काठमाडौं—सुशील कोइरालाको निधनका कारण मस्तिष्क घात भएका कांग्रेस केन्द्रीय सदस्य नरहरि आचार्यको चेत खुलेको छ। बाँसबारीस्थित न्युरो अस्पतालमा उपचार गराइरहेका उनको बोली भने अझै फर्किन नसकेको उपचारमा संलग्न चिकित्सिकले बताएका छन्।बोली नियन्त्रित गर्ने ब्रेनको नसामा स्ट्रोक भएको शंका उपचारमा संलग्न डाक्टरले गरेका छन्। 'नसा फुटेर निस्केको रगत ब्रेनमा रगत जमेको देखिएको छ', उपचारमा संलग्न एक चिकित्सकले नागरिकन्युजसँग भने, 'बोली नियन्त्रित गर्ने ब्रेनको नसामै स्ट्रोक भए जस्तो देखिन्छ।'
नेता आचार्यको शरीरको दायाँ पाटो पनि चलेको छैन। अरु रिपोर्ट हेर्नका अब्जरबेसनमा राखेर उपचार गरिरहेको चिकित्सकले बताए।
केही वर्षयता उच्च रक्तचापको समस्या सामना गर्दै आएका नेता आचार्यलाई गम्भीर किसिमको स्ट्रोक भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। ुएक्कासि भएको दुःखद घटनाका कारण उहाँलाई शक भएको हुन सक्छ। ब्रेनको अत्यन्त अप्ठ्यारो ठाउँमा स्ट्रोक भएको देखिएको छु, उपचारमा संलग्न चिकित्सकले नागरिकन्युजसँग भने।
न्युरो अस्पतालको चिकित्सक टोली नेता आचार्यको अप्रेसन गर्न मिल्ने वा नमिल्ने भन्ने विषयमा निष्कर्षमा पुगिसकेको छैन। ुहामी केही रिपोर्टहरु हेरिरहेका छौं केही समयपछि अप्रेसन हुन सक्ने नसक्ने थाहा हुन्छु, अस्पताल स्रोतले भन्यो।
आचार्य मंगलबार बिहान कोइराला निवास महाराजगञ्जमै बेहोस भएका थिए। कोइरालाको निधन भएसँगै रातिदेखि महाराजगञ्जमा रहेका उनी शव राखिएको कोठाबाट ुकेही अप्ठ्यारो भयोु भन्दै बाहिर निस्केका थिए।
बाहिर पट्टि आउनासाथ उनी बेहोस भएर ढलेका थिए।
नेपाली कांग्रेस काठमाडौं जिल्ला सभापति भीमसेनदास प्रधानले उनलाई उपचारका लागि तत्कालै शहीद गंगालाल अस्पताल पुर्याठए। त्यहाँ उनको उपचार सम्भव नभएपछि तत्कालै नजिकै रहेको न्युरो अस्पतालमा लगिएको थियो।