काठमाडौं— राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली राष्ट्रिय फुटबल टोलीलाई बधाई दिएकी छिन्। दक्षिण एशियाली खेलकूद (साग) मा सोमबार नेपालले भारतलाई हराउँदै स्वर्णपदक हात पारेकाे थियो।राष्ट्रपतिले कप्तान, दोहोरो ह्याट्रिक गर्ने नवयुग श्रेष्ठ, आकर्षक गोल गर्ने प्रकाश बुढाथोकी सहित सबै टोली र प्रशिक्षकलाई बधाई दिएकी हुन्। विजेता टोली बुधबार भारतबाट नेपाल फर्किएको छ।
'नेपाली फुटबलले व्यहोरेको दुई दशकभन्दा लामो निरासाको अन्त्य गर्दै उत्साहको सञ्चार गराउने यस विजय श्रृङ्खलाले हामी सबैलाई हर्षित बनाएको छ', राष्ट्रपतिको भनाइ उदृत गर्दै प्रवक्ता खडानन्द ढकालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'त्यसका अतिरिक्त नेपाली खेलकूदको भविष्य र सम्भावना दुवै सुरक्षित छ भन्नेतर्फ पनि संकेत गरेको छ।'
राष्ट्रपतिले सागमा स्वर्ण पदक जित्ने उसुकी निमा घर्तीमगर तथा जुडोकी फुपूल्यामु खत्री सहित सबै पदक विजेतलाई बधाई तथा शुभकामना दिएकी छिन्।