काठमाडौं–उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालको बिधानमा 'समानुपातिक' शब्दावली नराख्दा नेतृत्वको बिरुद्ध बिद्रोही समुहको उदय भएको छ। रिजवान अन्सारीको नेतृत्वमा गठन भएको 'नव बिचार समुह'ले पार्टीको बिधानमा 'समानुपातिक' शब्दावली अटाउनका लागि संघर्ष गर्ने निर्णय गरेको छ।उक्त बिचार समुह तीन दिन अघि गठन भएको हो। 'बिधानको धारा ४१ (३)बाट समानुपातिक प्रतिनिधित्व हटाउने काम भयो, त्यसलाई राख्न पछिल्लो केन्द्रीय समितिमा लिखित माग गर्यौं तर नेतृत्वले सुनेन,' अन्सारीले नागरिकन्युजसँग भने, 'त्यसैले नव बिचार समुह गठन गरेर नेतृत्वलाई दबाब दिन लागेका हौं।'
उनका अनुसार २ हप्ता भित्र त्यसलाई सम्वोधन गर्न नसके जिल्ला स्तरमा नै 'नव बिचार समुह' बिस्तार गरिनेछ। संविधानमा समानुपातिक नराखेको भन्दै आन्दोलनको नेतृत्व गरिरहेको उपेन्द्र यादव नेतृत्वको संघीय फोरमले आफनै बिधानमा 'समानुपातिक' शब्दावली हटाए पछि पछिल्लो केन्द्रीय समितिमा अन्सारी सहित ८ जनाले फरक मत राखेका थिए।
'समानुपातिक किन हटाएको भनेर माग गर्दा उपेन्द्रजीले त्यसमा कुरा नै गर्न चाहानु भएन्, त्यसलाई टार्नु भएपछि नयाँ समुह बनाएका हौ', उनले भने। दुई हप्ता भित्र सम्वोधन हुन नसकेमा जिल्लास्तरमा संगठन बिस्तार गर्ने र अन्ततः राष्ट्रिय कार्यकर्ता भेला बोलाउनेसम्मको तयारी भइरहेको उनले जानकारी दिएका छन्।