काठमाडौं–संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पूर्व एमाओवादी नेता बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नाम मात्रको नयाँ रहेको टिप्पणी गरेका छन्।संघीय समाजवादीसँग पार्टी एकीकरणको चर्चा चलिरहेको बेला त्यसलाई ठाडै नकार्दै अध्यक्ष यादवले भट्टराईको नयाँ शक्तिका बारेमा उक्त टिप्पणी गर्दै भविश्य नभएको पार्टीको रुपमा कार्यकर्ताका सामु ब्याख्यासमेत गरेका छन् । तीनवटा पार्टी एकीकरण पछिको संयुक्त विद्यार्थी संगठन समायोजना कार्यक्रमलाई सम्वोधन गर्दै यादवले पहिलो पटक यस्तो टिप्पणी गरेका हुन्। 'नयाँ शक्ति नाम राख्दैमा कुनै संगठन नयाँ हुन्छ ?', अध्यक्ष यादवले भने, 'विचार र एजेन्डाले मात्रै कुनै शक्ति नयाँ बन्न सक्छ, संविधान जारीकर्ता कुनै पनि दल वा तिनका नेता नयाँ शक्ति बन्न सक्दैनन्।'
नेपाली कांग्रेस, नेकपा एमाले, एनेकपा माओवादीलगायत संविधान जारीकर्ता दलहरुलाई परिवर्तन विरोधी भएको उनले आरोप लगाए। 'संख्याको भरमा षड्यन्त्र गरी विभेदकारी संविधान जारी गर्ने कुनै पनि दल परिवर्तनकारी हुन सक्दैन', उनले भने, 'कांग्रेस, एमाले र एमाओवादी लगायतका दलहरुले परिवर्तनका एजेन्डालाई विसर्जन गरिसके । नयाँ संविधान त्यसैको प्रमाण हो।' नयाँ संविधान विभेदकारी भएको भन्दै उनले त्यसमा परिमार्जन र पूर्नलेखन गर्नुपर्ने विषयमा पार्टी प्रस्ट रहेको जनाए।