निर्वाचन तयारीमा जुट्दै दल: भदौ १० देखि कांग्रेसको अभियान
२९ साउन २०७९
•
३ मिनेट पाठ
निर्वाचन तयारीमा जुट्दै दल: भदौ १० देखि कांग्रेसको अभियान
नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन केन्द्रित भएर भदौ २ देखि सुरु गर्ने भनेको अभियान आठ दिन पर सारेको छ। कार्यसम्पादन समितिको शनिबार बिहान बसेको बैठकले भदौ १० देखि २४ सम्म निर्वाचन केन्द्रित अभियान सञ्चालन गर्ने निर्णय लिएको हो।




स्थानीय तहको सम्मुखमा ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियान सञ्चालन गरेको कांग्रेसले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पनि त्यस्तै कार्यक्रम सञ्चालन गर्न लागेको हो। बैठकले अभियानलाई प्रभावकारी बनाउन सबै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरेको छ। बैठकमा साउन ३० र ३१ गते काठमाडौंमा स्थानीय तहका जनप्रतिनिधिहरूको राष्ट्रिय भेलाको तयारीका विषयमा समेत छलफल भएको थियो।

बैठकले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी मनोनयनको अधिकार सभापति शेरबहादुर देउवालाई दिएको छ। विधानको व्यवस्थाबमोजिम प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा पार्टीबाट उम्मेदवार हुनेलाई सभापति देउवाले उम्मेदवारी मनोनयनको औपचारिक पत्र दिनेछन्।  

बैठकले उम्मेदवारका आकांक्षीको नाम सिफारिस गर्न तल्ला तहका कार्यसमितिलाई निर्देशन दिने निर्णय गरेको जानकारी केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले दिए।

‘हाम्रो विधानले तल्ला तहबाट उम्मेदवार सिफारिस गर्ने र संसदीय समितिले टुंगो लगाउने व्यवस्था गरेको छ। त्यसैअनुसार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फ आकांक्षीको नाम सिफारिस गर्न तल्ला तहका कमिटीलाई परिपत्र गर्ने निर्णय बैठकले गरेको छ,’ उनले भने।  

बैठकपछि कांग्रेसद्वारा जारी विज्ञप्तिमा छ, ‘२०७९ मंसिर ४ मा हुने प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष र समानुपातिकतर्फ उम्मेदवारीका लागि पार्टी विधानको धारा ३२(८) (क)(ख) र (ग) बमोजिम तथा प्रदेशसभा सदस्यको प्रत्यक्ष र समानुपातिकतर्फको उम्मेदवारीका लागि पार्टी विधानको धारा ३२(७)(क)(ख)(ग) र (घ) बमोजिमको प्रक्रिया पुर्‍याई उम्मेदवारको नाम प्रस्ताव र सिफारिस गर्नका लागि पार्टीका सम्बन्धित निकायलाई उपयुक्त समयमा केन्द्रीय कार्यालयमार्फत निर्देश गर्ने।’

तर कांग्रेसले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार छनोटका लागि संसदीय समिति गठन गरेको छैन। मिश्रित निर्वाचन प्रणालीअनुसार ६० प्रतिशत प्रत्यक्षतर्फ निर्वाचित हुने र समानुपातिकतर्फ ४० प्रतिशत निर्वाचित हुने व्यवस्था छ। त्यसैअनुसार दलहरूले उम्मेदवारी दिनेछन्। त्यसको टुंगो कांग्रेस संसदीय समितिले लगाउनुपर्ने विधानमा व्यवस्था छ। बैठकले आगामी चुनावका लागि निर्वाचन आयोगमा ऐनबमोजिम दल दर्ता गराउने निर्णय गरेको छ। मुख्यसचिव कृष्णप्रसाद पौडेललाई आयोगमा दल दर्ता गर्ने अख्तियारी बैठकले दिएको छ।

पार्टीमा भाग खोज्दै शेखर पक्ष

शेखर कोइराला समूह सभापति शेरबहादुर देउवाको कार्यशैलीप्रति रुष्ट बनेको छ। प्रदेश र प्रतिनिधिसभा निर्वाचन तयारीमा अन्य दलहरू जुटिरहेका बेला शनिबार बसेको शेखर पक्षको भेलाले सभापति देउवाले पार्टीभित्रका सबै पक्षलाई न्यायोचित व्यवहार गर्न नसकेको ठहर गरेको छ। देउवाको कार्यशैलीले पार्टीभित्र भाग खोज्नुपर्ने अवस्था आएको भन्दै शेखर समूहले अहिलेको कार्यशैलीले त प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा आफूनिकट नेता–कार्यकर्ता उम्मेदवार बनाउने अवस्था पनि नआउनसक्ने भय व्यक्त गरेको छ।  

सभापति देउवाले पार्टीका भ्रातृ संगठनहरूको प्रमुख मनोनयनमा आफूहरूसँग कुनै परार्मश नगरेको भन्दै शेखर पक्षले असन्तुष्टि जनाएको छ। देउवा दोस्रोपटक पार्टी सभापतिमा निर्वाचित भएपछिको ८ महिनामा भएका निर्णय प्रक्रियामा आफ्नो पक्षलाई नसमेटिएको गुनासो गर्दै नेता गुरुराज घिमिरेले राष्ट्रियसभा, स्थानीय तह निर्वाचनदेखि केन्द्रीय समिति सदस्य मनोनयन, भ्रातृ संस्थामा अध्यक्ष मनोनयनमा पनि कुनै सल्लाह नभएको बताए। सभापतिले न्यायोचित निर्णय नगर्दा भाग खोज्नुपर्ने अवस्था आएको भन्दै घिमिरेले भने, ‘अब अस्तित्वको लडाइँ लड्नुपर्ने भयो, कसरी जाने भनेर सल्लाहमा जुटेका छौं।’
अर्को समाचार
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक
३० फागुन २०७९
•
१ मिनेट पाठ
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक
नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ।




बुधबार बिहान ११ बजे केन्द्रीय कार्यालय सानेपामा कार्यसम्पादन समिति बैठक बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

बैठकमा उपराष्ट्रपति निर्वाचन, सरकारमा सहभागिता पार्टीका आन्तरिक विषय, समसामयिक राजनीतिक घटनाक्रम लगायतबारे छलफल हुने बताइएको छ।
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
यो पनि पढौँ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ५७ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस