चितवन–नेपाली काँग्रेसको १३ औं महाधिवेशन अन्तर्गत सोमाबार हुन गइ रहेको जिल्ला कार्य समिति चयनका लागि चितवनमा जिल्ला सभापति पदका लागि पाँचजनाको उम्मेद्वारी परेको छ । पाँचजनामध्ये चारजना संस्थापन र एकजना देउवा पक्षाका हुन्। सुरुमा सातजनाले उम्मेद्वारी दर्ता गराएकोमा दुईजनाले नाम फिर्ता लिएका हुन्।चर्चामा रहे पनि वर्तमान जिल्ला पार्टी सभापति टेकप्रसाद गुरुङ्ले आउँदो कार्यकालका लागि उम्मेद्वारी दिएनन् । वर्तमान कार्य समितिका सचिव जितनारायण श्रेष्ठ, जिल्ला कार्य समितिका पूर्व सचिव देवेन्द्र गुरुङसहित विजय भुषाल, दिनेश कोइरला र प्रकास अधिकारीले सभापति पदका लागि उम्मेद्वारी दिएका छन्।
सभापति पदमै नाम दर्ता गराएका राजेश्वर खनाल र जगन्नाथ पौडेलले नाम फिर्ता लिएपछि पाँचजनाबीच प्रतिस्पर्धा हुन लागेको हो। नेपाली काँग्रेसको विधान अनुसार सभापति पदका लागि ५० प्रतिशतभन्दा बढी मत ल्याउन अनिवार्य छ । पहिलो चरणमा कसैले पनि आधाभन्दा बढी मत नल्याए धेरै मत ल्याउने दुईजनाबीच फेरि मतदान हुने छ ।
साढे दुई बजेपछि मतदानको कार्यक्रम तय भएको छ । युवा उम्मेदेवार जितनारायण श्रेष्ठ, दिनेश कोइराला र प्रकाश अधिकारी नेतृत्वका दाबेदारका रुपमा देखिएका छन्। उम्मेद्वारी कायम भएका पाँचमध्ये प्रकास अधिकारी मात्रै देउवा पक्षका हुन्। चितवन जिल्ला कार्य समितिको सचिवमा तीनजनाको उम्मेद्वारी परेको छ भने कोषाध्यक्ष निर्विरोध भएका छन् ।
सचिवमा कैलाश कोइराला, उत्तम जोशी र शालिग्राम शर्मा पौडेलबीच प्रतिस्पर्धा हुने छ । अधिवेशनले एकजनालाई सचिवमा चुन्ने प्रवधान छ । त्यस्तै चितवन काँग्रेसको जिल्ला कार्य समितिको कोषाध्यक्षमा पोल्ट्री व्यवसायी शङ्कर कँडेल निर्विरोध चयन भएका छन् ।