बल्ल भारतको समर्थन
०८ फागुन २०७२
•
९ मिनेट पाठ
बल्ल भारतको समर्थन
काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले असोज ३ गते जारी भएको नयाँ संविधानलाई नेपालले प्राप्त गरेको महत्वपूर्ण उपलब्धिको संज्ञा दिएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको छदिने राजकीय भ्रमण क्रममा उनले लोकतन्त्रको मार्गमा नेपालले ठूलो प्रगति हासिल गरेको समेत बताए।भारतले औपचारिक रुपमा नेपालको नयाँ संविधानलाई बल्ल समर्थन गरेको छ। यसअघि भारतले नयाँ संविधान 'नोटिस' मात्र गरेको बताउँदै आएको थियो। यसको कार्यान्वयन पक्षमा भने भारतले अझै संशय व्यक्त गरेको छ।




'लोकतन्त्रको मार्गमा नेपालले ठूलो प्रगति हासिल गरेको छ,' प्रधानमन्त्री ओलीसँगको भेटवार्तापछि हैदराबाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा भारतीय समकक्षी मोदीले भने, 'नेपालको संविधान रचना र त्यसको घोषणा एक महत्वपूर्ण उपलब्धि हो।'

केही महिनायता भारतसँग बिग्रेको सम्बन्ध सुधार गर्ने एक मात्र एजेन्डा बोकेर शुक्रबार भारत भ्रमणमा निस्केका प्रधानमन्त्री ओली र मोदीबीच शनिबार हैदराबाद हाउसमा भेटवार्ता भएको थियो। त्यसपछि दुई देशका प्रतिनिधिमण्डलबीच द्विपक्षीय बैठक बसेको थियो। बैठकमा दुई देशबीच सातबुँदे समझदारीपत्रमा हस्ताक्षर भएको थियो।

नयाँ संविधान जारी भएपछि असन्तुष्टि जनाउँदै भारतले नेपालमाथि नाकाबन्दी लगाएको थियो। नाकाबन्दी नखुलेसम्म भारत नजाने अडान प्रधानमन्त्री ओलीले लिएपछि केही दिनअघि मात्र भारतले नाकाबन्दी हटाएको थियो। त्यसपछि भारत भ्रमणमा निस्केका प्रधानमन्त्री ओलीसँगको भेटवार्तालगत्तै आयोजित पत्रकार सम्मेलनमा मोदीले भने, 'संविधान निर्माणमा नेपालको सरकार, राजनीतिक नेतृत्व तथा समाजका सबै वर्गको योगदानको म अभिनन्दन गर्छु।'

संविधानको सफलता सहमति र संवादमा निर्भर हुने मोदीले बताए। उनले आफ्नो धारणा अझ स्पष्ट पारे, 'मलाई विश्वास छ, यिनै सिद्वान्तका आधारमा राजनीतिक वार्तालाभको माध्यमबाट नेपालको सबै वर्गको साथ लिएर, संविधानसँग जोडिएका सबै मुद्दाको सन्तोषजनक निवारणले नेपाललाई प्रगति र सफलताको मार्गतर्फ लैजानेछ।'

नेपालको आर्थिक उन्नति, विकास र प्रगतिमा भारतको स्थायी चासो रहेको मोदीले बताए। उनले भारतले सधैँ नेपाललाई सकारात्मक सहयोग गर्दै आएको र भविष्यमा पनि गर्ने प्रतिबद्धता जनाए। सकारात्मक सहयोगअन्तर्गत लिइएका एक्सन नेपाल सरकार तथा जनताको प्राथमिकताअनुरुप रहेको पनि उनले दाबी गरे। उनले भारत सँगसँगै नेपालको पनि विकास हुनुपर्ने बताए। 'दुई देशबीचको यातायात करिडोर विकासको राजमार्ग बन्न सक्छ,' उनले भने।

शनिबार नेपाललाई दुईवटा रुटको ट्रान्जिट उपलब्ध गराउने गरी भएको नेपाल–भारत समझदारीलाई मोदीले महत्वपूर्ण कदम बताए। नयाँ ट्रान्जिटले क्षेत्रीय आर्थिक विकास र सम्पर्क मजबुत बनाउने विश्वास उनले व्यक्त गरे।

नेपालको जलविद्युतले नेपाललाई मात्र होइन भारतको ऊर्जा आवश्यकता पनि पूरा गर्ने पुरानो भनाइ उनले दोहोर्यााए।

'म खुसी छु, नेपाल र भारतबीच कयौं जलविद्युत परियोजनामा मिलेर काम भइरहेको छ। यिनको कुल क्षमता लगभग ७ हजार मेगावाट छ। यी परियोजनाको शिघ्र र सफल निर्माण नेपालको आर्थिक प्रगतिका लागि प्रमुख मार्ग बन्न सक्छ,' भारतीय प्रधानमन्त्री मोदीले भने। उनले शनिबार उद्घाटन भएको मजफ्फपुर–ढल्केवर प्रसारण लाइनबाट ८० मेगावाट विद्युत नेपालतर्फ पठाउन थालिएको जनाउ दिँदै आगामी २ वर्षभित्र यो प्रसारण लाइनबाट नेपाललाई ६ सय मेगावाट विद्युत उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे।

नेपालको तराई क्षेत्रमा सडक पूर्वाधार निर्माण गर्ने सम्बन्धमा शनिबार भएको सहमतिले दुई देशबीच हुने व्यापारलाई थप मजबुत बनाउने उनले जनाए। उनले दुवै देशको हितका लागि सीमामा एकीकृत जाँच चौकी निर्माण कार्य शिघ्र रूपमा गर्नुपर्ने बताए। यसले खुला सीमा हुनसक्ने अपराधजन्य गतिविधि नियन्त्रण गर्न सघाउने उनको दाबी थियो।

'नेपालको स्थिरता भारतको सुरक्षासँग जोडिएको छ, ओलीज्यू र म दुवै देशमा बढ्दो आतंकवाद र अतिवादको खतराविरुद्ध मिलेर मुकाबिला गर्न सहमत छौं,' मोदीले भने, 'खुला सीमाको दुरुपयोग गर्न हामी आतंकवादी र अपराधीलाई दिँदैनौं।' यसका लागि नेपाल र भारत दुवैले सुरक्षा सहयोग मजबुत बनाउने उनले बताए। उनले थप स्पष्ट पारे, 'नेपालमा शान्ति, स्थिरता र सम्पन्नता हाम्रो साझा हित हो।'

नेपालले आयुर्वेदका क्षेत्रमा विकास गर्नुपर्ने धारणा मोदीले राखे। नेपालमा आयुर्वेदको विस्तार दुवै देशको संस्कृति र व्यापारिक हितमा रहेको उनले बताए। 'नेपालले चाह्यो भने भारत नेपालमा आयुर्वेदिक कलेज खोल्न चाहन्छ। यसलाई भारतको आयुर्वेदिक विश्वविद्यालयसँग जोड्न सकिन्छ,' उनले भने।

मोदीपछि प्रधानमन्त्री ओलीले आफ्ना धारणा राखेका थिए। बोल्नेक्रममा उनले नयाँ संविधानपछि भारत भ्रमण गर्ने आफू पहिलो प्रधानमन्त्री भएकोमा खुसी व्यक्त गरे। प्रधानमन्त्री ओलीले भारत आउनुको कारण बताए, 'मेरो भ्रमणको एउटै मुख्य उद्देश्य छ– केही महिनायता दुई देशबीच देखिएको असमझदारी हटाउने।'

भारतीय प्रधानमन्त्री मोदीले सन् २०१४ को अगस्टमा नेपाल भ्रमण गर्दाको अवस्थामा नेपाल–भारत सम्बन्धलाई फर्काउन आफू भारत आएको उनले बताए। उनले नेपाल–भारत सम्बन्धको आधार सार्वभौम, समानता, भौगोलिक अखण्डता, पारस्परिक सम्मान भएको जनाए। भने, 'मलाई विश्वास छ, अब दुई देशबीच असमझदारी बाँकी छैन।'

दुई प्रधानमन्त्रीबीच छलफल हुँदा पञ्चेश्वर परियोजनालाई छिटो सक्नुपर्छ भन्नेमा सहमति भएको उनले जनाए। पञ्चेश्वर परियोजनाको कार्य समाप्त गरे नेपाल र भारत जलविद्युत विकासमा कोसेढुंगा सावित हुने उनले बताए। भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो दिएको उनले जानकारी दिए। प्रधानमन्त्री ओलीले शनिबार नै भारतीय राष्ट्रपति प्रणव मुखर्जी र उपराष्ट्रपति हमिद अन्सारीसँग शिष्टाचार भेट गरेका थिए। भेटमा नेपालका राष्ट्रपतिको तर्फबाट उनले भारतीय राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तो दिएका थिए।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
४ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस