काठमाडौं-राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीले आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका अन्य घटकले जिम्मेवारीपूर्वक काम नगर्दा तराई–मधेस आन्दोलनले उचाइ लिन नसकेको आरोप लगाएको छ।
फागुन ७–१० गतेसम्म बसेको सद्भावना राष्ट्रिय कार्यसम्पादन समितिको बैठकले मोर्चाका अन्य घटकले जिम्मेवारीपूर्वक काम नगर्दा राज्यलाई घँुडा टेकाउन नसकिएको निष्कर्ष निकालेको हो । मुख्यतः नाका अवरोध कार्यक्रममा मोर्चाका अन्य घटकले आफ्नो जिम्मेवारी पूरा नगरेको सद्भावनाको भनाइ छ ।
वीरगन्ज–रक्सौल नाका मोर्चाको निर्णयअनुसारै आन्दोलन अवधिभर सद्भावनाले अवरुद्ध गरेको तर अन्य पार्टीले जिम्मेवारी दिइएका विराटनगर–जोगबनी, भैरहवा–सुनौली नाका अवरोध गर्न नसकेको आरोप सद्भावनाको छ ।
'वीरगन्ज–रक्सौल नाकाझैं सम्पूर्ण सीमा नाका पूर्ण रुपमा बन्द गराउन सफल भएको भए राज्यलाई घँुडा टेकाउन यो आन्दोलन सम्भव हुन्थ्यो,' सद्भावनाले भनेको छ ।
वीरगन्ज नाका अवरुद्ध गर्ने जिम्मा महतोले लिएको स्मरण गराउँदै सद्भावनाले अन्य पार्टीले जिम्मा लिएको नाका भने खुला रहँदा आन्दोलन प्रभावकारी नभएको पनि निष्कर्ष निकालेको छ ।
मोर्चाले विराटनगर–जोगबनी उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र भैरहवा–सुनौली महन्थ ठाकुर नेतृत्वको तराई–मधेस लोकतान्त्रिक पार्टीलाई अवरुद्ध गर्न जिम्मेवारी दिएको थियो । मोर्चाले नाका अवरुद्ध कार्यक्रम स्थगित गर्नु दुई दिनअघिसम्म महतोले नेतृत्व गरेको नाका पूर्ण रुपमा ठप्प थियो ।
एउटा मात्रै नाका अवरुद्ध हुँदा आन्दोलन प्रभावकारी नभई उल्टो जनतालाई कष्ट भएका कारण नाका अवरुद्धको कार्यक्रम फिर्ता लिएको सद्भावनाको प्रस्टोक्ति छ ।
मोर्चाले अघि सारेको ११ बँुदे मागमा प्रस्ट रुपमा उभिएको जनाउँदै सद्भावनाले मृतकलाई सहिद घोषणा, घाइतेको उपचार तथा पक्राउ परेकालाई रिहा गर्नसमेत माग गरेको छ ।
उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाको नेतृत्वमा रहेको उच्चस्तरीय राजनीतिक संयन्त्रको कार्यविधि र कार्यक्षेत्र स्पष्ट हुन सके मोर्चाले सहभागिता जनाउने अध्यक्ष महतोले जनाएका छन् ।
'पहिला संयन्त्रको कार्यविधि र कार्यक्षेत्र स्पष्ट हुनुपर्यो, त्यसलाई स्पष्ट नपारी मोर्चाले त्यसमा सहभागिता जनाउँदैन,' महतोले भने, 'नत्र यो संयन्त्र होइन, षडयन्त्र मात्र हो ।'
कार्यविधि र कार्यक्षेत्र तय नगरी एकतर्फी रुपमा निर्माण गरिएको उक्त संयन्त्र भारतलाई खुसी बनाउने उद्देश्यले मात्र निर्माण भएको सद्भावनाले जनाएको छ ।
संसदभित्र रहेका तराई–मधेस केन्द्रित थप तीन दललाई समेटेर मोर्चाको विस्तार गरेको विषयमा सद्भावनाले 'सन्तोष व्यक्त' गर्दै संसदबाहिरका आन्दोलनरत तराई–मधेस केन्द्रित दललाई समेटेर महागठबन्धन बनाउन अपिल पनि गरेको छ । आन्दोलन क्रममा भएको दमनबारे छानबिन गर्न न्यायिक आयोग बनाउनुपर्ने सद्भावनाको माग छ ।
आन्तरिक पार्टी संगठन निर्माण र अधिवेशन गर्न चैत १५–१६ गते राष्ट्रिय कार्यसमिति बैठक विराटनगरमा आह्वान गरेको छ । बैठकको भोलिपल्ट बस्ने बैठकले भ्रातृसंगठनहरुको अधिवेशन र राष्ट्रिय सम्मेलन तयारीबारे निर्णय लिनेछ ।
पहिलोपटक सद्भावनाले अनलाइनबाट पार्टी सदस्यता वितरण गर्ने पनि सार्वजनिक गरेको छ ।
'समानुपातिक' नराख्दा फोरम परित्याग
पार्टी विधानबाट छलकपटपूर्ण तरिकाले 'समानुपातिक' शब्दावली हटाएको र पुनः सम्बोधन गर्न माग गर्दा नगरेको भन्दै संघीय समाजवादी फोरम नेपालबाट तीन नेता बाहिरिएका छन्।
बुद्धिजीवी परिषदका उपाध्यक्ष महावीरप्रसाद अली, झापा ६ का उम्मेदवार राम भुजेल र बर्दिया, कञ्चनपुर, कैलाली जिल्ला इन्चार्ज बाबुराम शर्माले विज्ञप्तिमार्फत पार्टी परित्याग गरेका हुन् ।