परिणाम दिनेमा कर्मचारीमै शंका
०१ फागुन २०७२
•
१४ मिनेट पाठ
परिणाम दिनेमा कर्मचारीमै शंका
काठमाडौं- सरकारले बढ्दो ऊर्जा संकट झेल्न 'ऊर्जा संकट निवारणकाल' घोषणा गर्ने तयारी गरे पनि त्यसको परिणाममुखी कार्यान्वयनमा आफैं विश्वस्त देखिएको छैन। तत्कालीन जलस्रोतमन्त्री तथा हाल अर्थमन्त्री विष्णुप्रसाद पौडेलले २०६५ सालमै ल्याएको योजनालाई केही थपथाप पारेर ल्याउने भनिए पनि त्यसले हालको ऊर्जा संकट निवारण नहुने उर्जा मन्त्रालयमा कर्मचारी बताउँंछन्।यसअघिका तीन सरकारले लोडसेडिङ अन्त्य गर्न संकटकाल ल्याए तर सरकारी उदासीनताले कार्यान्वयन नहुँदा परिणाम देखिएन। प्रधानमन्त्री केपी शर्मा ओलीको व्यवहारले यसपालि पनि पुरानै अवस्था दोहोरिने सरकारी निकायमै शंका देखिन्छ।

निर्माणाधीन माथिल्लो तामाकोसीजस्ता आयोजनालाई युद्धस्तरमा अघि बढाएर छिटो सञ्चालनमा ल्याउन केले रोकेको छ र ऊर्जा संकट गहिरिनुको चुरो के हो भन्ने विश्लेषणबिना ऊर्जा संकट निवारणकाल ल्याउन दिनहुँ काममा खटिए पनि यसले संकट निवारण गर्नेमा विश्वास नरहेको मन्त्रालयस्रोतले बतायो। 'एउटा खाका बनाएर लग्यो, यो मिलेन, त्यो मिलेन भन्दै अनावश्यक विषय थप्न दबाब दिइन्छ,' मन्त्रालयका एक उच्च अधिकारीले भने, 'यो संकटकाल वा कार्ययोजना कार्यान्वयन हुनेमा म आशावादी छैन।'

सरकारको क्रियाकलापले ऊर्जा संकटकालका नाममा आफ्ना आसेपासे तथा राजनीतिक तथा आर्थिक लाभका लागि लाइसेन्स बाँंड्ने तयारी त होइन भन्ने शंका उठेको पनि स्रोतको दावी छ।

कार्ययोजना तयारमिा वन, वातावरण, भूमिसुधारलगायत अधिकारी सम्मिलित रहे पनि उनीहरुले नै कार्यान्वयनमा समस्या खडा गर्ने मन्त्रालयका अधिकारीको तर्क छ। सरकारले २०६५, २०६८ र २०६९ मा लोडसेडिङ अन्त्य गर्ने भन्दै कार्ययोजना ल्याएको थियो। तर, त्यो कहिल्यै कार्यान्वयन हुन सकेन।

यस्तै हाल धमाधम निर्माण भइरहेका आयोजनालाई के कसरी छिटो सम्पन्न गर्न सकिन्छ भन्नेतर्फ सरकारले ध्यान नदिएका कारण र आवश्यक सहयोग नपाएपछि वैकल्पिक व्यवस्थाबाट आयोजना अघि बढाइरहेका निजी जलविद्युत प्रवर्द्धक पनि सरकारले संकटकाल लगाएर वातावरण सहज बनाउनेमा पनि विश्वस्त छैनन्। जलविद्युत आयोजना निर्माणभन्दा सरकारको ध्यान अन्तै गएको उत्पादकहरुको विचार छ।

न्यूनतम आवश्यकता पूरा गर्न नसक्ने सरकार र सरकारी निकायले एक वर्षभित्र लोडसेडिङ अन्त्य गर्ने भन्दै सर्वसाधारणलाई ढाँटिरहेको निजी प्रवर्द्धकको तर्क छ। 'ऊर्जा संकटकाल निवारण तथा विद्युत विकास दशक' ल्याएर एक वर्षभित्र निजी क्षेत्रबाट मात्र करिब २ सय २५ मेगावाट बिजुली उत्पादन हुने सरकारी अपेक्षा छ।

तर, नेपाल विद्युत प्राधिकरणका सहायक कम्पनी (चिलिमे र माथिल्लो तामाकोसी) को समेत जोड्दा निजी क्षेत्रबाट तीन वर्षभित्र १ हजार ३ सय २६ मेगावाट बिजुली उत्पादन हुनसक्छ। तर, ती आयोजना निर्माणमा देखिएका समस्या समाधान गर्न सरकार उदासीन छ।

