काठमाडौं- भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओलीले नेपालले दुवै छिमेकी (भारत र चीन) बाट फाइदा लिन चाहेको बताएका छन्। भारत विश्व सम्बन्ध परिषद (आइसिडब्लुए) ले सोमबार नयाँदिल्लीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले आर्थिक विकासका लागि चीन र भारतको बराबरी सहयोग नेपाललाई आवश्यक रहेको बताए। कूटनीतिक समुदायको बाक्लो उपस्थिति रहेको कार्यक्रममा उनले भारत र चीन 'कार्ड' प्रयोग गरेर नेपालले फाइदा लिन नखोजेको पनि स्पष्ट पारे।
'नेपालले कार्ड प्रयोग गर्छ भन्ने हामीले सुन्दै आएका छौं, खासगरी छिमकीसँगको सम्बन्धलाई लिएर। यो आरोपमा कुनै आधार छैन। हामी कार्ड प्रयोग गर्दैनौं र यो सफल हुने नीति पनि होइन। हामी दुवै छिमेकीसँग राम्रो सम्बन्ध चाहन्छौं। दुई छिमेकीसँगको सम्बन्ध एकअर्कासँग तुलना गर्न पनि मिल्दैन,' प्रधानमन्त्री ओलीले भने।
दुई देशका सरकारबीच कहिलेकाहीँ हुने असमझदारीलाई लिएर एकअर्का देशका जनतालाई प्रतिकूल असर पार्ने काम गर्न नहुने उनले बताए। भारत विश्व सम्बन्ध परिषद (आइसिडब्लुए) ले सोमबार नयाँदिल्लीमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले दुई देश र सरकारबीच असमझदारी देखिए सम्बन्धको जगलाई पनि बिर्सन नहुने जनाए।
'कहिलेकाहीँ जुनसुकै समाजमा पनि असमझदारी देखापर्छ। यो दुई छिमेकीको बीचमा पनि हुन्छ तर यसलाई हामीले सदियौंदेखि सम्बन्धको जगलाई नबिर्सी सम्बोधन गर्नुपर्छ,' भारतीय विदेशमन्त्री सुषमा स्वराजले अध्यक्षता गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, 'दुई देश र सरकारबीच कहिलेकाहीँ आउने समस्यालाई लिएर त्यस्तो कार्य गर्नुहुँदैन, जसले जनताको दैनिकीमा प्रतिकूल प्रभाव पार्छ।'
सम्बोधन क्रममा उनले भारतलाई सबैभन्दा नजिकको छिमेकी र महत्वपूर्ण विकास तथा समृद्धिको पार्टनरको संज्ञा दिए। नेपाल र भारत दुवैले एकअर्कालाई विश्वास गर्ने र संवेदनशीलताको सम्मान गर्ने उनले बताए। म भारत आउनुको एउटै उद्देश्य नयाँ संविधान जारी भएपछिका केही महिनायता देखिएको दुई देशबीचको असमझदारी हटाउन हो,' उनले आफ्नो भारत भ्रमणको उद्देश्य बताए।
असोज ३ गते जारी भएको नयाँ संविधानप्रति असन्तुष्टि जनाउँदै भारतले नेपालमाथि नाकाबन्दी लगाउँदै आएको थियो। नाकाबन्दीका कारण नेपालको जनजीवन पूरै प्रभावित भएको थियो। ग्यास, पेट्रोल, डिजेललगायत अत्यावश्यक वस्तु भारतबाट आउन नसक्दा नेपालीको जनजीवन कष्टकर बन्दै गएको थियो। नाकाबन्दी नखुलेसम्म भारत भ्रमण नगर्ने प्रधानमन्त्री ओलीले अडान लिएपछि भारतले केही दिनअघि करिब साढे ४ महिना लामो नाकाबन्दी हटाएको थियो।
