मोर्चा बढाउँदै मधेसी दल
२८ माघ २०७२
•
६ मिनेट पाठ
मोर्चा बढाउँदै मधेसी दल
काठमाडौं- नयाँ संविधानप्रति विमति जनाउँदै आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने तराई–मधेस केन्द्रित साना तीन दल थपिने भएका छन्। बिजुलीबजारस्थित तराई मधेस लोकतान्त्रिक पार्टीको केन्द्रीय कार्यालयमा मोर्चा र संघीय समावेशी मधेसी गठबन्धन आबद्ध तीन साना संसदीय दलबीच बिहीबार भएको द्विपक्षीय छलफलपछि मोर्चामा अब सातवटा तराई मधेसकेन्द्रित दल हुने भएका हुन्।गठबन्धन आबद्ध जयप्रकाशप्रसाद गुप्ता नेतृत्वको तराई मधेस राष्ट्रिय अभियानलाई भने समावेश गराइनेछैन।

'गठबन्धनतर्फबाट हामीले आन्दोलनरत सबै दललाई समावेश गरी महागठबन्धन निर्माण गरेर जाऔं भन्ने प्रस्ताव गर्यौंब,' बैठकमा सहभागी मधेसी जनअधिकार फोरम गणतान्त्रिक अध्यक्ष राजकिशोर यादवले नागरिकसँग भने, 'उहाँहरुले संसदभित्रका दल मात्र रहेको मोर्चामा समावेश छन्, त्यहीँ आउनुहोस् भनेर प्रस्ताव गर्नुभयो, त्यसैमा छलफल जारी छ।' उनका अनुसार गठबन्धनमा रहेका अन्य साना तीन दल पनि मोर्चामै रहेकाले त्यसैमा फर्कन मोर्चा नेताले आग्रह गरेका छन्।

अध्यक्ष यादवले छलफल मात्र भएको जनाए पनि गठबन्धनमा आबद्ध चार दलमध्ये व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने यादवको फोरम गणतान्त्रिकसहित शरदसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी दल, अनिलकुमार झाको नेपाल सद्भावना पार्टी मोर्चामा समाहित हुने सैद्धान्तिक सहमति जनाएर फर्केका छन्।

'मोर्चालाई नै विस्तार गरेर जानेबारे गठबन्धन शीर्ष नेतासँग सैद्धान्तिक सहमति जुटेको छ, औपचारिक रुपमा शीर्ष नेताले त्यसको टुंगो लगाउनेछन्,' सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले नागरिकसँग भने। उनका अनुसार शुक्रबार नै मोर्चा र गठबन्धनका शीर्ष नेताको संयुक्त बैठक बसेर मोर्चा विस्तारलाई औपचारिक रुपमा टुंग्याउने प्रयास गरिनेछ।

मोर्चामा हाल उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल, महन्थ ठाकुर नेतृत्वको तमलोपा नेपाल, राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी र महेन्द्र राय यादव नेतृत्वको तराई मधेस सद्भावना पार्टी आबद्ध छन्। गठबन्धनमा रहेका अन्य तीन दल पनि चर्चित १६ बुँदे सहमतिअघि मोर्चामा नै आबद्ध थिए।

मोर्चामा रहेका मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारलाई मात्र कारबाही गरेको तर अन्य तीन दललाई मोर्चाले कुनै कारबाही नगरेकाले मोर्चामै फर्कन तमलोपाका सहअध्यक्ष हृदयेश त्रिपाठीले प्रस्ताव गरेका थिए।

'विजयजीलाई मात्र मोर्चाले कारबाही गरेको हो, तपार्इंहरुलाई त होइन, तपार्इंहरु त आफैं बैठकमा आउन छाड्नुभएको हो, त्यसैले मोर्चामा फर्कनुहोस्, यसको निर्माणका लागि तपाईंहरुको पनि योगदान छ,' त्रिपाठीको प्रस्ताव थियो। छलफलमा मोर्चाबाट त्रिपाठी र कर्णसहित सर्वेन्द्रनाथ शुक्लाको उपस्थिति थियो।

गठबन्धन बनाउँदा फेरि अवधारणा तयार गर्नुपर्ने, नयाँ आचारसंहिता बनाउनुपर्ने हुँदा संसदभित्र संघर्ष गर्ने मोर्चा नै विस्तार गर्न उपयुक्त हुने मोर्चा घटक दलका नेताको जिकिर थियो। मोर्चाको विस्तारलाई औपचारिकता दिन भारतमा रहेका भण्डारी र काठमाडौंभन्दा बाहिर रहेका ठाकुर र उपेन्द्र यादव शुक्रबारै काठमाडौं आउने तय भइसकेको छ।

