काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न भारत भ्रमणलाई कोषेढुंगा बनाउने गरी आवश्यक तयारी गर्न मन्त्री र सचिवलाई निर्देशन दिएका छन्। प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री ओलीले शनिबार बिहान उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा, अर्थमन्त्री विष्णु पौडेल र परराष्ट्र तथा अर्थ मन्त्रालयका सचिवहरुलाई भारत भ्रमणको आवश्यक तयारी गर्न निर्देशन दिएका हुन्।संविधान जारीसँगै भारतसँग चिसिएको सम्बन्ध सुधार गर्न र प्रधानमन्त्रीको आसन्न भारत भ्रमणको मिति र एजेन्डा तय गर्न अर्थमन्त्री पौडेल आइतबार दिल्ली जाँदैछन् ।
भारतीय विदेश मन्त्रालयको निमन्त्रणामा हुन लागेको भ्रमणमा दुई देशबीच राजनीतिक तहमा देखिएको असमझदारी हटाउने, पुनर्निर्माणका लागि भारतले उपलब्ध गराउने सहयोग, दुवै देशबीच हुने आर्थिक विकासका नयाँ क्षेत्रबारे छलफल हुनेछ ।
'प्रधानमन्त्रीले यसअघि नै आफ्नो भारत भ्रमणलाई माइलस्टोन (कोषेढुंगा) बनाउने बताइनसक्नुभएको छ । त्यसैअनुसार तयारी गर्न निर्देशनसमेत दिनुभएको छ । भ्रमण तयारीका लागि अर्थमन्त्रीबाट हुन लागेको भ्रमणका एजेन्डाबारे छलफल भएको छ,' प्रधानमन्त्रीका परराष्ट्र मामिलाविज्ञ गोपाल खनालले नागरिकसँग भने, 'त्यसबाहेक पुनर्निर्माणका लागि भारतले दिने सहयोगको खर्च गरिने क्षेत्रमा दुवै देशबीच छलफल हुने छ ।'
भारतले भूकम्पपछिको पुनर्निर्माणका लागि अनुदान र ऋण गरी एक खर्ब रुपैयाँ दिने घोषणा गरेको छ । पौडेलले दिल्लीमा भारतीय समकक्षी अरुण जेटलीसँग दुई पक्षीय वार्ता गर्नेछन् ।
अर्थमन्त्री पौडेलको भ्रमणको समयमा औपचारिक मिति घोषणा भइनसके पनि दुई पक्षबीच फागुन ७ देखि ११ सम्म भ्रमण हुने गरी आवश्यक तयारी सुरु भएको छ । यसअघि नै भारतीय विदेश मन्त्रालयका प्रवक्ताले अर्थमन्त्रीको भ्रमणको दौरान प्रधानमन्त्री ओलीको भ्रमण मिति अन्तिम टुंगो लाग्ने बताएका थिए ।
प्रधानममन्त्री ओलीले नाकाबन्दी खुला नहुन्जेल भारत भ्रमणमा नजाने घोषणा गरेका थिए तर शुक्रबारबाट अवरुद्ध रहेको वीरगन्ज नाका भारतीय व्यापारीले खुलाएका छन् ।
यसअघि उपप्रधानमन्त्री थापाले भारत भ्रमणका क्रममा नेपालमा देखिएको समस्यालाई तीन चरणमा समाधान गर्ने योजना प्रस्तुत गरेपछि दुई देशबीच सम्बन्धमा सुधार भएको थियो ।
प्रधानमन्त्री ओलीसहित नेपाल सरकारीका अधिकारीलाई भारतीय प्रधानमन्त्रीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसहित विभिन्न पदाधिकारीले पटकपटक संविधान संशोधन भए आन्दोलनरत मधेसवादी दललाई दबाब दिन सहज हुने भन्दै आएका थिए ।
मधेस आन्दोलनकारीले राखेका प्रमुख मागमध्ये निर्वाचन क्षेत्र निर्धारण र समावेशी समानुपातिक सहभागितासम्बन्धी माग सम्बोधन भइसकेको छ ।
त्यसो त आन्दोलनरत मधेसी दलका नेताहरुले पनि पछिल्लो समयमा दिल्ली काठमाडौंतर्फ लहसिन थालेको अनुभव गरेपछि सीमावर्ती प्रदेशमा शासन गर्दै आएका क्षेत्रीय राजनीतिक दलको समर्थन लिनेतर्फ लागेका छन् ।
मधेसवादी दलका नेतासँग हुने अनौपचारिक कुराकानीमा उनीहरु तराईमधेसमा दिल्लीको नभई पटना र लखनउको प्रभाव बढी हुने दाबी गर्छन् ।
दुवै देशबीच सम्बन्धमा पछिल्लो चरणमा सुधार हुँदै गएको प्रधामनन्त्री ओली निकट एमाले सांसद राजन भट्टराई बताउँछन् । 'भारतसँग सम्बन्ध सुधार हुँदैछ र हुनैपर्छ । अहिलेको जस्तो असहज अवस्था रहन सक्दैन,' भट्टराईले नागरिकसँग भने, 'अहिले त्यही दिशामा पहल सुरु भएको छ ।'
भारतीय नेताको भनाइ र गराइमा फरकपन देखिएकाले समस्या परेको भन्दै भट्टराईले अहिले त्यसमा केही सुधार आएको बताए ।
यसैबीच सूचना तथा सञ्चारमन्त्री शेरधन राईले सरकारले भारत र चीनसँगको सम्बन्ध नयाँ उचाइमा पु¥याउने गरी काम गरिरहेको बताएका छन् । पर्वत–काठमाडौं सम्पर्क मञ्चले बालाजुमा आयोजना गरेको वनभोजमा मन्त्री राईले राष्ट्र अहित हुने गरी कुनै सम्झौता भने नहुने बताए ।
'भारत र चीनसँगको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने गरी तयारी भएको छ,' सञ्चारमन्त्री राईले भने, 'भ्रमणका विषयलाई लिएर धेरै प्रकारका कुरा हुन थालेका छन्, यो सरकारले देशलाई अहित हुने गरी कुनै सम्झौता गर्नेछैन ।'