काठमाडौं-प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा तीन दल र संयुक्त मधेसी मोर्चाको कार्यदल बैठक जारी छ। प्रधानमन्त्री केपी शर्मा अोलीले भारत भ्रमण अघि मधेसी मोर्चासँग सहमतिको वातावरण बनाउन बैठक अाव्हान गरेका हुन्।भारतका प्रधानमन्त्रीको निमन्त्रणामा ओली फागुन ७ गते भारत भ्रमणमा निस्कदै छन्। अासन्न भारत भ्रमण र समसामयिक राजनीतिक अवस्थाबारे बैठकमा छलफल चलिरहेको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार बिष्णु रिमालले जानकारी दिए।
बैठकमा तीनदलीय संयन्त्रका सदस्यहरु महेश आचार्य, भीम रावल, कृष्णबहादुर महरा सहभागी छन्। मोर्चा तर्फका हृदयेश त्रिपाठी, लक्ष्मणलाल कर्ण, राम नरेश राय सहभागी छन्।
बैठकमा तीनदलीय संयन्त्रका सदस्यहरु महेश आचार्य, भीम रावल, कृष्णबहादुर महरा सहभागी छन्। मोर्चा तर्फका हृदयेश त्रिपाठी, लक्ष्मणलाल कर्ण, राम नरेश राय सहभागी छन्।