दलहरूको दोहोरो भूमिका
३१ साउन २०७९
•
४ मिनेट पाठ
दलहरूको दोहोरो भूमिका
राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक संसद्लाई फिर्ता गरेपछि सत्तारूढ दलभित्रै ध्रुवीकरण भएको छ। कांग्रेस र जनता समाजवादी पार्टीबाहेक अन्य दलले त्यसलाई सकारात्मक रूपमा लिएपछि ध्रुवीकरण देखिएको हो। कानुनविद्हरूले पनि राष्ट्रपतिको संवैधानिक अधिकार भएको बताउँदै आएका छन्। सत्तारूढ दलमध्ये माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी (नेकपा एस) ले राष्ट्रपतिको सो कार्यलाई विरोध नगरी राष्ट्र हितअनुकूल बनाउनुपर्ने धारणा राखेका छन्।




नेकपा एसका सम्मानित नेता झलनाथ खनालले राष्ट्रपतिबाट फिर्ता भएको नागरिकता विधेयकलाई सबै दलले सोची, बिचारी निर्णयमा पुग्नुपर्ने बताएका छन्। उनले नागरिकता विधेयक राष्ट्र हितअनुकूल भए–नभएको हेरेर मात्रै अगाडि बढाउने अवस्था आएको बताउँदै त्यसलाई जसरी अगाडि बढाइएको थियो, त्यो सही थिएन भन्ने धारणा सार्वजनिक गरेका छन्।

‘नेपालको जनसांख्यिक अतिक्रमणको खतरालाई ख्याल नगरी ल्याइएको विधेयककै कारण राष्ट्रियतामाथि झन् ठूलो समस्या आउन सक्थ्यो’, खनालले भने। उनले निर्वाचनको मुखमा नागरिकता विधेयक ल्याउनुले पनि आशंका जन्माएको बताएका छन्। एस पार्टीमा खनाल र महासचिव वेदुराम भुसालको भनाइ बाझिएको छ। खनाल संशोधनको पक्षमा छन् भने भुसाल जसरी पनि यही विधेयक पास हुनुपर्ने धारणा राख्छन्।

राष्ट्रपति भण्डारीले १५ दिन शीतल निवासमा रोकेर राखेको नागरिकता विधेयक आइतबार (२९ साउन) मा संसद्मै फिर्ता गरिदिएकी थिइन्। ८ साउनमा प्रतिनिधिसभा र १२ साउनमा राष्ट्रियसभाबाट पारित नागरिकता विधेयकलाई १५ साउनमा सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरेर प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाएका थिए। त्यसयता विभिन्न शंका–उपशंका हुँदै आएको हो। राष्ट्रपतिले सञ्चारकर्मीसँगको भेटघाटका क्रममा विधेयक पुनर्विचार गर्न भन्दै संसद्मै फिर्ता संकेत गरेकी थिइन्। नेकपा एमालेले त्यसलाई स्वागत गरिरहँदा सत्तारुढ दल राष्ट्रिय जनमोर्चा पनि सो विधेयकको विरोधमा थियो।

सत्तारुढ दलमध्ये नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले राष्ट्रपतिको राजीनामा मागिरहेका बेला सोही पार्टीका महामन्त्री गगन थापाले भने राष्ट्रपतिको कदमलाई असंवैधानिक भन्न नमिल्ने बताएका छन्। राजधानीमा आयोजित एक सार्वजनिक कार्यक्रममा कांग्रेस महामन्त्री थापाले राष्ट्रपति भण्डारीले नागरिकता ऐन संशोधनसम्बन्धी विधेयक संसद्मा फिर्ता पठाउने विषय संवैधानिक अधिकार भएको बताएका थिए। उनले संविधानले केही विधेयक प्रमाणीकरण गर्नुपर्ने र केही विधेयक फिर्ता पठाउन पाउने अधिकार दिएको बताए पनि कांग्रेसका धेरैजसो नेताहरूले भने राष्ट्रपतिले नागरिकतासम्बन्धी विधेयक संसद्मा फिर्ता पठाएर ५ लाखभन्दा बढी नागरिकलाई नागरिकताबाट वञ्चित गरेको आरोप लगाएका थिए।

तत्कालीन एमाले र माओवादी मिलेर बनेको नेकपाले वैवाहिक अंगीकृत नागरिकतामा सातबर्से प्रावधान राखेको थियो। तत्कालीन अध्यक्ष पुष्पकमल दाहालकै अध्यक्षतामा ६ असार २०७७ मा बसेको नेकपा सचिवालय बैठकले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई सात वर्षपछि अंगीकृत नागरिकता दिने निर्णय गरेको थियो। सोहीअनुसार तत्कालीन राज्य व्यवस्था समितिकी सभापति शशि श्रेष्ठले बहुमतका आधारमा वैवाहिक अंगीकृत नागरिकताका विषयमा सातबर्से प्रावधान राख्ने निर्णय गराएकी थिइन्। अहिले तत्कालीन नेकपाबाट विभाजित भएको माओवादी केन्द्र सरकारमा रहेको छ। सोही सरकारले वैवाहिक अंगीकृत नगारिकताबारे कुनै पनि प्रावधान नराखी नागरिकता विधेयक ल्याएर राष्ट्रपतिलाई प्रमाणीकरणका लागि पेस गरेको थियो। तर राष्ट्रपतिबाट सो विधेयक फिmर्ता भएपछि माओवादीको मूल नेतृत्व पनि मौन रहेको छ।

