काठमाडौं–प्रधानमन्त्री केपी ओलीले आफूलाई भारत भ्रमणको निम्ता दिएर भारतले संविधानको स्वागत गरेको बताएका छन्। बिहीबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा पत्रकार सम्मेलन गरी प्रधानमन्त्री ओलीले भने,'म जुन संविधानले प्रधानमन्त्री बनायो, त्यही प्रधानमन्त्रीलाई राजकीय भ्रमणमा बोलाएर भारतले संविधानको स्वागत गरेको छ।'स्वागत गर्ने विभिन्न तरिका हुने भन्दै भारतले पनि भिन्नै तरिकाले संविधानको स्वागत गरेको प्रधानमन्त्रीको भनाइ थियो। उनले आफ्नो भारत भ्रमणमा कुनै पनि सन्धी सम्झौता नहुने उल्लेख गर्दै भारतसँगको चिसिएको सम्बन्ध सुधार नै भ्रमणको मुख्य उद्देश्य भएको बताए। 'मेरो भ्रमणमा कुनै सन्धी सम्झौता हुँदैनन्,' प्रधानमन्त्रीले भने,'दुई मुलुकबीचको सम्बन्ध सुधारमा भ्रमण केन्द्रित हुन्छ।'
उनले आफ्नो भ्रमण अगाडि नै राजनीतिक संयन्त्र गठन हुने जिकिर गरे। संयन्त्र गठनलगायतका विषयमा छलफल गर्न अहिले तीन दल–मोर्चा कार्यदलको बैठक बसिरहेको छ। कार्यदलले आजै साँझसम्म संयन्त्रको खाका प्रमुख दललाई बुझाउने र आजै संयन्त्र गठन गर्ने सरकारको तयारी छ। प्रधानन्त्री अाेली शुक्रबार भारत भ्रमणमा जाँदैछन्।