काठमाडौं- प्रधानमन्त्री केपी ओलीले भारतले नेपालको संविधानको स्वागत गरेको जनाउँदै आफ्नो भ्रमण पूर्ण सफल भएको दाबी गरेका छन्। संयुक्त विज्ञप्ति जारी नगरी भारतको ६ दिने राजकीय भ्रमणबाट बुधबार स्वदेश फर्केका उनले अब भारतसँग ३–४ महिनायता जस्तो अनावश्यक असमझदारी नदोहोरिने स्पष्ट पारे।'भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीज्यूले नेपालको नयाँ संविधानलाई महŒवपूर्ण उपलब्धि बताउनुभयो, त्यसको स्वागत गर्नुभयो,' बुधबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सञ्चारकर्मीलाई जानकारी दिँदै ओलीले भने, 'नयाँ संविधान जारी गर्न सफल भएकोमा नेपाली राजनीतिज्ञको सुझबुझ र सफलतालाई बधाई दिनुभयो।'
भारत प्रस्थान गर्नुअघि दुई देशबीचको अनावश्यक असमझदारी हटाउने एउटै मात्र उद्देश्य लिएर आफू भ्रमणमा निस्केको उनले स्मरण गरे। भ्रमणका बेला त्यही असमझदारी हटाउन आफू केन्द्रित भएको उनले जनाए।
'म जुन उद्देश्य लिएर भारत भ्रमणमा निस्केको थिएँ, त्यो पूर्ण रूपमा सफल भएको छ। नेपाल–भारत सम्बन्धमा केही महिनायता तुसारो परेजस्तो भएको थियो, अब त्यस प्रकारको हुन्न भन्ने विश्वास लिएको छु,' प्रधानमन्त्री ओलीले भने।
सरकार प्रमुखले गर्ने विदेश भ्रमणका बेला भएका उपलब्धि समेटेर दुई देशले संयुक्त प्रेस विज्ञप्ति जारी गर्ने अभ्यास रहे पनि प्रधानमन्त्री ओली भने विज्ञप्ति जारी नगरी फर्केका थिए। दुई देशका पदाधिकारीबीच संयुक्त विज्ञप्तिमा राख्ने भाषा (शब्दावली) मा सहमति नजुटेपछि विज्ञप्ति रोकिएको थियो। भारतले विज्ञप्तिमा 'संविधानको स्वागत' भन्ने भाषा राख्न नमानेपछि नेपालले संयुक्त विज्ञप्ति जारी नगर्ने निर्णय लिएको थियो। तर, प्रधानमन्त्री ओलीले भने स्वदेश फर्केलगत्तै भारतले संविधानको स्वागत गरेको दाबी गरेका छन्।
'केही समययता नेपाल र भारतबीच रहेको ऐतिहासिक र पुरानो मैत्री सम्बन्धमा देखिएको असमझदारी हटाउन जरुरी थियो। पुरानै अवस्थामा पुर्याबउनु पर्ने थियो। र, यो दुवै देशको हितको निम्ति जरुरी थियो,' ओलीले भने, 'भारतमा हामीले राम्रो आत्मीयता, मित्रता र माया पायौं। भारतबाट स्वागत र आतिथ्य जुन प्रकट भयो, त्यसलाई नेपाल र नेपाली जनताको सम्मानको रुपमा लिएको छु।'
भारतीय समकक्षी मोदीसँग दुई देशको सम्बन्धबारे व्यक्तिगत रूपमा पनि कुराकानी भएको उनले जनाए। परस्परको सम्मान, पारस्परिक हित र मित्रताका आवश्यकताका आधारमा दुई देशको सम्बन्धलाई कसरी व्यावहारिक रूपमा अघि बढाउन सकिन्छ भन्ने विषयमा मोदीसँग छलफल भएको उनले बताए। भारतीय राजनीतिज्ञलाई असोज ३ गते जारी भएको नेपालको नयाँ संविधान अत्यन्त लोकतान्त्रिक प्रक्रियाबाट जारी भएको जानकारी गराएको समेत उनले जनाए।
'जनताद्वरा निर्वाचित समावेशी र समानुपातिक संविधानसभाबाट अत्यन्त लोकतान्त्रिक विधिबाट लोकतान्त्रि संविधान नेपालमा जारी भएको भ्रमणका बेला भारतका राजनीतिज्ञ र बौद्धिक क्षेत्रलाई बतायौं,' उनले भने। संविधान निर्माणक्रममा र त्यसपछिका असन्तुष्टिलाई वार्ता तथा संवादबाट समाधान गर्ने उनले बताए। राष्ट्रियता र जनताको हितलाई सर्वोपरी राखेर समाधान खोजिने उनले जनाए। भारत भ्रमणमा निस्कनुअघि गठन गरिएको ११ सदस्यीय राजनीतिक संयन्त्रलाई अब छिट्टै पूर्णता दिने उनले सुनाए।
हालसम्म नसुल्भि्कएका द्विपक्षीय मुद्दालाई छलफल गरेर टुंगोमा पुर्यािउन नेपाल र भारत सहमत भएको उनले जनाए। द्विपक्षीय बैठकमा कालापानी, सुस्ता, सीमाक्षेत्रमा भारतले बाँध बनाउँदा नेपालमा परेको प्रभाव, सन् १९५० को सन्धिलगायत विषयमा छलफल भएको जनाउँदै उनले भने, 'यी मुद्दाको छिनोफानो एकै बैठकले गर्न सम्भव थिएन। आगामी दिनमा छिटोभन्दा छिटो टुंग्याउनुपर्छ भन्ने समझदारी भएको छ।'
भ्रमणमा पञ्चेश्वर परियोजना तुरुन्तै अघि बढाउने समझदारी भएको उनले बताए। हुलाकी राजमार्ग अघि बढाउन पनि दुई देशबीच छलफल भएको जानकारी दिए। 'पञ्चेश्वर परियोजना तुरुन्तै निर्माण गर्न पञ्चेश्वर विकास परियोजनाको बैठक बस्ने र कुरा अघि बढाउने भन्नेछ,' प्रधानमन्त्री ओलीले भने। भ्रमणमा भारतका उद्योगी तथा व्यापारीलाई नेपाल आर्थिक उन्नतिको चरणमा प्रवेश गरेको जनाउ दिँदै नेपालमा लगानी गर्न आग्रह गरेको उनले बताए।
गत शुक्रबार भारतको ६ दिने भ्रमणमा निस्केका प्रधानमन्त्री ओलीले भारतका राष्ट्रपति प्रणव मुखर्जी र उपराष्ट्रपति हमिद अन्सारीसँग पनि शिष्टाचार भेट गरेका थिए। भारतका गृहमन्त्री राजनाथ सिंह र अर्थमन्त्री अरुण जेट्लीले उनीसँग भेटेका थिए। उनले उत्तराखण्डमा रहेको टियरी जलविद्युत परियोजना र भूकम्पपछि पुनर्निर्माण भएको गुजरातको भुज अवलोकन पनि गरेका थिए। प्रधानमन्त्री ओली बुधबार स्वदेश फर्किनुअघि मुम्बई पुगी त्यहाँका उद्योगी व्यापारी तथा कलाकारसँग पनि भेटेको थिए।