समस्या समाधान खोज्न ऊर्जा मन्त्रालय वा अन्य निकायमा जाँदा संकट निवारणकाल आएपछि सबै समाधान हुने भन्दै सरकारी निकायले पन्छाउने गरेको निजी उत्पादक बताउँछन्। सरकार निजी क्षेत्रको मात्र होइन, नेपाल विद्युत प्राधिकरणले निर्माण गरेकै आयोजनामा उत्पन्न भएका समस्या समाधानमा पनि जिम्मेवार बनेको देखिँदैन।

संकट निवारणकालले प्रक्रियागत झन्झट हटाउने भनिए पनि झन् अप्ठ्यारो पार्ने देखिएको स्वतन्त्र ऊर्जा उत्पादकको संस्था (इपान) का अध्यक्ष खड्गबहादुर विष्टले बताए। 'संकटकालमा समेट्नुर्ने विषय लिखित रुपमा दिएको महिनौं भइसक्यो,' उनले नागरिकसँग भने, 'हामी थाकिसक्यौं, अब सहयोग पाइएला भनेर कोही पर्खेर बस्दैनन्।' समय लम्बिँदै जाँदा संकट निवारणकालको अर्थ नहुने उनको भनाइ छ। समय लम्बिदै जाँंदा आयोजनाको लागत बढ्न गई उत्पादकहरुले हात झिक्ने, र संकटकालका नाममा भारतबाट महँगोमा विद्युत आयात गरी नेपाललाई झन् परनिर्भर बनाउने सरकारी तयारी हुनसक्ने निजी क्षेत्रको शंका छ। नेपाल पेट्रोलियम पदार्थ र विद्युत दुबैमा भारतको निर्भर भएपछि सरकारले स्वाधीनताको जित गफ हाँंके पनि नेपाल पछिल्लो दशकमा झन् भारतनिर्भर हुदै गएको छ।

२०६२/६३ को जनआन्दोलनपछि बनेको २०६३ सालमा बनेको पुष्पकमल दाहालको सरकारले १० वर्षमा १० हजार मेगावाट उत्पादनको महŒवाकांक्षी योजना ल्याएको थियो। सरकारले ऊर्जा विकास दशकको नाम दिएर अहिले फेरि पुरानै १० वर्षमा १० हजार मेगावाट उत्पादन गर्ने लक्ष्य राखेको छ।

तत्कालीन जलस्रोत मन्त्री विष्णुप्रसाद पौडेल (हाल अर्थमन्त्री) ले विद्यमान संकट निवारण गर्न ३८ बुँदे 'राष्ट्रिय विद्युत संकट निवारण कार्ययोजना, २०६५' ल्याएका थिए। २०६५ पुस ९ गते बसेको मन्त्रिपरिषद बैठकले कार्ययोजना स्वीकृत गरेको थियो।

उक्त कार्ययोजना कार्यान्वयन भएको भए अहिले पुरानै योजना दोहोर्या उनुपर्ने थिएन। ऊर्जा सचिव सुमनप्रसाद शर्माले भने नाम मात्रको संकटकाल घोषणाले समस्या समाधान नगर्ने बताउँदै आएका छन्। 'अझै छलफल गर्न बाँकी छ, विगतजस्तो हुँदैन,' उनले भने, 'आयोजना निर्माणमा देखिएका समस्या समाधान हुने गरी कार्ययोजना आउँछ।'

तीन वर्षमा लोडसेडिङ हटाउने र त्यसपछि विद्युत विकासमा जोड दिने कार्ययोजना समेत बनिरहेको ऊर्जा मन्त्रालय कार्यक्रम महाशाखा प्रमुख दिनेशकुमार घिमिरेले बताए। मन्त्रालयले बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदलाई जानकारी गराएको छ।

वन, वातावरणलगायत सरोकारवाला मन्त्रालयलाई तीन दिनभित्र संकटकाल र कार्ययोजनामा राय सुझाव दिन मन्त्रिपरिषदले निर्देशन दिएको छ। तर, प्रधानमन्त्री केपीले वैकल्पिक स्रोत वायु, सोलारबाट समेत बिजुली उत्पादनको योजनासमेत समेट्न निर्देशन दिएको मन्त्रालय स्रोतले बतायो।

विगतमा १० वर्षमा १० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य राखेको सरकारले त्यसको कार्यान्वयन गरेन। र, २० वर्षमा २५ हजार मेगावाट उत्पादन गर्ने अर्को महŒवाकांक्षा राख्यो। तत्कालीन झलनाथ खनाल नेतृत्व सरकारले २०६८ मा अर्को 'ऊर्जा संकटकाल' घोषणा गर्यो ।

ऊर्जा मन्त्रालयसमेत सम्हालेका तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीले संकटकाल लगाएर साढे ४ वर्षमा २ हजार ५ सय मेगावाट बिजुली उत्पादनको योजना ल्याए। करिब १५ दिन ऊर्जा मन्त्री भएका अधिकारीले योजना ल्याए। तर, पछि ऊर्जा मन्त्री गोकर्ण विष्ट भए। अधिकारीले ल्याएको योजना विष्टले अगाडि बढाउन खासै चासो दिएनन्।

सरकारले अहिले ल्याउन लागेको कार्ययोजना अधिकारीको पालामा भन्दा केही परिपक्व भएकाले आशा गर्ने ठाउँ रहेको जलस्रोत उद्यमी ज्ञानेन्द्रलाल प्रधानले बताए। 'आस गर्ने ठाउँ रहे पनि नेतामा कार्यान्वयन गर्ने प्रतिवद्धता छैन,' उनले भने, 'निजी क्षेत्रले त्यति धेरै आशा राखेको छैन।'

सरकारले निजी क्षेत्रको आशा एवं विश्वास गुमाउँदै गएको प्रधानको तर्क छ। 'निजी क्षेत्रको विश्वास गुम्यो भने सम्पूर्ण औद्योगिक क्षेत्र धराशयी हुन्छ, आधारभूत समस्या समाधानमा नलागेर सरकार सीमित घेरामा रमाएको छ,' उनले भने, 'यो कार्ययोजना कार्यान्वयन हुन्छ भन्ने यकिन गर्न सकिन्न ।'

संकट निवारणकाल घोषणा गरेर सरकारले पार्टी निकट व्यक्ति संस्थालाई ठेक्का दिने र त्यसबाट मोटो कमिसन असुल्ने दाउ हेरेका केही निजी प्रवर्द्धकको आरोप छ। 'संकटकाल घोषणा नगरी मन्त्रिपरिषदको निर्णयबाट काम गर्न सकिन्छ,' एक प्रवर्द्धकले भने, 'सरकार समस्या भएका ठाउँमा सुरक्षा फौज परिचालन गरेर काम गर्न सरकारलाई कसैले रोकेको छैन, तर त्यो भइरहेको छैन।'

सरकारको यस्तै ढिलाइले नियम, कानुन तथा अन्तर–मन्त्रालय समन्वयमा देखिएका समस्या भोलि पनि यथावत रहनेछन्। र, त्यो २०६८ मा घोषणा भएको संकटकाल जस्तै हुने सम्भावना छ। २०६९ चैत २८ गते जलविद्युत आयोजना निर्माणमा अवरोध नगर्ने राजनीतिक दलको साझा प्रतिबद्धता यसको उदाहरण हो।

नेपाल उद्योग वाणिज्य महासंघको अग्रसरतामा तत्कालीन मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मी सहित नेपाली काँग्रेस सभापति स्व. सुशील कोइराला, एमाओवादी अध्यक्ष दाहाल, एमाले अध्यक्ष खनाल, माओवादी अध्यक्ष मोहन बैद्यलगायत प्रमुख पार्टीले प्रतिबद्धतामा सही गरेका थिए। तर, व्यवस्थामा सुधार आएन। दलले विरोध गर्न छाडेनन्।

सरकारले आगामी तीन वर्षमा कुल जडित क्षमता २ हजार २ सय ९ मेगावाट पुग्ने अनुमान गरेको छ। त्यतिबेला बिजुलीको माग करिब १ हजार ८ सय पुग्ने प्राधिकरणको प्रक्षेपण छ। तर, अहिलेकै अवस्था कायम रहे त्यो परिमाणको बिजुलीले माग धान्ने अवस्था हुँदैन।

ग्यास उपयोगबाट बिजुलीमा रुपान्तर भएका ग्राहकले बिजुली उपयोग गरिरहे माग झन्डै ४ हजार मेगावाट पुग्ने देखिन्छ। १० वर्षे योजना बनाएर उक्त अवघिभित्र जलाशय ५०, अर्धजलाशय २० र नदी प्रवाही आयोजना ३० प्रतिशत निर्माण गर्ने गरी कार्ययोजना बनाइएको छ। 
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
५ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस