काठमाडौँ-काठमाडौँका १० वटा नगरपालिकामा नेपाली काँग्रेसको नयाँ नेतृत्व निर्वाचित भएको छ। तेह्रौँ महाधिवेशनको तयारीका क्रममा नगर समितिमा नयाँ नेतृत्व निर्वाचित भएको नेपाली काँग्रेस काठमाडौँले जनाएको छ।कागेश्वरी मनोहरा नगरमा नवराज पुडासैनी, गोकर्णेश्वरमा श्रीकृष्ण ज्योति, बूढानीलकण्ठमा गणेश कोइराला, टोखामा वसन्त श्रेष्ठ, तारकेश्वरमा श्रीराम थापा, चन्द्रागिरिमा घनश्याम गिरी, कीर्तिपुरमा कृष्णराम श्रेष्ठ र दक्षिणकालीमा मोहन बस्नेत प्रजातान्त्रिक प्रक्रियाबाट निर्वाचित भएको काठमाडौँका सभापति एवम् सांसद भीमसेनदास प्रधानले जानकारी दिए।
शङ्खरापुर र नागार्जुनमा यसअघि नै निर्विरोध नेतृत्व चयन भएको थियो । ती नगरका सभापतिमा क्रमशः राजभाइ श्रेष्ठ र केदार मानन्धर सभापति बनेका थिए । काँग्रेसको विधानअनुसार दलित, जनजाति र अल्पसङ्ख्यक दुई÷दुई गरी छ र सभापतिसहित सात सदस्यीय नगर समिति गठन भएको छ । बाँकी सदस्य मनोनयन प्रक्रियाबाट पूर्ति गरिने वैधानिक व्यवस्था छ । रासस