काठमाडौं-बालुवाटारमा बसेको प्रमुख तीनदल र मधेसी मोर्चाको कार्यदल बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण अघि नै सहमतिको वातावरण बनाउने निर्णय गरेको छ। सीमांकनको विषय कसरी हल गर्ने भन्नेमा बैठक केन्द्रित थियो।सीमांकन विषयमा अध्ययन गरेर सुझाव दिन कार्यविधि (टिओआर) सहित राजनीतिक संयन्त्र बनाउने बैठकमा सहमति भएको छ। मधेसी मोर्चाको तर्फबाट बैठकमा सीमांकन विवाद हल गर्न टीओआर माग भएपछि अाजै तीनबजे तीनदलीय कार्यदलसहित शीर्ष नेताको बैठक बस्ने तय भएको छ। टिअोअारबारे छलफल गरेर अाजै तीनदलको तर्फबाट धारणा सार्बजनिक गर्ने सहमति भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहलले जानकारी दिए।
'अाजै तीनबजे बस्ने बैठकले टिअोअारबारे टुंगाे लगाउनेछ,' दाहालले नागरिकन्युजसँग भने 'पर्सी (अाइतबार) तीन दल र मोर्चाका शीर्ष नेताको बैठक बसेर अन्तिम सहमति गर्ने निर्णय भएको छ।'
अब बन्ने राजनीतिक संयन्त्रलाई संसदबाट अनुमोदन गरेर तीन महिनामा प्रतिवेदन बुझाउने जिम्मा तोक्न मोर्चा सहमत भएको छ।
प्रधानमन्त्री अोलीले अासन्न भारत भ्रमण अघि नै विवाद हल गर्नेगरि प्रस्तुत हुन मोर्चाका शीर्ष नेताहरू र कार्यदलका सदस्यहरूसँग अाग्रह गर्दै अाएका छन्। त्यसै सन्दर्भमा प्रधानमन्त्रीकै अाव्हानमा कार्यदल बैठक डाकिएको हो।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको अाैपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली फागुन ७ गते भारत भ्रमणमा निस्कदै छन्। अासन्न भारत भ्रमण र समसामयिक राजनीतिक अवस्थाबारे अनुकुल वातावरण बनाउन प्रधानमन्त्री अोलीले छलफल र भेटघाट तीब्र पारेका छन्। भारत भ्रमण अघि नै सहमति कायम गर्नसके अन्तराष्ट्रिय तहमा नेपालको राम्रो सन्देश जाने भन्दै प्रधानमन्त्रीले सहमतिको पहल बढाएका छन्। प्रधानमन्त्रीको भारत भ्रमणको पूर्व तयारीकालागि अर्थमन्त्री बिष्णु पाैडेलले भारत भ्रमण गरेका छन्।