काठमाडौं-राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीका प्रवक्ताबाट विष्णु भट्टराईलाई बर्खास्त गरेका छन्। राप्रपा नेपालले शुक्रबार जारी गरेको विज्ञप्तिमा अध्यक्ष थापाले पार्टीको विधान बमोजिम भट्टराईलाई प्रवक्ताबाट पदमुक्त गरेको उल्लेख छ। तर नयाँ प्रवक्ता भने तोकिएको छैन।
विज्ञिप्तमा कारण नखुलाइएपनि प्रवक्ता भट्टराईले पार्टी नीति विपरित धारणा सर्वजनिक गरेका भन्दै अध्यक्ष थापा असन्तुष्ट रहँदै आएका पार्टी स्रोतले बताएको छ । 'सामाजिक सञ्जालहरुमा पार्टी धारणा वितरित धारणा सार्वजनिक गर्दै आउनु भएको थियो,' एक केन्द्रीय सदस्यले बताए।
यसैबीच केन्द्रीय सदस्यहरु इन्द्र चित्रकार र मुकुन्दश्याम गिरीलाई सहायक महामन्त्रीमा नियुक्त गरेको सह प्रवक्ता मोहन श्रेष्ठले बताए। यसअघि राप्रपा नेपालका ५ सहायक महामन्त्री रहेका थिए।