चितवन–प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणमा जानुअघि सबै दलको परामर्श लिनुपर्ने र भारतको नभइ राष्ट्र र जनताको हितलाई ख्यालमा राखेर अगाडि बढ्न उपप्रधानमन्त्री चित्रबहादुर केसीले आग्रह गरेका छन्। आइतबार बिहान नवलपरासीको गैंडाकोटमा पत्रकारहरुसँग कुरा गर्दै उपप्रधानमन्त्री केसीले यो बेला भारत गएमा नेपालले के के गुमाउन पर्ने हो भन्ने त्रास रहेको बताए।
'यहाँ फष्ट ट्रयाकका कुरा छन् । एयरपोर्टदेखि जलविद्युत आयोजनासम्मका कुरा छन् । यस्ता कुरा जसले नेपालको कुनै हितगर्दैन त्यसमा प्रधानमन्त्री ओलीले भारतसँग कुनै समझदारी गर्नु हुँदैन', उपप्रधानमन्त्री केसीले भने। सर्वदलीय बैठक राखेर मात्रै भारत जान प्रधानमन्त्रीलाई अनुरोध गरेको र सर्वदलीय सुझावका आधारमा मात्रै भ्रमणको कार्य सूची तय हुनु पर्ने उनले बताए।
सहकारी तथा गरिबी निवारण मन्त्रीसमेत रहेका केसीले संविधान संसोधन भारतको चाहनामा भएको र संशोधनका कारणले नै नाका खुलेको बताए। तर जनसंख्यालाई मुख्य आधार बनाएर निर्वाचन क्षेत्र तय गर्ने प्रवधानसहित भएको संविधान संशोधनले देशलाई दिर्घकालीन रुपमा हित नगर्ने भन्दै उनले चिन्ता व्यक्त गरेका छन्।
'तराइमा जनसंख्याको चाप बढेको छ । खुला सीमाना र नागरिकताका बारेमा भएका खुकुला प्रवधानहरुले भारतबाट आउनेहरु पनि बढेका छन्। जनसंख्यालाई मुख्य आधार बनाएर निर्वाचन क्षेत्र कायम गर्दा भोली हिमाल पहाडका धेरै क्षेत्र खाली हुन सम्भावना छ', मन्त्री केसीले भने । यो संसोधन भारतकै चाहनामा भएको उनले बताए ।
'त्यही संसोधनपछि चित्त बुझाएर भारतले नाका खोलेको हो । मधेसी दलहरुले न नाकाबन्दी गरेका हुन् न खोलेका हुन्। उनीहरुले भारतले जे जे अह्रायो त्यही मात्रै गरेका हुन्', उपप्रधानमन्त्री केसीले भने। केसी संघीयताको विरोधमा रहेको पार्टी राष्ट्रिय जनमोर्चाको अध्यक्षसमेत हुन्। सरकार परिवर्तनको चर्चामा पनि केही न केही आधारहरु हुन सक्ने उनको अनुमान रहेको छ।
'छोटो समयमा सरकार परिवर्तन हुने सात सालदेखि कै चलन हो। एउटा सरकार बनाउने आफ्ना कुरा पुरा गर्ने अनि त्यसलाई हटाएर फेरि अर्को सरकार ल्याउने आफ्ना कुरा पुरा गराउने उ बेलादेखि प्रयास अहिले पनि जारी रहन सक्छ', उपप्रधानमन्त्री केसीले भने । बाहिर अनौपचारिक चर्चा चले पनि आधिकारिक रुपमा सरकार परिवर्तनको विषयमा कुरा भने नभएको उनले बताए।