चितवन–नेपाली काँग्रेस चितवन जिल्ला कार्य समितिको नेतृत्वमा ३६ वर्षीय युवा व्यक्ति जितनारायण श्रेष्ठ निर्वाचित भएका छन्।सोमबार भएको निर्वाचनमा श्रेष्ठले अर्का प्रतिस्पर्धी दिनेश कोइरलालाई १६४ मतको अन्तरले पराजित गरे। विस २०३६ साल असारमा जन्मेका श्रेष्ठ यसअघि पार्टीका जिल्ला कार्य समितिको सचिव थिए।
श्रेष्ठले ५०१ मत ल्याए । अर्का प्रतिस्पर्धी कोइरलाको ३३७ मत आएको थियो। माघ २५ मा भएको जिल्ला अधिवेशनमा पाँचजना उम्मेद्वार थिए। कसैले पनि ५१ प्रतिशत मत नल्यएपछि धेरै मत ल्याउने दुईजनाबीच सोमबार निर्वाचन भएको हो। काँग्रेस चितवनको कोषाध्यक्षमा शंकर कँडेल निर्विरोध भएका थिए भने सचिवमा तीनवनाबीच प्रतिस्पार्ध छ। अरु पदको मत गणना जारी छ।