झापा-पछिल्लो समय पार्टी महाधिवेशनसँगै सुशील कोइराला मधेसबारे अलग रणनीति बनाउने सोचमा थिए । खासगरी पार्टीका युवा नेताले आन्दोलनका बीच मधेसका आठ जिल्ला घुमेर निर्माण गरेको प्रतिवेदन पढेपछि उनले टोली नेता विश्वप्रकाश शर्मालाई भनेका थिए, 'ढुक्क हुनुस्, म मधेसबारे रणनीति बनाउँछु।तपाईंहरुको प्रतिवेदनमै आधारित भएर बन्ने रणनीतिले मधेस, कांग्रेस दुवैको हित गर्छ।'
कोइरालाले यस्तो वचन दिएपछि नेता शर्मा र उनको टोली आशावादी थियो । पछिल्लोपटक सम्पर्क हुँदा पनि कोइराला निकट स्रोतहरुले सुनाउँथे, 'तपाईंहरुको कामबाट सभापतिजी खुसी हुुनुहुन्छ । त्यसबारे गम्भीर हुनुहुन्छ ।' तर, अनौठो संयोग नै मान्नुपर्छ, मधेस आन्दोलन हालका लागि स्थगन भएको खबर सेलाउन नपाउँदै कोइरालाले पनि जीवनको अन्तिम सास लिए ।
'हो, पछिल्लो समय उहाँ मधेसबारे रणनीति बनाउने योजनामा हुनुहुन्थ्यो,' युवा नेता विश्वप्रकाश शर्माले भने, 'महाधिवेशनसँगै यो काम पनि अघि बढाउने योजना उहाँको थियो । तर, त्यसतर्फ केही गर्न नपाई उहाँ बिदा हुनुभयो । हामीले मधेस मात्र होइन, देशलाई पनि नयाँ दिशा दिएर उहाँको अपुरो इच्छा पूरा गर्नुपर्नेछ ।'
शर्माका अनुसार आफ्नो प्रधानमन्त्रीत्व कालका आखिरी पलहरुमा सुशील कोइराला जबरजस्त दबाबमा थिए । मुख्य कारण थियो, मधेस । मधेस त्यही भूमि थियो, जहाँ उनको दल कांग्रेसको सबैभन्दा ठूलो जनाधार थियो । त्यही मधेस नयाँ संविधान जारी गर्ने प्रक्रिया र त्यसको अन्तरवस्तुसँग गम्भीर विमति जनाउँदै सडकमा थियो । कोइरालाले आत्मविश्वासपूर्वक संविधान जारी गर्ने बाटो रोजे । उनी संविधान जारी गरेपछि मधेसलाई मिलाउने योजनामा थिए । तर, उनको योजना विफल भयो । त्यसपछि उत्पन्न असहज अवस्थाबीच उनी प्रधानमन्त्रीबाट बिदा भए । प्रधानमन्त्री बन्न फेरि गरेको प्रयास पनि विफल भयो । 'मुलुकले भोगेको पछिल्लो समस्याबारे उहाँ गम्भीर हुनुहुन्थ्यो,' शर्माले भने ।
शर्मा नेतृत्वको टोली मिसन मधेस पूरा गरेर माघ २ गते कोइरालालाई भेट्न गएको थियो । 'मधेसका साथीहरु र म ३५ पेजको प्रतिवेदन बोकेर उहाँलाई भेट्न पुगेका थियौं । प्रधानमन्त्री निर्वाचनपछि तीनतिर फर्किएका कांग्रेसका तीन नेता सुशील कोइराला, शेरबहादुर देउवा र रामचन्द्र पौडेललाई एकैठाउँ सरिक गरायौं,' उनले पछिल्लो भेट सम्झिए, 'तीन जना नेताको हातमा प्रतिवेदन थमाएपछि सुशील दा यस्तो प्रतिकूल समयमा पनि मधेसका आठै जिल्ला पुग्नुभयो, यो साहसिक कामका लागि धन्यवाद, तपार्इंको यो कार्य प्रशंसनीय छ, पार्टीले यही प्रतिवेदनलाई आधार मानेर मधेसका विषयमा रणनीति बनाउँछ' भन्नुभएको थियो ।'
अन्ततः माघ २ को त्यही कार्यक्रम नै तीन जना शीर्ष नेता एकै मञ्चमा सहभागी अन्तिम सार्वजनिक कार्यक्रम बन्न पुग्यो । त्यसपछि महाधिवेशनको चटारोले देउवा र पौडेल दौडाहामा लागे । कोइराला अस्वस्थताले घरै बसे । काठमाडौंबाहिर गएनन् ।
झापाकी सांसद उषा गुरुङ पछिल्लो ८ वर्ष सुशील कोइरालासँग निरन्तर नजिक रहिन् । 'सुशील दामा वास्तविक समाजवादी चरित्र थियो । सादगीपन नै उहाँको सम्पत्ति थियो,' उनले भनिन्, 'कांग्रेस कार्यवाहक सभापति हुँदा पनि उहाँले गाडी प्रयोग गर्नुभएन । सार्वजनिक यातायातका साधन नै प्रयोग गर्नुहुन्थ्यो । संस्थापक नेता कृष्णप्रसाद भट्टराई, गणेशमान सिंहमा भएजस्तै त्याग र सादगी सुशील दामा थियो ।' सरल शैली, सादा जीवन र राष्ट्रप्रति समर्पणका लागि सधैं सम्झना गरिने नेताका रुपमा इतिहास बनाएर सुशील कोइराला बिदा भएको कांग्रेस सांसद सुधीर शिवाकोटीको बुझाइ छ । 'उहाँसँग सम्पत्ति छैन, परिवार छैन । पार्टी र राष्ट्रका लागि लागिरहँदा उहाँले विवाह गर्नुभएन । सन्त नेताको छाप उहाँले बनाउनुभयो,' शिवाकोटीले भने, 'माछामासु नखाने, मादक पदार्थ सेवन नगर्ने सुशील दाको सादा जीवन सबैका लागि प्रेरक छ ।'