सिट बाँडफाँट मापदण्ड तय गर्दै गठबन्धन
२७ साउन २०७९
•
३ मिनेट पाठ
सिट बाँडफाँट मापदण्ड तय गर्दै गठबन्धन
सत्तारूढ पाँच दलीय गठबन्धनले मंसिरमा हुने निर्वाचनमा तालमेलका लागि मापदण्ड निर्माणबारे प्रारम्भिक छलफल थालेको छ। सरकारले मंसिर ४ गतेका लागि प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा गरेसँगै सत्ता गठबन्धनमा रहेका पाँच दलले सिट बाँडफाँटका लागि कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा गठन गरेको कार्यदलको बैठकले मापदण्डबारे प्रारम्भिक छलफल थालेको हो।




प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार दिउँसो बसेको कार्यदलको बैठकमा सिट बाँडफाँटको मापदण्डका लागि विभिन्न प्रस्ताव अघि सारिएका छन्। कार्यदलले प्रारम्भिक छलफल थाल्नुअघि नै गठबन्धनमा रहेका पाँच दल र तिनका नेताले आफ्नो अनुकूलतामा सिट संख्या बताउँदै आएका बेला कार्यदलमा भने २०७४ सालको निर्वाचनमा प्रत्यक्षतर्फ जितेको सिट संख्यालाई आधार बनाउनुपर्ने प्रस्ताव अघि सारिएको छ।

२०७४ सालको निर्वाचनमा प्रत्यक्षतर्फ जितेका क्षेत्रमा आगामी निर्वाचनमा पनि उसैलाई छाड्ने प्रस्ताव राखिएको छ। एमालेले जितेका क्षेत्रमा मात्र बाँडफाँट गरेर जानुपर्ने विकल्प अघि सारिएको छ। गठबन्धनमा आबद्ध दलहरूले २०७४ सालको निर्वाचनमा पाएको कुल सिटको प्रतिशतका आधारमा आगामी चुनावमा सिट बाँडफाँट गर्नुपर्ने विकल्प पनि कार्यदलभित्र आएको छ।

त्यतिबेला समानुपातिकतर्फ दलहरूले पाएको मतलाई पनि आधार बनाउन सकिने अर्को प्रस्ताव अघि सारिएको छ। वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा दलहरूले प्राप्त मतका आधारमा सिट टुंगो लगाउने अर्को प्रस्ताव पनि प्रस्तुत गरिएको छ। पछिल्लो निर्वाचनलाई आधार बनाउनुपर्ने प्रस्ताव कांग्रेसले अघि सार्दै आएको हो।

उसले स्थानीय तहको निर्वाचन ७६ क्षेत्रमा सबैभन्दा बढी मत पाएको छ। ती क्षेत्र आफूले राख्ने र एमाले अघि रहेको ७१ निर्वाचन क्षेत्रमा दलीय हैसियतअनुसार सिट बाँडफाँट गर्नुपर्ने धारणा कांग्रेसको छ। माओवादी केन्द्रले २०७४ सालको निर्वाचनमा प्रत्यक्षतर्फ जुन दलले जितेको छ, सो क्षेत्र आगामी चुनावमा पनि उसैलाई दिनुपर्ने बताउँदै आएको छ।

स्थानीय तहको निर्वाचनमा दलहरूले पाएको भन्दै आयोगले सार्वजनिक गरेको मत संख्या ठिक नभएको माओवादी केन्द्रको दाबी छ। त्यति मात्र नभएर उसले सरकारको नेतृत्व गरेको कांग्रेसले प्रत्यक्षतर्फको ५० प्रतिशत र बाँकी ५० प्रतिशत अन्य गठबन्धनलाई छाड्नुपर्ने प्रस्ताव पनि अघि सारेको छ। त्यसो गर्दा कांग्रेस ८३ सिटमा सीमित हुने देखिन्छ। तर कांग्रेस प्रत्यक्षतर्फ आफूलाई १०० सिट राखेर ६५ क्षेत्र मात्र छाड्ने पक्षमा छ।

त्यसरी अघि बढ्दा प्रत्यक्षतर्फ माओवादी केन्द्र करिब ४०, नेकपा एकीकृत समाजवादी (नेकपा एस) र जनता समाजवादी पार्टी (जसपा) ले १०–१५ क्षेत्र प्रत्यक्षतर्फ पाउने नेताहरूको बुझाइ छ। माओवादी केन्द्रसहितका दलहरू कांग्रेसलाई ८५ देखि ९० निर्वाचन क्षेत्रमा समेट्ने पक्षमा देखिएका छन्। कांग्रेस पनि ९० देखि ९५ निर्वाचन क्षेत्र लिएर चुनावी तालमेलको पक्षमा रहेको जानकारी दिँदै बैठकमा सहभागी एक नेताले सहमतिका लागि विभिन्न विकल्प र प्रस्ताव आएको बताए।

सबैले आ–आफ्ना प्रस्ताव र विकल्प छलफलमा राखेको बताउँदै ती नेताले भने, ‘मुख्यतया २०७४ सालको निर्वाचनको प्रत्यक्षतर्फ जितेको सिट, त्यतिबेला समानुपातिकतर्फ प्राप्को मत, २०७९ सालको स्थानीय तहको चुनावको परिणाम र दलहरूको आआफ्नो अवस्थालाई ध्यानमा राख्ने प्रारम्भिक छलफल भएको छ।’ माओवादी केन्द्रबाट कार्यदलमा रहेका नेता देवप्रसाद गुरुङले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सिट बाँडफाँटको मापदण्डका विषयमा सैद्धान्तिक छलफल भएको जानकारी दिए।

मोटामोटी अहिलेको संसद्मा दलको उपस्थितिलाई ध्यानमा राखेर त्यसको सेरोफेरो, समानुपातिक मतलगायलाई सहमतिको मोडालिटी बनाउने विषयमा कुराकानी भएको उनले बताए। तर सहमति हुन बाँकी रहेको जानकारी दिँदै उनले दलहरूको आन्तरिक छलफलपछि साउन ३० गते फेरि कार्यदलको बैठक बस्ने जानकारी दिए।

सञ्चारमन्त्रीसमेत रहेका कार्यदल सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले चाँडोभन्दा चाँडो कार्यदलले पाएको जिम्मेवारी पूरा गर्नेगरी काम भइरहेको बताए। कार्यदलमा विभिन्न मोडालिटीमा खुलस्त छलफल भएको भन्दै उनले भने, ‘केही दिनभित्र आफ्नो काम सम्पन्न गर्ने दिशामा हामी अगाडि बढेका छौं।’
अर्को समाचार
प्रधानमन्त्रीलाई राष्ट्रिय सभा अध्यक्षमा सिटौला पन्छाउन गाह्रो छः बास्कोटा
०२ फागुन २०८०
•
१ मिनेट पाठ
प्रधानमन्त्रीलाई राष्ट्रिय सभा अध्यक्षमा सिटौला पन्छाउन गाह्रो छः बास्कोटा
नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री पुष्पकमल दाहालसँग हाँस्दाहाँस्दै रुन सक्ने र आफूमाथि सङ्कट आउँदा सबैलाई एकैसाथ धम्काउन सक्ने गज्जब कला रहेको बताएका छन्। त्यो कला प्रधानमन्त्री दाहालले यसपटक राष्ट्रियसभा अध्यक्ष र संक्रमणककालीन न्याय निरूपणका लागि प्रयोग हुने पनि उनले टिप्पणी गरे।




ट्विटर (एक्स) मा एक अभिव्यक्ति सार्वजनिक गर्दै बास्कोटाले हालसम्म सफल भएको प्रधानमन्त्री दाहालको त्यो कलाले नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई भने पन्छाउन गाह्रो रहेको बताएका छन्। उनले लेखेका छन्,‘सुप्रिमोसँग एउटा गज्जब कला छ। त्यो के भने रुँदारुँदै हाँस्न सक्ने र हाँस्दा हाँस्दै रुन सक्ने साथै आफूमाथि सङ्कट आउँदा सबैलाई एकसाथ धम्काउन र फकाउन सक्ने। शायद, त्यसको फेरि सफल प्रयोग हुने जस्तो छ–राष्ट्रियसभाको अध्यक्ष र सङ्क्रमणकालीन न्याय निरूपणको लागि। तर सिटौलालाई पन्छाउन गाह्रो छ।’

पछिल्लो राष्ट्रिय सभा निर्वाचनताका राष्ट्रिय सभा अध्यक्ष  बनाउन नेता सिटौलालाई उम्मेदवार बनाएको चर्चा थियो। जसमा प्रधानमन्त्री दाहालले नै समर्थन गरेको चर्चा छ।

तर, पछिल्लो समय प्रधानमन्त्रीको दल नेकपा माओवादी केन्द्रका नेताहरूले सिटौलालाई राष्ट्रिय सभा अध्यक्ष छाड्न नसकिने किसिमका अभिव्यक्ति दिइरहेका छन्।
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस