काठमाडौं- उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालको विधानबाट 'समानुपातिक प्रतिनिधित्व' शब्दावली हटाउँदा विद्रोही समूहको उदय भएको छ। रिजवान अन्सारीको नेतृत्वमा गठन भएको 'संघीय नवविचार समूह' ले पार्टी विधानबाट 'समानुपातिक प्रतिनिधित्व' शब्दावली हटाउने नेतृत्वको कार्यप्रति आपत्ति जनाउँदै त्यसलाई स्थापित गराउन दुईहप्ते अल्टिमेटम दिएको छ।
पार्टी एकीकरण हुँदा विधानको धारा ४१ (३) मा रहेको 'जातीय जनसंख्याको अनुपातमा समावेशी समानुपातिक प्रतिनिधित्व' भन्ने वाक्यांश हटाएपछि त्यसविरुद्ध निरन्तर खबरदारी गर्न विचार समूह गठन गरेको अन्सारीले बताए। 'विधानको धारा ४१ (३) बाट समानुपातिक प्रतिनिधित्व हटाउने काम गरिएको थियो, त्यसलाई राख्न पछिल्लो केन्द्रीय समितिमा लिखित रूपमै माग गर्यौंव तर नेतृत्वले सुनवाइ गरेन,' अन्सारीले नागरिकसँग भने, 'त्यसैले नवविचार समूह गठन गरेर नेतृत्वलाई समानुपातिक शब्दावली विधानमा पुनः राख्नका लागि दबाब दिन लागेका हौं।'
गत जेठमा उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरम नेपाल, अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टी र युवराज कार्की नेतृत्वको खस आर्य समावेशी पार्टी मिलेर उक्त पार्टी गठन भएको हो। पार्टी एकीकरण भएको ८ महिनाभित्रमा नेतृत्वप्रति असहमति जनाउँदै नयाँ विचार समूहको उदय भएको हो।
रिजवानका अनुसार तत्कालका लागि पार्टीभित्र गठन भएको उक्त समूह केन्द्रीयस्तरको संरचनामा मात्रै रहेको छ। जसमा वीरबहादुर लामा, नोर्साङ शेर्पा, राजकुमार यादव, रामेश्वरप्रसाद यादव, बाबुराम भुषाल, विश्वद्वीप लिङ्देन, नविन्द्रकुमार योञ्जन, देवेन्द्र राई, मेम्बर लो, शम्भु चौधरी, उपेन्द्र साह, रामेन्द्र साह, कलामुद्दिन मदानीलगायत नेता आबद्ध छन्।
नयाँ संविधानमा समानुपातिक नराखेको भन्दै आन्दोलनको नेतृत्व गरिरहेको उपेन्द्र यादव नेतृत्वको संघीय फोरमले आफ्नै विधानमा 'समानुपातिक' शब्दावली हटाएपछि पछिल्लो केन्द्रीय समितिमा अन्सारीसहित ८ जनाले लिखित फरक मत दर्ज गराएका थिए। 'विधानबाट समानुपातिक किन हटाएको भनेर माग गर्दा उपेन्द्रजीले त्यसमा कुरै गर्न चाहनुभएन, टार्न खोजेपछि नयाँ समूह बनाएर अभियान चलाउन लागेका हौं,' लामाले नागरिकसँग भने।
प्रधानमन्त्री निर्वाचनमा कुन आधार र निर्णयमा नेपाली कांग्रेसका उम्मेदवार सुशील कोइरालालाई मतदान गरेको, लामो समयसम्म तराई मधेसको भूगोलमा आन्दोलन जारी रहँदा पनि किन माग पूरा हुन नसकेको जस्ता प्रश्न उठाएर उक्त समूहले केन्द्रीय समितिमा फरक मत दर्ज गराएको तर नेतृत्वले त्यसलाई अस्वीकार गरेको उनीहरुको आरोप छ।
दबाब समूहले दुई हप्ताभित्र विशेष केन्द्रीय समिति बोलाएर विधानमा 'समानुपातिक प्रतिनिधित्व' लाई पुनर्स्थापित गर्न नेतृत्वलाई चेतावनी दिएको छ। उक्त समयमा माग सम्बोधन हुन नसके जिल्लास्तरमा दबाब समूह विस्तार गरेर केन्द्रीय भेला बोलाउने तयारी गरिएको अन्सारीले बताए।
पार्टीभित्र छलफल गर्न बोलाउँदा अन्सारी नआएकाले थप समस्या भएको वरिष्ठ नेता अशोक राईले बताए। 'उहाँहरुको मागबारे छलफल गर्न बोलाउँदा अन्सारीजी आउनुभएन र मिडिया धाउँदै हिँड्नुभयो,' राईले नागरिकसँग भने, 'विधानको धारा ३६ को उपधारा ३ ले उहाँको माग सम्बोधन गरिसकेको छ तैपनि मिडियाबाजी गर्नुहुन्छ किन हो, बुझ्न सकिएको छैन।' विचार समूह घोषणा गर्ने अन्सारीलगायत नेतालाई पार्टीको समस्या पार्टीभित्रै मिलाउन राईले आग्रह पनि गरेका छन्।