दुबै सदनबाट पारित गरी प्रमाणीकरणकालागि पठाइएको नागकिरता विधेयक फिर्ता गरेको भन्दै जनता समाजवादी पार्टी नेपालले कपिलवस्तुको तौलिहवामा विरोध प्रर्दशन गरेको छ। पार्टीका नेता कार्यकर्ताहरुले नागरिकता सम्बन्धी विधेयकलाई प्रमाणीकरण नगरी १३ दिनसम्म झुलाएर पुनः फिर्ता पाठएको भन्दै राष्ट्रपतिको पुत्ला दहन समेत गरेको थिए।
प्रशासन कार्यालयको गेटअघि राष्ट्रपतिविरुद्ध चर्को नाराबाजी गर्दै उनीहरुले राष्ट्रपतिको सो कदमको घोर विरोध गरेका थिए। जली रहेको पुत्ला भने प्रहरीले हस्तक्षेप गरी केही बेर मै निभाएका थिए। पार्टीका जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादवले एमालेको पालामा सो विधेयक ल्याउँदा तुरुन्तै पास गर्ने तर अहिले दुबै सदनले पास गरे पनि राष्ट्रपतिले विधेयक फिर्ता गर्नू खेदजन कुरा भएको बताए।
नागरिकता पाउनु नागरिको नैसर्गिक अधिकार रहेको तर राष्ट्रपतिले त्यसको ख्याल नगरी विधेयक फिर्ता गरेको उनले बताए। सो अवसरमा पार्टीको प्रदेश उपसंयोजक अब्दुल रसिद खाँले राष्ट्रपतिले अमुक पार्टीलाई काखी च्यापेर विधेयक फिर्ता गरेको आरोप लगाए। उनले नागरिकताविहीनहरुलाई यथाशक्य चाँडै नागरिकता दिनुपर्ने बताए। त्यसो नगरिए पार्टी आन्दोलनमा जान बाध्य हुने उनले चेतवानी दिए।
यस्तै सो पार्टीले प्रजिअ धर्मेन्द्र कुमार मिश्रमार्फत सोही विषयमा प्रधानमन्त्रीलाई ज्ञापन पत्र समेत बुझाएका छन्। पार्टी अध्यक्ष शैलेन्द्र कुमार यादव, नेता अब्दुल रसिद खा, पार्टी नेता तथा कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडलको अगुवाईमा ज्ञापन पत्र बुझाइएको थियो। ज्ञाप पत्रमा दुबै सदनबाट पारित भए पनि अति आवश्यक सो विधेयक राष्ट्रपतिले फिर्ता गर्नु दुःखद कुरा भएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ।
नागरिकले नागरिकता पाउनु नैर्सिगक अधिकार भएको भन्दै राष्ट्रपतिको सो कदमको घोर भत्सर्ना गरिएको छ। उता राष्ट्रपतिको सो कदम प्रति विरोध जनाउदै लाकतान्त्रिक समाजवादी पार्टीले समेत प्रशासन कार्यालय अगाडी विरोध प्रर्दशन गरेका थियो।
लोसपाका जिल्ला अध्यक्ष कैलाश अग्रहरी, नेता मधुसुदन चौधरी,नेता तथा सुद्धोदन गाउपालिकाका अध्यक्ष कमलेशशरण चौधरी लगायतका नेताहरुले राष्ट्रपतिविरुद्ध चर्का नारा समेत लगाएका थिए।
नारायणगढ (चितवन)- पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले नेपालकै सबैभन्दा ठूलो चितवनको शक्तिखोर औद्योगिक क्षेत्रको निर्माण र सञ्चालन प्रक्रिया तत्काल अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
उनले अन्तरमन्त्रालय समन्वयमार्फत औद्योगिक क्षेत्र सञ्चालनको प्रक्रिया अगाडि बढाउन निर्देशन दिए।
शक्तिखोर औद्योगिक क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तथा वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदन स्वीकृत भइसकेको छ।
चितवन उद्योग सङ्घका अनुसार उद्योग स्थापनाका लागि इच्छुक उद्योगीले विगत आठ वर्षदेखि सङ्घको सचिवालयमा जग्गा माग गर्दै आवेदन दिँदै आएका छन्।
सङ्घका अनुसार हालसम्म १०० भन्दा बढी उद्योगीबाट ४०० बिघाभन्दा बढी जग्गा बुकिङका लागि प्राप्त आवेदन औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडमा पठाइसकिएको छ।
यस्तै, मन्त्री लम्सालले चितवन उद्योग सङ्घ परिसरमा रहेको चितवन प्रदर्शनी केन्द्रको समेत स्थलगत अवलोकन गरे। उनले प्रदर्शनी केन्द्रलगायत परिसरका सम्पूर्ण भौतिक संरचनाको निर्माण समयमै सम्पन्न गर्न मातहतका निकायलाई निर्देशन दिए।
प्रदर्शनी केन्द्रको पूर्ण निर्माणका लागि हाल विनियोजित बजेट अपुग भए थप बजेटको व्यवस्था गरेर भए पनि कामलाई पूर्णता दिनुपर्नेमा उनले जोड दिए।
भौतिक पूर्वाधार निर्माणमा बजेट अभाव हुन नदिने प्रतिबद्धतासमेत लम्सालले व्यक्त गरे।
औद्योगिकीकरणमार्फत आर्थिक समृद्धि हासिल गर्ने र सातै प्रदेशमा औद्योगिक क्षेत्र स्थापना गर्ने सरकारको लक्ष्यअनुरूप विसं २०७४ मा शक्तिखोर औद्योगिक क्षेत्र घोषणा गरिएको थियो।
चितवन उद्योग सङ्घको पहलमा एक हजार ७४१ बिघा क्षेत्रफलमा स्थापना गर्ने गरी घोषणा गरिएको यो नेपालकै सबैभन्दा ठूलो औद्योगिक क्षेत्र हो।
देशको मध्य भागमा रहेको शक्तिखोरमा नमूना औद्योगिक पार्क स्थापना भई उद्योग सञ्चालनमा आए हजारौँ रोजगारी सिर्जना हुनुका साथै आयात प्रतिस्थापनमा महत्त्वपूर्ण योगदान पुग्ने उद्यमीहरूको अपेक्षा छ।
शक्तिखोर औद्योगिक क्षेत्र र प्रदर्शनी केन्द्र निर्माण सम्पन्न भए चितवनको औद्योगिक तथा व्यावसायिक प्रवर्द्धन भई जिल्लाको आर्थिक गतिविधि थप चलायमान हुने अपेक्षा गरिएको छ।
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...