काठमाडौं— नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियूको नयाँ नेतृत्व चयनका लागि फागुन ५ र ६ गते भएको निर्वाचनको गणना शुक्रबार हुँदैछ। एमाले कन्द्रीय कार्यालय धुम्बाराहीमा मत गणना सुरु हुन लाग्दा भावी नेतृत्वबारे विभिन्न टिका टिप्पणी र अड्कलबाजी भइरहेका छन्।एमाले अखिलको चुनावमा अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच प्रतिपस्र्धा भएको छ। अखिल अध्यक्ष पदमा ओली पक्षकी नवीना लामा उम्मेदवार छिन् भने उनलाई नेपाल पक्षका दीपक गौतमले टक्कर दिइरहेका छन्।
'समूहगत रुपमा चुनाब लडे पनि आफ्नै गुटभित्र व्यक्तिपिच्छे घात अन्तर्घात छ। त्यसैले परिणाम के आउँछ भनेर अनुमान गर्न गाह्रो छ', अखिलका एक केन्द्रीय नेताले नागरिकन्युजसँग भने। अखिलको नेतृत्व चयनमा यो पटकको पद प्राप्ति मात्र नहेरी भविष्यको राजनीतिक करिअर हेर्रे स्वभाव हाबी देखिन्छ। यसले गर्दा कतिपय नेताहरु आफ्नै गुटका उम्मेदवार हराउन लागिपरेको एक विद्यार्थी नेता सुनाउँछन्।
'अलिक ठूलो सर्कलमा हेर्दा समूहगत हो तर खासमा अखिलको चुनाब व्यक्ति केन्द्रित भएको छ', ती नेताले नाम उल्लेख नगर्ने सर्तमा सुनाए।
मुल आयोजक समिति र केन्द्रीय विशेष क्षेत्रमा करिब ३ सय भोट छ। यो भोट कसले कसरी उपयोग गर्यो भन्ने अनुमान कसैले पनि गर्न सकेका छैनन्।'यही ३ सय भोट नेतृत्व चयनमा निर्णायक हुनेछन। यिनको मतदान प्रवृत्ति विश्लेषण गर्न गाह्रो छ', ती नेताले भने।
माघ २८ देखि अखिलको अधिवेशन प्रज्ञा भवन कमलादीमा भएको थियो। प्रतिनिधि विवादका कारण महाधिवेशन लम्बिएको हो।
निर्वाचनले १४१ सदस्य कमिटी निर्वाचित गर्नेछ भने तीन आयोगको नेतृत्व पनि चयन गर्नेछ।
अखिलमा अध्यक्ष एक, उपाध्यक्ष चार,महासचिव एक, कोषाध्यक्ष एक र सचिव ७ जना निर्वाचित हुनेछन्।
'शनिबार बिहानसम्म पदाधिकारीको परिणाम आउन सक्छ', निर्वाचिन समितिका एक सदस्यले भने, 'बाँकी परिणाम आउन कम्तिमा दुई दिन लाग्छ।' आचासंहिता तयार पारी १० स्थानमा एकै पटक मतगणनाको तयारी भइरहेको छ। मतगणनाका लागि एक केन्द्रमा एक एक जना प्रतिनिधि रहनेछन्।
अखिल निर्वाचनमा १ हजार ५ सय २० मत खसेको छ।