'मैले भारतका राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र शीर्ष नेतासँगको भेटमा हामीले पछिल्ला महिना के गर्यौं भन्ने स्पष्ट पारेँ। मलाई के विश्वास छ भने अब असमझदारी बाँकी छैन, यो मेरो विचार हो र भ्रमणको महत्वपूर्ण उपलब्धि पनि,' प्रधानमन्त्री ओलीले भने।
कार्यक्रमको अधिकांश समय उनले नेपाल–भारत सम्बन्ध र नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे बोलेका थिए। उनले नयाँ संविधान कसरी जारी भयो र त्यसमा के–कस्ता विषय समेटिएको छ भन्नेबारे स्पष्ट रूपमा बताएका थिए।
'विविध पक्षको भावनालाई लोकतान्त्रिक र पारदर्शी प्रक्रियाबाट एउटा दस्तावेजमा समेट्नु सहज काम थिएन। हामीसँग अहिले जुन नयाँ संविधान छ, त्यो हदैसम्मको सहमतिमा ल्याइएको दस्तावेज हो। हामीले ऐतिहासिक जिम्मेवारी पूरा गरेका छौं,' उनले भने।
अन्तर्राष्ट्रिय जगत नेपालको नयाँ संविधानमा समेटिएका विषयवस्तु र संविधान जारी गर्दा अपनाइएको प्रक्रियाबारे पूर्ण जानकार नभएको उनले बताए। उनले भने, 'संविधान निर्माण प्रक्रियामा संविधानसभाका सबै सदस्य सहभागी थिए। यो न त हतारमै जारी गरिएको हो न प्रक्रिया मिचेर। केहीलाई भने यस्तै भ्रम छ। सभासद मात्र होइन, ठूलो संख्यामा जनता पनि यसमा सक्रिय रूपमा सहभागी भएका थिए। जनतासँग पनि सुझाव लिइएको थियो।'
अन्तर्राष्ट्रिय समुदायले संविधान निर्माण प्रक्रियालाई नजिकबाट नियालेको उनले जनाए। नेपालले शान्ति र लोकतन्त्रलाई संस्थागत गर्न के गरिरहेको छ भन्ने उनीहरुलाई जानकारी भएको उनले बताए। 'अप्ठेरा मुद्दा छलफल र सहमतिबाट सुल्झाइयो। केही समूह अन्तिम समयमा संविधान निर्माण प्रक्रियाबाट बाहिरिए, जतिबेला हामी सहमतिको महत्वपूर्ण चरणमा प्रवेश गरेका थियौं। त्यो दुर्भाग्यपूर्ण थियो।'
संविधानका सबै प्रावधानलाई लिएर एकजना पनि पूर्ण खुसी नभएको उनले बताए। 'व्यक्तिगत रूपमा म आफू पनि पूर्ण खुसी छैन। केही मुद्दालाई जसरी म संविधानमा राख्न चाहन्थेँ, त्यो सकिएन। संविधानसभामा रहेका ९२ प्रतिशत सभासद मतदान प्रक्रियामा सहभागी भए। ८५ प्रतिशतभन्दा बढीले संविधानको पक्षमा मतदान गरे। यी सदस्यले नेपाली समाज, समुदाय र सबै क्षेत्रको प्रतिनिधित्व गर्थे,' उनले भने।
संविधानले मानवअधिकार र सबै मौलिक अधिकार तथा स्वतन्त्रालाई बिनाविभेद सुनिश्चत गरेको उनले बताए। विभिन्न अन्तर्राष्ट्रिय मानवअधिकार दस्तावेजमा उल्लेख गरिएका सबै अधिकार र स्वतन्त्रतालाई नयाँ संविधानमा समेटिएको दाबी उनले गरे।
'नयाँ संविधानमा नागरिकतासम्बन्धी व्यवस्थामा केही असमझदारी रहेको हामीले अनुभव गरेका छौं। संविधानले सबै नेपाली जनतालाई नागरिकता लिन पाउने अधिकारको सुनिश्चित गरेको छ। नागरिकले आमा र बुबा दुवैको नाममा नागरिकता लिन पाउँछन्,' प्रधानमन्त्री ओलीले भने, 'नेपाली समाज र क्षेत्रमा कुनै पनि विभेद राखिएको छैन। नेपालको नागरिकतासम्बन्धी व्यवस्था निकै लचक र लिबरल छ। सबै नागरिकलाई अवसर र राज्यले प्रदान गर्ने सेवाको दृष्टिले समान रूपमा व्यवहार गरिन्छ।'
सामाजिक न्यायको सुनिश्चितता नयाँ संविधानको महत्वपूर्ण पक्ष भएको उनले जनाए। यसले सामाजिक–आर्थिक न्यायलाई प्रवर्द्धन गरेको उनले बताए। उनले भने, 'पिछडिएका वर्ग महिला, दलित, आदिवासी जनजाति, मधेसी, थारु, अपांगता भएका व्यक्ति, मुस्लिम, पिछडिएको क्षेत्रलगायत सबैको जीवनस्तर उकास्ने गरी राज्यले नीति लिएको छ।'
लैंगिक समानता अर्को महत्वपूर्ण पक्ष भएको उनले बताए। संविधानले राष्ट्रपति र उपराष्ट्रपछि छुट्टाछुट्टै समुदाय र लिंगको हुने व्यवस्था गरेको उनले जानकारी दिए। 'नयाँ संविधानमा व्यवस्था गरिएको समावेशिताकै कारण अहिले नेपालले नयाँ महिला राष्ट्रपति र सभामुख पाएको छ, यी नयाँ संविधान कार्यान्वयन गर्दा प्राप्त भएका अद्वितीय प्राप्ति हुन्,' उनले भने।
संसदले आन्दोलनरत दलको माग संविधानको पहिलो संशोधनमार्फत सम्बोधन गरेको दाबी उनले गरे। 'हाम्रो संविधान गतिशील र प्रगतिशील प्रकृतिको भएको यो नै विश्वसनीय प्रमाण हो। हाम्रो प्रयासको अन्तर्राष्ट्रिय जगतले खुलेर स्वागत गरेको छ, हामी खुसी छौं,' उनले भने।
विवाद अन्त्य हुने स्वराजको आशा
कार्यक्रममा भारतीय विदेशमन्त्री सुषमा स्वराजले नेपाल सरकारले गठन गरेको राजनीतिक संयन्त्रबाट वार्ता र संवादका आधारमा मधेसी दलका माग र संघीयताको सीमांकनसम्बन्धी समस्या समाधान हुने विश्वास व्यक्त गरिन्।
नेपालको नयाँ संविधानलाई स्वागत गर्दै उनले जनताको जायज मागका आधारमा भएको संविधान संश्ाोधनप्रति आभार व्यक्त गरिन्। संविधान बनाउन नेपालले देखाएको परिपक्वताको सराहना गर्दै उनले गत वर्ष भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणक्रममा संविधानसभामा व्यक्त ऋषिमनका साथ सर्वसमावेशी संविधान बनाउन र युद्धबाट बुद्धको बाटोमा नेपाललाई ल्याउन गर्नुभएको आह्वान नेपालीको घरघरमा गुञ्जिएको बताइन्।
१७ वर्षदेखि हुन नसकेको भारतीय पक्षको नेपालमा उच्चस्तरीय भ्रमणलाई प्रधानमन्त्री मोदीको भ्रमणले तोडेको र पछिल्ला दिनमा आपसी भ्रमण र संवाद बढेकामा उनले खुसी व्यक्त गरिन्। भारतले नेपालप्रति ठुल्दाइको व्यवहार गर्न चाहेको भन्ने बुझाइको खण्डन गर्दै त्यसलाई प्रौढ भाइका रूपमा नेपालका समस्याबारे चासो राखेर समाधानमा सहयोग गर्न चाहेको अर्थमा बुझ्न आग्रह गरिन्।