काठमाडौं- पुष्पकमल दाहाल नेतृत्वको एमाओवादी र व्यवस्थापिका संसदभन्दा बाहिर रहेको मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीसहित अन्य ३ पार्टीबीच एकीकरण प्रयास सुरु भएको छ। दाहाल, वैद्य, मणि थापा नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी र मातृका यादव नेतृत्वको नेकपा माओवादीबीच एकीकरण प्रयास भएको हो। यी माओवादीबीच एकीकरणका लागि सैद्धान्तिक सहमति जुटेपछि प्रयास तीब्र पारिएको हो। यो एकीकरण प्रक्रियामा बाबुराम भट्टराई र नेत्रविक्रम चन्द नेतृत्वका पार्टी भने अटाउने छैनन्।अध्यक्ष दाहालले एकताको अवधारणा लिखित रूपमा तयार पारिसकेको कृषिमन्त्रीसमेत रहेका एमाओवादी कोषाध्यक्ष हरिबोल गजुरेलले जानकारी दिए। 'पार्टी एकताका लागि प्रचण्ड (दाहाल) जी र वैद्यजीले अवधारणा बनाउने सहमति भएअनुसार प्रचण्डजीले अवधारणा तयार पारिसक्नुभएको छ,' गजुरेलले भने, 'वैद्यजीबाट आउने अवधारणामा छलफल भएपछि एकीकरणको विषय टुंगोमा पुग्छ।' मुख्यतः दुई पार्टीबीच एकीकरणका लागि आआफ्नो तर्फबाट अवधारणा बनाउने सैद्धान्तिक सहमति जुटेपछि दाहालले अवधारणा तयार पारेको गजुरलले बताए।
तर, दम बढेकाले वैद्यले भने अझै पनि लिखित नयाँ अवधारणा तयार पारिसकेका छैनन्। एकीकरणका लागि वैद्य माओवादीका तर्फबाट प्रस्तुत ६ बुँदामा एमाओवादीले सहमति जनाए कुनै अप्ठ्यारो नहुने वैद्यले जनाएका छन्। 'पार्टी एकीकरणका लागि दुवै पार्टीमा सैद्धान्तिक सहमति जुटिसकेको छ, केही सैद्धान्तिक र वैचारिक विषय टुंग्याउन बाँकी छ,' सो पार्टीकी प्रवक्ता पम्फा भुषालले भनिन्, 'त्यसलाई टुंग्याउने जिम्मा दुवै पार्टीका अध्यक्षलाई दिएका छौं।' उनका अनुसार दुवै पार्टीका अध्यक्षबीच वैचारिक र सैद्धान्तिक विषय टुंगेलगत्तै एकीकरण प्रक्रियाले तीब्रता पाउनेछ।
विगतमा संविधानसभा विघटन गर्ने माग गर्ने वैद्य र संविधानसभाबाटै संविधान जारी गर्न नेतृत्वकारी भूमिका निर्वाह गर्ने एमाओवादीबीच मुख्यतः जनवादी क्रान्ति, नयाँ संविधान र कार्यदिशामा साझा धारणा बनाउने कोसिस जारी राखेको माओवादीले जनाएका छन्।
एमाओवादीले आफ्नो राजनीतिक प्रतिवेदनमा जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गरी समाजवादी क्रान्तिको तयारी गर्नुपर्ने प्रस्ताव गरेको छ भने वैद्यले जनवादी क्रान्ति नै पूरा नभएको भन्दै त्यसलाई पूरा गर्न जोड दिएका छन्। त्यस्तै एमाओवादीले नयाँ संविधानलाई प्रगतिशील भन्दै प्राप्त उपलब्धि रक्षा गर्ने बाँकी उपलब्धिका लागि संघर्ष गर्नुपर्नेमा जोड दिएको छ तर वैद्यले नयाँ संविधानलाई प्रतिक्रियावादीहरूको विजयका रूपमा लिनुपर्ने बताउँदै आएका छन्।
संविधान जारी भइसकेकाले जनविद्रोहको औचित्य समाप्त भएको स्वीकार गर्न दाहालले वैद्यलाई दबाब दिएका छन् तर वैद्यले त्यसको जवाफ नदिएकाले पार्टी एकीकरण टुंगोमा पुग्न नसकेको माओवादीहरूले जनाएका छन्।
तर, वैद्य माओवादीभित्र उपाध्यक्ष सिपी गजुरेलले 'प्रतिक्रियावादी, दक्षिणपन्थी संसोधनवादी' भनेर आरोपित दाहालसँग एकीकरण गर्न नहुने मत राख्दै आएका छन्। त्यसैमा वैद्यसँग पार्टी एकीकरण गरिआएका परी थापाले 'एमाओवादीसँग एकीकरण हुने भए, हामीसँग किन पार्टी एकता गरेको?' भन्ने प्रश्न उठाएपछि वैद्य दबाबमा परेका छन्,' स्रोतले भन्यो। तर, वैद्य माओवादीकै महासचिव रामबहादुर थापा, सचिव देव गुरुङ र पम्फा भुषाललगायत भने निरन्तर पार्टी एकता गर्नुपर्ने पक्षमा उभिँदै आएका शीर्ष नेता हुन्।
क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मणि थापा पनि माओवादी शक्तिबीच ध्रुवीकरण हुनुपर्नेमा जोड दिँदै एकीकरणको पक्षमा उभिएका छन्। 'संविधान जारी भएपछि माओवादी शक्तिहरूबीच नयाँ आधारमा ध्रुवीकरणमा जरुरी छ, त्यसका सबै माओवादीमा रुपान्तरणको पनि उत्तिकै जरुरी छ,' थापाले भने। थापाका अनुसार जनपक्षीय चरित्रलाई पुनर्स्थापित गर्ने सर्तमा मात्रै माओवादी शक्तिहरू एकीकरणका लागि तयार भए उनको पार्टी बाधक बन्ने छैन्।
मातृका यादवले मधेस मुद्दालाई सम्बोधन गर्ने गरी माओवादीको नयाँ चरित्र निमार्ण गर्नुपर्नेमा जोड दिँदै आएका छन्। हाल नयाँ संविधानप्रति विमति जनाउँदै आन्दोलनरत यादव नेतृत्वको पार्टीले मधेस मुद्दामा गम्भीर हुन सके आफ्नो पार्टी एकीकरणका लागि बाधक नहुने सन्देश दाहाल र वैद्यलाई दिइसकेका छन्।