गठबन्धनमा रहेर पनि मोर्चामा अटाउन नसकेका तमरा अभियानका संयोजक गुप्ताले भने सामाजिक सञ्जालमा गुनासो पोखेका छन्। उपेन्द्र यादवका कारण तमरा अभियान र मातृका यादव नेतृत्वको पार्टी मोर्चामा समावेश हुन नसकेको उनको भनाइ छ।

'मधेसी दलको खेमामा हुन लागेको यस निर्णयवाट वास्तविक तथा मधेसी जनताले अपेक्षा गरेको बहुप्रतीक्षित महागठबन्धन बन्यो वा बनेन, पछिको समयले बताउला,' गुप्ताले भनेका छन्, 'तर, उपेन्द्र यादवजीले मधेसमा अपनाएको निषेधको राजनीति भने अहिले चल्यो।' यद्यपि गुप्ताले मोर्चालाई 'सत्ता समपर्ण–मुद्दा विर्सजन'को संज्ञा भने दिन छुटाएका छैनन्।

यता, समावेशी गठबन्धनको वीरगन्जमा बसेको बैठकले संसदभित्र र बाहिर रहेका सबै तराई–मधेस केन्द्रित दलको महागठबन्धन बनाउने प्रस्ताव गरेको थियो। तर, मोर्चामा तीन दल समावेश हुने भएपछि 'महागठबन्धन' को प्रयास भने असफल भएको छ।
अर्को समाचार
आजको मन्त्रिपरिषद् बैठकले स्थानीय तहको संख्या बढाउँदै : प्रधानमन्त्री
२२ फागुन २०७३
•
३ मिनेट पाठ
आजको मन्त्रिपरिषद् बैठकले स्थानीय तहको संख्या बढाउँदै : प्रधानमन्त्री
तस्बिर : चुमन बस्नेत
विराटनगर- प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहको संख्या थपिएपछि असन्तुष्ट मधेसी मोर्चा पनि निर्वाचनमा सहभागी हुने बताएका छन्। उनले स्थानीय तहको थपिएको संख्यासहित सीमांकन तोकेर निर्वाचन आयोगलाई प्रतिवेदन बुझाइने बताए।

‘आज साँझ बस्ने मन्त्रिपरिषद्को बैठकले स्थानीय तहको सीमांकनसहितको प्रतिवेदन पारित गर्दैछ,’ प्रधानमन्त्री दाहालले भने, ‘तराई-मधेसमा स्थानीय तहको संख्या थपिएपछि मधेसी मोर्चा पनि चुनावमा आउँछ।’

पूर्वाञ्चल विश्वविद्यालय(पियू)को दीक्षान्त समारोहमा सहभागी हुन् नेपाली सेनाको हेलिकोप्टरले आइतबार विराटनगर आइपुगेका प्रधानमन्त्री दाहालले संविधान संशोधन प्रकृया टुंग्याउने, स्थानीय तहको संख्या थप्ने वा कुनै अर्को प्रकृया अपनाएर मधेसी मोर्चालाई मनाउने प्रयास भइरहेको बताए।

‘चुनाव स्थगित हुँदैन, मधेसी मोर्चालाई चुनावमा ल्याउने वातावरण बन्छ,’ उनले भने, ‘चुनाव कुनै पनि हालतमा रोकिँदैन, चुनाव हुन्छ, मोर्चा पनि आउँछ।’

प्रधानमन्त्री दाहालले संविधान संशोसनको विषयमा एमाले र मधेसी मोर्चासित सल्लाह भइरहेको बताए। ‘संशोधन स्थानीय चुनावको लागि आवश्यक होइन। प्रदेश र केन्द्रको चुनावसँग जोडिएका कुरा संशोधनमा छ,’ उनले भने।

प्रधानमन्त्री दाहालले मधेस, पहाड र हिमाल सबैलाई मिलाएर चुनावमा सहभागी गराउने आफ्नो प्रयत्न जारी रहेको बताए। विपक्षी दल एमालेले सुरु गरेको मेची-महाकाली यात्राले चुनावलाई सहयोग पुर्‍याउने उनले बताए।

‘एमालेको मेची-महाकाली यात्राले चुनावलाई सहयोग नै पुर्‍याउँछ,’ प्रधानमन्त्री दाहालले भने, ‘यात्राको क्रममा व्यवधान आउन नदिन सरकार गम्भीर छ।’

उनले बिहानमात्रै कांग्रेस सभापति शेरवहादुर देउवा, गृहमन्त्री बिमलेन्द्र निधिसित यात्राको क्रममा अपनाइने सुरक्षा बन्दोबस्तको बारेमा आफ्नो छलफल भएको बताए।

‘यात्राको क्रममा द्वन्द्वको स्थिति पैदा नहोस् भनेर सरकार गम्भीर छ,’ प्रधानमन्त्री दाहालले भने, ‘यो विषयमा एमाले र मोर्चासित पनि सरकारको छलफल भइरहेको छ।’
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस