काठमाडौं- राप्रपा नेपालपछि त्यसको समानान्तर समितिले पनि राप्रपासँग एकता वार्ताका लागि महामन्त्री श्याम तिमल्सिनाको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ।
टोलीमा प्रवक्ता सगुनसुन्दर लावती, सहायक महामन्त्रीहरु किशोर गुरुङ र नवराज दाहाल, उर्मिला रावल, सहायक प्रवक्ता शोभा तिमल्सिना र केन्द्रीय सदस्य कर्णप्रखर धिताल रहेका छन्। 'राष्ट्रियता संकटमा परेको विद्यमान परिवेशमा राष्ट्रवादी एकताको आवश्यकता समेतलाई मध्यनजर गर्दै एकीकरण वार्ता अघि बढाइनेछ' प्रवक्ता लावतीले भने0।
राप्रपाले कोषाध्यक्ष निलकण्ठ काफ्लेको संयोजकत्वमा सात सदस्यीय वार्ता टोली गठन गर्दै, वार्ता आह्वान गरेको सन्दर्भमा एकीकरण वार्ताका लागि वार्ता टोली गठन गरेको हो। वार्ताको चाँडै शुरु हुने बताइएको छ।