तत्कालीन समयमा नेकपाको निर्णयअनुसार ७ असार २०७७ मा अल्पमत र बहुमतका आधारमा नागरिकता विधेयक पास गर्ने तयारी भए पनि कांग्रेसले त्यतिबेला असहमति प्रकट गरेको थियो। कांग्रेस पदाधिकारीहरूको बैठकले वैवाहिक अंगीकृतका लागि सातबर्से प्रावधान नमान्ने र राज्य व्यवस्था समितिमा फरक मत राख्ने निर्णय गरेको थियो। सोहीअनुसार राज्य व्यवस्था समितिको बैठकमा कांग्रेस सांसदहरू प्रस्तुत भएका थिए। तर त्यतिबेला नेकपामा रहेका र अहिले माओवादी र नेकपा एसमा रहेका नेताहरूले विगत बिर्सेर नागरिकतामा द्वैध चरित्र देखाएका छन्।

तत्कालीन नेकपाकै निर्णयअनुसार ७ असार २०७७ को बैठकमा कांग्रेसले वैवाहिक अंगीकृत नागरिकतामा फरक मत राखेको थियो। कांग्रेसको फरक मत हुँदाहुँदै पनि राज्य व्यवस्था समितिले सोही दिन बहुमतका आधारमा नागरिकता विधेयक पास गरेको थियो। नेपालीसँग बिहे गर्ने विदेशी महिलालाई सुुरुमा राजनीतिकबाहेकका अधिकार उपभोग गर्न पाउने गरी परिचयपत्र दिने र सात वर्षपछि अंगीकृत नागरिकता दिने व्यवस्था राखिएको थियो। कांग्रेस पुरानो अडानमा कायम रहे पनि माओवादी र नेकपा एसका नेताहरू आफ्नो अडानबाट च्युत भएका छन्। राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गरेपछि नेकपा एसका नेताहरू र मूल नेतृत्व पनि मौन रहेको छ। नागरिकता विधेयक फिर्ताबारे माओवादी केन्द्रमा भने यसबारे छलफल नभएको पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले बताए। उनले पार्टीले छलफल गरेर धारणा सार्वजनिक गर्ने पनि बताएका छन्। आगामी चुनाव र विधेयक फिर्तालगायतका विषयमा छलफलका लागि बोलाइएको माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको थियो।

नेकपा माओवादी केन्द्रमा प्रमुख सचेतक देव गुरुङले यसबारेमा अध्ययन गरेपछि सामूहिक धारणा सार्वजनिक गर्ने बताए। ‘यसबारेमा हामी अध्ययन गर्दै छौं। त्यसपछि सामूहिक धारणा सार्वजनिक गर्ने छौं’, प्रमुख सचेतक गुरुङले भने।
अर्को समाचार
नागरिकता विधेयकको विपक्षमा छैन,नागरिकता नपाउनुको पीडा मलाई थाहा छ: रवि लामिछाने
२५ जेष्ठ २०८०
•
१ मिनेट पाठ
नागरिकता विधेयकको विपक्षमा छैन,नागरिकता नपाउनुको पीडा मलाई थाहा छ: रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई नेपाली नागरिकले नागरिकता नपाउनुको पीडा राम्रोसंग थाहा भएको बताएका छन्।




बिहीबारको प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको सैद्धान्तिक छलफलमा बोल्दै उनले नेपाली नागरिकले नागरिकता नपाउनुको पीडा आफूलाई राम्रोसंग थाहा नभएको बताएका हुन्।  

उनले भने,‘नागरिकले नागरिकता नपाउनुको पीडा मलाई थाहा छ। जन्मसिद्ध नागरिकका सन्तान र एकल आमाको सन्तानको नागरिकता मेरो र तपाईको जति नै सुनिश्चित छ र हुनुपर्छ।’

नागरिकता विधेयकमा रहेको एकल आमाले सन्तानलाई नागरिकता दिन बाबुको पहिचान नभएको स्वघोषणा गर्नुपर्ने व्यवस्था महिलामाथि विभेदकारी रहेको लामिछानेले बताए ।

‘विधेयक संसदमा आएको भए हामी छलफल गर्थ्यौं । त्यहाँ भएको विभेदका विषयमा हामी कुराकानी गर्थ्यौं,’ उनले भने, ‘गलत बाटोबाट गएको हुनाले विरोध जनाएका हौं।’

त्यस्तै उनले संसद्मामा भैँसी र राँगाको विषयमा बहस गरेर पाँच वर्ष गुजार्ने काम नभएको बताउँदै आफ्नो पार्टीबाट भएको गल्तीमा आत्मआलोचना पनि गरेका छन्।  
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
यो पनि पढौँ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस