिखित जवाफ दिँदै भारत भ्रमणक्रममा दाहाललगायत नेताले भारतको चासोलाई सम्बोधन गर्ने आश्वासन दिएको बताएकी थिइन्।

दाहालले प्रधानमन्त्री भएका बेला पहिला भारत भ्रमण नगरी चीनको भ्रमण गरेको विषयमा कुनै पछुतो नभएको पनि जनाएका छन्। 'मलाई भारतभन्दा अघि चीन भ्रमण गरेकोमा कुनै पछुतो छैन, त्यो त्यतिबेलाको आवश्यकता थियो,' उनले भने, 'बेइजिङ ओलम्पिकको क्लोजिङ सेरोमोनी थियो, छिमेकीको नाताले म त्यहाँ जानुपर्थ्यो, गएँ।' उनका अनुसार संसारका राष्ट्रप्रमुख र सरकार प्रमुख चीन आएका बेला छिमेकी नेपालबाट प्रतिनिधित्व नहँुदा शोभनिय नदेखिने भएकाले उक्त भ्रमण गरेको उनले प्रस्ट पारे।

कांग्रेससहितको राष्ट्रिय सरकारको पक्षमा आफू सधँै रहेको जनाउँदै उनले राजनीतिक घटनाक्रम, नाकाबन्दी र भूकम्पका कारण अपेक्षाकृत सफलता हासिल गर्न नसकेको बताए। प्रधानमन्त्रीका लागि राष्ट्रिय सहमतीय सरकारको कुरा नगरेको उनको प्रस्टोक्ति छ। 'मलाई प्रधानमन्त्री हुने रहर छैन, म त्यसका लागि अहिले इच्छुक पनि छैन तर कांग्रेससहितको राष्ट्रिय सरकारमा हिजो पनि मेरो जोड थियो, आज पनि छ।'

राष्ट्रिय सहमतिको सरकारले संविधान कार्यान्वयन र राष्ट्रिय एकतालाई समृद्ध बनाउने भएकाले आफूले उक्त विषय उठान गरेको उनको भनाइ छ।

बक्स

बाबुराम घाती हुन् : दाहाल

एकीकृत नेकपा माओवादी परित्याग गरी नयाँ शक्ति अभियानमा लागेका बाबुराम भट्टराईलाई अध्यक्ष दाहालले पार्टीघाती र जनयुद्ध घातीको संज्ञा दिएका छन्।

४० वर्ष लामो कम्युनिस्ट आन्दोलनमा बिताएका भट्टराईले 'कम्युनिस्ट' छाड्ने खबर सुन्दा आफू आश्चर्यचकित भएको जनाउँदै दाहालले उनलाई घातीको संज्ञा दिएका हुन्। 'बाबुरामजीले कम्युनिस्ट दर्शन नै छाड्ने कुरा गर्दा यो त्यसैमा रहेर ४० वर्ष लामो राजनीति गरेको र हिंसात्मक जनयुद्धको नेतृत्व गरेको भुल्न खोज्नुभयो,' दाहालले भने, 'त्यसैले अब उहाँ कम्युनिस्ट आन्दोलनमा विश्वासघाती नेताका रूपमा इतिहासले परिचय गराउने छ।'

कम्युनिस्ट आन्दोलनमा लागेर हिसांत्मक विद्रोह गरेको नेता भएकाले भट्टराई उम्कन नसक्ने उनको टिप्पणी छ। 'कम्युनिष्ट आन्दोलनबाट बर्हिगमनपछि उहाँ विचारघाती नेता हो, पार्टीघाती नेता हो, जनयुद्धको जिम्मेवारीप्रति घाती नेता हो, घाइते र सहिद परिवारप्रतिको घात पनि हो।' कम्युनिस्ट आन्दोलनमा यस्ता घटना हुने गरे पनि भट्टराईको बर्हिगमन आमरूपमा हुने बर्हिगमन नभएको उनको भनाइ छ।

भट्टराईको नयाँ शक्तिप्रति कुनै विश्वास नभएको दाहालको तर्क छ। 'त्यहाँबाट राम्रो चिज उम्रन्छ र फल्छ भन्ने कुरामा मलाई कुनै विश्वास छैन,' दाहालले भने। एमाओवादी छाडेर नयाँ शक्तिमा लाग्ने भट्टराईको कदम आत्मघाती भएको उनको टिप्पणी छ।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
५ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस