चितवन–चितवन काँग्रेसको सोमबार भइ रहेको जिल्ला अधिवेशनमा कार्यकर्ताहरुले केन्द्रबाट नेता आउँदा खर्च बढी हुने गरेको गुनासो गरेका छन्।जिल्ला कार्य समितिको ठूलो खर्च केन्द्रका नेताहरु आएर बसेको होटलमा तिर्दा हुने गरेको अधिवेशनमा आर्थिक विवरण पेश गर्दै जिल्ला कोषाध्यक्ष सुरविर पोखरेलले अनुभव सुनाए ।
'पहिला पहिला केन्द्रका नेता आउँदा कार्यकर्ताको घरमा बस्थे। अहिलेका नेता कार्यकर्ताको घरमा बस्नै मान्दैनन्', जिल्ला कोषाध्यक्ष पोखरेलले भने। एकजना केन्द्रीय नेता होटलमा आएर बस्दा २६÷२७ हजार रुपैयाँ खर्च हुने गरेको उनले बताए । एकजना केन्द्रीय नेता आउँदा चालक र सहयोगीसमेत गरेर तीनजनाको खर्च उठाउनु पर्ने बाध्यता रहेको उनले बताए।
कोषाध्यक्ष पोखरेलले पाँच वर्षअघि १२ औं जिल्ला समिति चयन भएयता आम्दानीको तुलनामा खर्च दुई लाख ७१ हजार ६९५ रुपैयाँ बढी भएको विवरण सुनाए । पाँच वर्षमा ८० लाख रुपैयाँभन्दा धेरै खर्च भएको र आम्दानी ७८ लाख रुपैयाँको हाराहारीमा भएको कोषाध्यक्ष पोखरेलले बताए ।