काठमाडौं–संघीय समावेशी मधेसी गठबन्धनले मधेसी मोर्चाले मधेसमा जारी आन्दोलन तुहाउने षड्यन्त्र गरेको आरोप लगाएको छ।गठबन्धनको सोमबार बसेको बैठकले मोर्चाका नेताको संक्रिणता, उत्तालाउलोपना र आरोप प्रत्यारोपले मधेसमा जारी आन्दोलन तुहिने अवस्थामा पुगेको गठबन्धन नेता एवं फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले जनाए।
गठबन्धनले मोर्चाले नेतृत्वमा आन्दोलन अगाडि बढ्न नसक्ने निष्कर्ष निकाल्दै जारी आन्दोलनको नेतृत्व गर्ने बताएको छ। गठबन्धनले आन्दोलनलाई अगाडि बढाउन आगामी बिहीबार राजधानीमा सहिदको सम्झना गर्दै मैन वत्ति बाल्ने र सोमबार अन्रक्रिया गर्ने कार्यक्रम सार्वजनिक गरेको छ।