भारतसँग खुसी छु : प्रधानमन्त्री
०९ फागुन २०७२
•
५ मिनेट पाठ
भारतसँग खुसी छु : प्रधानमन्त्री
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले असोज ३ गते जारी संविधान हदैसम्म समावेशी रहेको बताएका छन्। राजकीय भ्रमण सिलसिलामा भारतमा रहेका ओलीले नयाँ संविधान सबैभन्दा लोकतान्त्रिक प्रक्रिया र प्रतिनिधिमूलक विधिबाट जारी भएको प्रस्ट्याए।'नेपालको संविधानसभाले अत्यन्त लोकतान्त्रिक प्रक्रिया र सुन्दर प्रतिनिधिमूलक ढंगले काम गर्योर,' नयाँदिल्लीस्थित नेपाली दूतावासमा आइतबार पत्रकार सम्मेलनमा उनले भने, 'पछाडि पारिएका समुदाय र क्षेत्रका लागि संविधानमा विशेष व्यवस्था छ, विभिन्न आयोग व्यवस्था गरिएको छ। महिलालाई केन्द्रीय स्तरमा ३३ प्रतिशत र स्थानीय स्तरमा ४० प्रतिशत आरक्षण छ।'

संविधानले कसैलाई विभेद नगरेको बताउँदै प्रधानमन्त्री ओलीले मौलिक अधिकारका लागि मात्र ३१ वटा धारा राखिएको उल्लेख गरे। 'संविधान जारी भएपछि एउटा राजनीतिक चरण पार गरेका छौं, जनताको अधिकार संस्थागत भएको छ,' उनले भने।

नयाँ संविधानप्रति असन्तुष्टि जनाउँदै भारतले चार महिनाभन्दा लामो समय नेपालमाथि नाकाबन्दी लगाएको थियो। कात्तिक तेस्रो साता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बेलायत भ्रमणमा छँदा दुई देशले नेपाल मामिलामा चासो देखाउँदै संयुक्त विज्ञप्ति निकालेका थिए। विज्ञप्तिमा नेपाललाई संविधान थप समावेशी बनाई समस्या समाधान गर्न दबाब दिएका थिए। यसप्रति नेपालले तुरुन्तै विरोध जनाएको थियो।

पत्रकार सम्मेलनपछि प्रधानमन्त्री ओली भारतस्थित नेपाली समुदायले आयोजना गरेको कार्यक्रममा सहभागी भए। त्यहाँ उनले जनप्रतिनिधिबाट बनेको लोकतान्त्रिक संविधानले देश चलाउने नेपाली जनताको सपना असोज ३ बाट पूरा भएको बताए। 'संविधानमा सबै लोकतान्त्रिक मूल्यमान्यता समावेश छन्, विगत आन्दोलनका उपलब्धि संस्थागत गर्नुका साथै जनताको हकअधिकार सुनिश्चित गरिएको छ, यो ठूलो उपलब्धि हो,' उनले भने।

ऐतिहासिक संविधानसभाबाट संविधान जारी भएलगत्तै भारतले स्वागत नगरी 'नोटिस' मात्र गरेको विज्ञप्ति निकालेको थियो। त्यसपछि लगाइएको नाकाबन्दी भारतले केही दिनअघि मात्र खुलाएको हो। नेपालको संविधान र नाकाबन्दीबारे भारतको राज्यसभामा समेत बहस भएको थियो, जसमा केही भारतीय सांसदले नेपालका प्रमुख राजनीतिक दलले प्रक्रिया पूरा नगरी हतारमा संविधान जारी गरेको धारणा राखेका थिए।

'केही मानिसले प्रक्रिया पूरा नगरी रातारात अश्चर्यजनक ढंगबाट संविधान जारी गरियो भने तर त्यस्तो होइन, आठ वर्ष लामो छलफल र बहसपछि जारी भएको हो,' प्रधानमन्त्री ओलीले भने।

संविधानका प्रत्येक धारा मतदानमार्फत पास गरिएकाले शक्ति पृथकीकरण, मौलिक हक, स्वतन्त्रताका हक, न्यायप्रणाली सबैमा राम्रो व्यवस्था रहेको उनले बताए। दुनियाँलाई देखाउन अप्ठेरो नहुने संविधान जारी भएको प्रधानमन्त्री ओलीले दाबी गरे। उनले भने, 'नेपालको संविधान पछाडि छैन बरु एक कदम अगाडि छ, कुनै धारा विभेदकारी छ भने देखाउनुस्, संशोधन गर्न तयार छौं।' नेपाल फर्केपछि मधेसी नेताहरू अझै किन खुसी छैनन् भन्ने आफूले बु‰ने उनले बताए।

केही महिनायता नेपाल–भारत सम्बन्धमा देखिएको असमझदारीका कारण नेपालले ठूलो पीडा सहनुपरेको बताउँदै प्रधानमन्त्री ओलीले असमझदारी हटाउनकै लागि आफू राजकीय भ्रमणमा आएको प्रस्ट पारे।

नेपाल–भारत सम्बन्धलाई पुरानै अवस्थामा फर्काउन आफ्नो भारत भ्रमण पूर्ण सफल भएको प्रधानमन्त्रीको दाबी छ। 'जुन प्रकारले अहिले भारतले आत्मीयता देखाएको छ, स्वतन्त्र राष्ट्रको हैसियतले व्यवहार गरेको छ, खुसी छु,' उनले भने।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
४ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस